बडिकेदार गाउँपालिकामा काँग्रेसको जित

ncडोटी, असार १७ गते । बडिकेदार गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षसहित अधिकांशमा नेपाली काँग्रेसले कब्जा जमाएको छ ।

अध्यक्षमा काँग्रेसका कृष्णबहादुर चन्द दुई हजार तीन सय २१ मत प्राप्त गरी विजयी हासिल गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का भक्तबहादुर साउदले दुई हजार आठ मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा पनि काँग्रेसकै इन्द्रादेवी भाट बोहरा दुई हजार दुई सय २५ मत ल्याई जित्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका भुवन बम मल्लले दुई हजार २८ मत प्राप्त गर्नुभयो ।

अन्तिम नतिजामा काँग्रेसले गाउँपालिकाका पाँच वडामध्ये तीन वडामा समूह नै जितेको छ, जसमा १ मा डम्बर बोहरा, ४ मा वीरेन्द्र कोटकेनी र ५ मा बुद्धिसागर बिनाडीको विजय भएको छ ।

यस्तै एमाललेका रामबहादुर नाम्जालीको समूहले वडा नं २ र लीलाधर सापकोटाको समूहले वडा नं ३ मा कब्जा जमाएको छ ।

यसअघि सम्पन्न मतगणनामा केआइसिंह गाउँपालिकामा काँग्रेसका लोकेन्द्रबहादुर शाहीको समूहले जित निकालेको थियो भने बोगटान गाउँपालिकामा माओवादी केन्द्रका कमलबहादुर गडसिलाले अध्यक्ष र एमालेका भगवती बमले उपाध्यक्षमा जित निकालेका छन् ।

नौ स्थानीय तह रहेको डोटीमा तीन तहको अन्तिम परिमाण आउँदा छ तहमा मतगणना जारी छ । सोअनुसार काँग्रेस चार तहमा र एमाले दुई तहमा अगाडि छन् । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना