शैक्षिक क्यालेण्डर कार्यान्वयनका चुनौती

nuhuchchhe narayanन्हुंछेनारायण श्रेष्ठ  


 

त्रिभुवन विश्वविद्यालय ऐन, २०१६ अनुसार नेपालकै सबैभन्दा जेठो विश्वविद्यालयको रूपमा त्रिभुवन विश्वविद्यालयको स्थापना २०१६ साल असार ३० गते भएको हो ।  देशको सर्वाङ्गीण विकासका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न,स्तरयुक्त उच्च शिक्षा प्रदान गर्न, विविध पक्षमा अनुसन्धान गर्न, राष्ट्रिय संस्कृति र परम्पराको संरक्षण, सम्बद्र्धन विकास गर्न, कला विज्ञान प्रविधि र व्यावसायिक क्षेत्रको ज्ञान र अनुसन्धानलाई व्यापक बनाउनु नै त्रिभुवन विश्वविद्यालयको प्रमुख उद्देश्य हो ।  उच्च शिक्षाका लागि प्रमुख केन्द्रको रूपमा रहेको त्रिभुवन विश्वविद्यालयको कुलपतिमा प्रधानमन्त्री, सहकुलपतिमा शिक्षामन्त्री रहने र नेपाल सरकारद्धारा नियुक्त उपकुलपति विश्वविद्यालयको प्रमुख प्रशासनको रूपमा कार्यरत रहने व्यवस्था छ ।  त्रि.वि. ऐन २०४९ बमोजिम नेपाल सरकारले केन्द्रीय विश्वविद्यालयको रूपमा त्रिभुवन विश्वविद्यालयलाई मान्यता प्रदान गरेको छ ।  नेपालको संविधानमा शिक्षालाई मौलिक हकअन्र्तगत राखिएको छ र सबै नागरिकलाई शिक्षाबाट वञ्चित गराइने छैन भन्ने मूल ध्येय समावेश गरिएको छ र संविधानको भावना र मर्मलाई आत्मसाथ गर्दै देशभित्रै उच्चशिक्षा प्रदान गर्ने मिसन पूरा गर्न त्रि.वि. सधैँ कम्मर कसेर लागिरहेको छ ।  
त्रिभुवन विश्वविद्यालयले समयानुकूल शिक्षामा परिवर्तन गर्दै आम नागरिकलाई शिक्षित बनाउने मूल ध्येय बोक्दै शिक्षामा गुणस्तरीय, वैज्ञानिकीकरण गर्दै विश्व सामु आफ्नो छुट्टै पहिचानस्थापित गराउनका लागि विश्वका विभिन्न विश्वविद्यालयसँग शिक्षा क्षेत्रका प्रगतिबारे सहकार्य गर्दै अघि बढिरहेको छ ।  देशको आर्थिक, सामाजिक, शैक्षिक, प्राविधिक र सांस्कृतिक क्षेत्रमा आवश्यकपर्ने उच्च जनशक्तिको उत्पादन गर्ने मुख्य थलो नै त्रिभुवन विश्वविद्यालय हो ।  नेपालमा अन्य नौ वटा विश्वविद्यालय रहे पनि करिब ८० प्रतिशतको हाराहारीमा विद्यार्थी त्रिभुवन विश्वविद्यालयमै अध्ययन अध्यापन गर्नु गर्वको विषय हो ।   अहिलेको वर्तमान अवस्थामा मुलुकमा बहुविश्वविद्यालयको अवधारणापछि पनि त्रि.वि.ले आफ्नो दायिìव बहन गर्दै आइरहेकै छ र विश्वविद्यालयबाट उपाधि हासिल गरेका विद्यार्थीलाई विश्व समाजमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्न चुनौतीपूर्ण कार्य रहेको हुंँदा शिक्षालाई  व्यावसायिक र रोजगारीमूलक बनाउनुपर्ने आवश्यकता रहेको छ ।  शिक्षा क्षेत्रलाई राजनीतिक चुङ्गलबाट टाढा राख्दै उच्च शिक्षा क्षेत्रमा वैज्ञानिकीकरण र समयसापेक्ष परिमार्जन गर्दै अघि बढ्नुपर्ने र उत्पादित जनशक्तिलाई रोजगारीको व्यवस्थास्वदेशमै निर्माण गर्नुपर्ने त्रिभुवन विश्वविद्यालय सामु एक चुनौती थपिएको छ भने अर्कातिर विश्वका अन्य विश्वविद्यालयसँग प्रतिष्पर्धा गर्नुपर्ने अर्को चुनौती छ ।  
विश्व २१ औँ शताब्दीमा प्रवेश गरिसकेको हुंँदा ज्ञान विज्ञान र प्रविधिको द्रततर विकास हँुंदै गएको र शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रियकरणको युग शुरु भइसकेकोले नेपालले पनि उच्च शिक्षाको गुणस्तर अन्तर्राष्ट्रिय परिप्रेक्ष्यअनुरुप सञ्चालन र उच्च शिक्षालाई विश्वस्तरीय बनाउँदै लैजानुपर्छ ।   त्रि.वि. भित्र चार वटा सङ्काय व्यवस्थापन, मानविकी तथा सामाजिक शास्त्र, शिक्षाशास्त्र र कानुन रहेका छन् भने अध्ययन संस्थानतर्फ चिकित्साशास्त्र अध्ययन संस्थान, इन्जिनियरिङ अध्ययन संस्थान, वनविज्ञान अध्ययन संस्थान र विज्ञान तथा प्रविधि अध्ययन संस्थान रहेका छन् त्यस्तै गरी चार वटा अनुसन्धान केन्द्र छन् ।  त्रि.विको आफ्नै छुट्टै संरचना भएकाले अध्ययन अध्यापन गर्ने विद्यार्थी, शिक्षक र कर्मचारी दत्तचित भएर त्रि.वि.मा कार्यरत रहेका छन् ।  त्रि.वि.ले उच्च शिक्षाको क्षेत्रमा साधारण, व्यवसायिक र प्राविधिक शिक्षाको विकास गर्दै अघि बढिरहेको छ ।  राष्ट्रको सर्वाङ्गीण विकासका लागि आवश्यक पर्ने मानव संशाधन विकास चार दशक अघिदेखि गरिनै रहेको छ ।  त्रि.विले शैक्षिक सुढदृढीकरण, गुणात्मक शिक्षण र अनुसन्धानको बिस्तार रस्वस्थ प्रतिष्पर्धात्मक प्राज्ञिक क्रियाकलापको अभिवृद्धि गर्दै लैजानुका साथै गुणात्मक रस्तरीय शिक्षाका लागि विद्यमान साधन र स्रोतको अधिकतम परिचालन, भौतिक सम्पत्तिको मर्मत एवं सम्भार, सङ्गठनात्मक र व्यवस्थापनमा सुधार गरी उच्च शिक्षामा गुणात्मक सुधारका लागि बीस वर्षे रणनीति तयार गरी छलफल अगाडि बढाएको रस्वायतता प्रदान गर्ने विषयलाई अगाडि सारेको छ ।
विद्यार्थी, शिक्षक र कर्मचारीको एकताकै कारण त्रिविले योस्थान हासिल गर्न सकेको हो ।  अहिलेको अवस्थामा शिक्षामा आमूल परिवर्तन गरी देश र परिस्थिति सुहाउँदो राष्ट्रिय शिक्षा योजना सरकारले ल्याउनुपर्छ  ।  उच्च शिक्षाको मुख्य उद्धेश्य तालिम प्राप्त जनशक्ति तयार गर्नु हो ।  उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि समयसापेक्ष पाठ्यक्रम, दक्ष जनशक्ति, निश्चित शैक्षिक कार्यतालिका, उपयुक्त भौतिक सुविधा तथा वैज्ञानिक परीक्षा प्रणालीको आवश्यकता पर्छ ।  त्रिभुवन विश्वविद्यालयमा विभिन्न राजनीतिक दल तथा सङ्गठनले समय समयमा गर्ने बन्द, हड्तालका कारण विद्यार्थीको पठनपाठन प्रभावित भई शैक्षिक क्यालेण्डरसमेत प्रभावित हुन गई दुई वर्षे कोर्स लाई तीन वर्ष लाग्ने गरेको कटु यथार्थ छिप्न सक्दैन ।  विभिन्न राजनीतिक दलका कार्यक्रम, सभा समारोह र सरकारी कार्यक्रममा समेत विद्यार्थीलाई प्रयोग गर्नु सकारात्मक मान्न सकिँदैन ।  गुणस्तरीय शिक्षा र शिक्षामा वैज्ञानिकीकरण गर्ने र शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गर्ने प्रतिबद्धता सरकार र राजनैतिक दलले कार्यान्वयन गर्न नसक्नु दुःखद विषय बन्न पुगेको छ ।   त्रि.वि.भित्र रहेका विभिन्न विद्यार्थी सङ्गठनको सहमतिमा गएको केही महिना अगाडि  मात्रैस्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भयो तर कतिपयस्थानमा निर्वाचननै हुन सकेन ।  विद्यार्थीको चाहना र भावना अनुरुप हुने निर्वाचन हुननसक्नु विद्यार्थी सङ्घ सङ्गठनको कमी कमजोरी नै हो ।  ढिलै भए पनि त्रि.वि.ले बौद्धिक चोरी नियन्त्रण गर्ने सकारात्मक निर्णय गरेको छ ।  धेरै वर्षदेखि विवादित रहँदै आएको बौद्धिक चोरीलाई निरुत्साहित गर्न त्रि.वि.ले पहल गर्नु सकारात्मक नै मान्नुपर्छ ।   त्रि.वि.को इज्जत जोगाउनमा  मुख्य भूमिकामा चिकित्साशास्त्र अध्ययन संस्थान र इन्जिनियरिङ अध्ययन संस्थानलाई लिन सकिन्छ ।  शिक्षामा सुधारका लागि इन्जिनियरिङ, शिक्षाशास्त्र, चिकित्साशास्त्र लगायतका सङ्कायमा विद्यार्थीको प्रवेश परीक्षासमेत कम्प्युटर प्रणालीबाट विगत वर्षदेखि शुरु गरिएको र सेमेष्टर प्रणाली लागू गरिएकै कारण अब्बल उत्पादन गर्न सक्षम भएको देखिन्छ ।  त्रि.वि. ले सबै क्याम्पसमा सेमेष्टर प्रणाली लागू गर्ने उद्देश्य लिए पनि हालसम्म सफलता प्राप्त गर्न सकेको छैन ।  देशभित्रै दक्ष प्राविधिक जनशक्ति उत्पादन गराईस्वदेशमै रोजगारको अवसर सिर्जना गर्न सक्नुु हामी सबैको गर्वको विषय हो ।   त्रि.विअन्तर्गतका क्याम्पस र कार्यालयको शैक्षिक र प्रशासनिक क्षमता वृद्धि गर्नका लागि उच्च शिक्षा परियोजनाले आफ्नो उपस्थिति जनाएको छ ।  त्रि.वि. विकेन्द्रीकरण नियम २०५५ लाई कार्यान्वयन गर्दै त्रि.वि.का क्याम्पस, अनुसन्धान केन्दहरू र कार्यालयलाई आर्थिक र प्रशासनिक रूपले सबल, सुदृढ र गतिशील बनाउँदै अगाडि बढ्नुपर्ने आवश्यकता रहेको छ ।  
त्रिभुवन विश्वविद्यालय दक्षिण एसियाकै उत्कृष्ट विश्वविद्यालयको रुपमा रहेको र विश्वका अन्य विश्वविद्यालयसँग समेत शिक्षा क्षेत्रमा कडा प्रतिष्पर्धा गर्दै आफ्नो खुबी प्रस्तुत गर्दै अगाडि बढिरहेको छ ।  त्रिभुवन विश्वविद्यालयले समयानुकूल शिक्षा प्रदान गर्दै समग्रमा देश विकासका लागि आफ्नो दक्षता, सीप प्रस्तुत गर्न समेत सफल भएको छ ।  बर्सोनि दीक्षित हँुंदै गएका विद्यार्थीले पनि देश निर्माण र नव नेपाल निर्माणका लागि सेतुको रुपमा रहेका छन् ।   विश्वविद्यालयभित्र राजनीतिक भागवण्डाको आधारमा राजनीतिक नियुक्ति हुने गलत परम्पराको अन्त्य हालसम्म पनि हुन सकेको छैन ।  त्रि.विले आफ्ना पाइला शैक्षिक गतिविधिमा केन्द्रित गर्दै त्रि.विमा हुने गरिएको राजनीतिक नियुक्ति अन्त्य गर्दै योग्य र बरिष्ठताक्रमअनुसार नियुक्ति गर्नुपर्ने आवश्यकता छ ।  त्रि.विले अन्तराष्ट्रिय परिवेशअनुसारको गुणस्तरीय र वैज्ञानिक शिक्षाको विकास, विस्तार गर्दै अगाडि बढ्नुपर्छ ।  त्रि.वि.मा हुने गरिएको राजनीतिक नियुक्ति, सरुवा, बढुवालाई अन्त्य गर्दै योग्यता र क्षमतालाई प्राथमिकता दिँदै शिक्षामा यापक सुधार गर्दै त्रि.वि. को शैक्षिक क्यालेण्डर अनुरुप सञ्चालन गर्ने र परीक्षा समयमै सञ्चालन गरी परीक्षाफल समेत प्रकाशित गर्नुपर्छ ।  अहिलेको मुख्य कमजोरी भनेकै त्रि.वि. शैक्षिक क्यालेण्डर अनुरूप चल्न नसक्नु नै हो ।  त्रि.वि.भित्र रहेका विद्यमान विकृति, विसङ्गति हटाई त्रि.वि.लाई प्राज्ञिक क्षेत्र बनाउनुपर्ने अति आवश्यक छ ।   तोकिएको समयमा परीक्षा सञ्चालन गर्न नसक्नु, शैक्षिक क्यालेण्डर अनुरुप चल्न नसक्नु र परीक्षाफलसमेत प्रकाशित गर्न नसक्नु, राजनीतिक आस्थाकै कारण प्राध्यापक, शिक्षक, कर्मचारी नियुक्ति सरुवा, बढुवा गर्ने, तालिम आयोजना नहुनु ठूलो कमजोरी हो ।  त्रि.वि.ले चाडोभन्दा चाडो यसलाई सच्याउनु आवश्यक छ ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना