अछामको कमलबजार नगरपालिकामा कांग्रेस विजयी

achhamअछाम (मंगलसेन) असार १७ गते । अछामको कमलबजार नगरपालिकामा मेयर र उपमेयर सहित नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका मेयर पदका उम्मेद्वार ओमप्रकाश विष्टले ३ हजार पाँचसय ८७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का मेयर पदका उम्मेद्वार दिपकप्रसाद अधिकारीले ३ हजार २ सय ७७ मत पाए । उपमेयरमा पनि नेपाली कांग्रेसकै भुमिशरण बजगाइले ३ हजार छ सय ७२ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का मना अधिकारी ३ हजार २ सय ३७ मत प्राप्त गरेका छन् ।
तेश्रो स्थानमा रहेका माओवादी केन्द्रका मेयर पदका उम्मेद्वार रणबहादुर विष्टले ३ सय १० र उपमेयर पदका उम्मेद्वार रक्षा विष्टले ४ सय ४५ मत प्राप्त गरेकी छन् । कमलबजार नगरपालिका ११ हजार पाँचसय ६४ मतदाता मध्ये ७ हजार ९ सय ६४ अर्थात ६८ दशमलव ८ मत खसेको थियो । अछाम जिल्लामा नगर र गाउँपालिकामा मतपरिणाम घोषणा गर्नमा पहिलो भएको छ ।
जिल्लाका १० मध्ये ९ नगर तथा गाउँपालिकामा मतगणाना जारी रहदा नेपाली कांग्रेस साँफेबगर, पञ्चदेवल विनायक नगरपालिका, ढकारी, बान्नीगढी जयगढ, र तुर्माखाँद गाउँपालिकामा अगाडी छ भने कांग्रेसलाइ पछ्याइरहेको माओवादी केन्द्र रामारोशन र तुर्माखाँद गाउँपालिकामा अगाडी छ । नेकपा (एमाले) सदरमुकाम मंगलसेन नगरपालिका र मेल्लेख गाउँपालिकामा मात्र अगाडी देखिएको छ भने चौरपाटी गाउँपालिकामा मतगणना नै शुरु भएको छैन ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना