गिरिजाबाबुको हत्या गर्न धेरैपटक आक्रमण

Purushottam basnetपुरुषोत्तम बस्नेत

 

कुनै पनि निरङ्कुशतालाई सहन गर्न नसक्ने दृढता गिरिजाप्रसाद कोइरालासित सधैँ अन्योन्यास्रित भएर रह्यो ।  यसलाई एकतन्त्रीय राणा शासनले पनि बुझेको थियो र राजतन्त्रको सर्वसत्ताले पनि बुझेको थियो ।  त्यसैले यी दुवै शासनले पटक–पटक उहाँको हत्या गर्ने जघन्य योजना तयार पारे तर नियतिले गिरिजाबाबुलाई राणा र राजा यी दुवै निरङ्कुश तìवको अन्त्य गर्ने अभिभारा सुम्पेको थियो ।  त्यसैकारण उहाँको हत्याको प्रयास जहिले पनि असफल रहे ।  
वि.सं. २००३ को फागुनमा प्रारम्भ भएको विराटनगरको मजदुर आन्दोलनको नेतृत्व गिरिजाप्रसाद कोइरालाले नै गर्नुभएको थियो ।  त्यसैमा जननायक बी.पी. कोइरालालगायत गिरिजाप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला, मनमोहन अधिकारी, गेहेन्द्रहरि शर्मा र युवराज अधिकारीसमेत ६ जनालाई विराटनगरमा पक्राउ गरियो ।  त्यसपछि आमा दिव्या कोइराला र अरूहरूलाई पनि पक्राउ गरियो ।  पहिले पक्राउ गरिएका ६ जनालाई धनकुटा लगियो र त्यहाँबाट उहाँहरूलाई पूर्वी पहाडैपहाड काठमाडौँमा ल्याइयो ।  यहाँ उहाँहरूलाई मात्र एक बेग्लै बन्दीगृहमा राखिएको थियो ।  त्यसबेला बी.पी.को स्वास्थ्यस्थिति राम्रो थिएन ।  महात्मागान्धी र भारतीय समाजवादीको विशेष प्रयासमा, पाँच महिनापछि, २००४ को भाद्र महिनामा उहाँलाई रिहा गरियो ।  अरू पाँचजनालाई लामो समयसम्म रिहा गरिएन ।  बन्दीगृहमा तीन वर्ष पुग्न लाग्दा, गिरिजाबाबुलगायत पाँचै जनाले आमरण अनशन सुरु गर्नुभयो ।  उहाँहरू सबै मृत्युको ठीक अघिल्तिर आइपुगेपछि अनशनको चौबीसौँ दिनमा, २००६ को मङ्सिर १५ गते सबैलाई रिहा गरियो ।  देश र जनताको हितमा आफूलाई समर्पित गरेर जस्तोसुकै खतराको अगाडि पनि निशङ्कोच उभिने साहस गिरिजाबाबुबाट यसभन्दा पहिले पनि प्रकट भइसकेको थियो ।  
तीन वर्षपछि गिरिजाबाबु रिहा भएर आउँदा नेपाली राष्ट्रिय काँग्रेस अहिंसात्मक नीतिलाई परित्याग गरी, सशस्त्र क्रान्तितिर उन्मुख भइरहेको थियो ।  २००६ को चैतमा नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको एकीकरणबाट नेपाली काँग्रेसको गठन भयो ।  त्यसपछि गिरिजाबाबु आफूलाई खतराको अनेकतिर उभ्याएर सशस्त्र क्रान्तिको तयारीमा लाग्नु भयो ।  यही सन्दर्भमा सेनाले उहाँलाई पक्राउ गरेर विराटनगर ब्यारेकमा बन्दी बनाएर राख्यो ।  एक साँझ दुई–तीनतिरबाट गोली वर्षिरहँदा, गोलीको बीचबाटै उहाँ त्यहाँबाट उम्कनु भयो ।  २००७ को कात्तिक २६ गते नेपाली काँग्रेसको जन–मुक्तिसेनाले वीरगञ्ज कब्जा गरेर जन–क्रान्तिको प्रारम्भ ग¥यो ।  कात्तिक २६ र २७ को मध्ये रातमा जन–मुक्ति सेनाले विराटनगरको सरकारी कार्यालय आक्रमण ग¥यो ।  तीन समूहमा विभाजित जन–मुक्तिसेनाको एउटा समूहको नेतृत्व गिरिजाबाबुले गर्नुभएको थियो ।  यी सबै समूहसित सरकारी सेनाको कडा मुठभेड भयो ।  सरकारी सेनाको केही मारिए ।  जन–मुक्ति सेनाको पनि बलबहादुर राई मारिए ।  अरू धेरै घाइते भए ।  गिरिजाबाबु अलिकतिले मात्र बँच्नु भयो ।  केही दिनपछि बी.पी. कोइराला पनि विराटनगरको मोर्चामा आउनुभयो ।  बडाहाकिम भवनबाहेक विराटनगरको अरू सबै स्थानमा जन–मुक्तिसेनाले आफ्नो नियन्त्रण कायम गरिसकेको थियो ।  बी.पी.ले माइकबाट बडाहाकिम उत्तमविक्रम राणालाई आत्मसमर्पण गर्न आग्रह गर्नुभयो ।  बडाहाकिमले सबैको उचित सुरक्षा होस्, आत्मसमर्पण गर्न तयार छौँ भने र उनले भवनमा सेतो झण्डा फहराए ।  त्यसलाई विश्वास गरेर बी.पी., गिरिजाबाबुसँगै अरू केही र जनमुक्ति सेनाका अफिसर बडाहाकिम भवनतिर गए ।  भवनको नजिकै पुगेपछि अत्यन्त कपटपूर्ण तवरले बुर्जा–बुर्जाबाट गोली वर्षाइयो ।  त्यस दिन गिरिजाबाबु मात्र होइन, बी.पी. र अरू सबै पत्याउनै नसकिने संयोगले मात्र बँच्नु भयो ।  त्यो जन–क्रान्तिमा यसरी निकैपटक सरकारी सेनाको गोली गिरिजाबाबुको नजिकैबाट गएको थियो ।
देशमा प्रजातन्त्रको स्थापनापछि पनि किसान र मजदुरको अवस्थामा आशातीत सुधार आउन सकेको थिएन ।  उनीहरूको हक र हितको निमित्त गिरिजाबाबुले मोरङमा किसान आन्दोलन सुरु गर्नुभयो ।  आन्दोलन पूर्वी तराईको धेरै भागमा पुग्यो तर सरकारले सुधारमा ध्यान दिएन ।  सरकारलाई तिरो र अरू कुनै कर नतिर्ने अभियानकासाथ आन्दोलन सशक्त ढङ्गले अघि बढ््यो ।  गिरिजाप्रसाद कोइराला, केशवप्रसाद कोइराला र अरू धेरैलाई २०१० को असारमा विराटनगरमा पक्राउ गरियो ।  श्रावण ८ देखि उहाँहरू १४ जनाले अनशन सुरु गर्नुभयो ।  किसानको २१ मध्ये १८ मागलाई सरकारले पूरा गर्ने लिखित प्रतिबद्धता व्यक्त ग¥यो र उहाँहरू सबैलाई श्रावण १६ गते रिहा ग¥यो ।  
आफ्नो देशका जनताको निमित्त मात्र होइन, छिमेकी देशमा जनताको अधिकारको निमित्त पनि गिरिजाबाबुले खतरा उठाएर अविस्मरणीय काम गर्नुभयो ।  भुटानमा त्यहाँ रहेका नेपालीले ठूला–ठूला अन्यायलाई बेहोरिरहन परेको थियो ।  त्यसको विरोधमा भुटानमै गएर उहाँले आन्दोलन गर्नुभयो ।  भुटानका राजाबाट हुन लागेको आक्रमणबाट पनि उहाँ संयोगले मात्र बँच्नु भयो ।  
२०१४ को भाद्र अवज्ञा आन्दोलनको सन्देशलाई सम्पूर्ण मोरङको घर–घरमा पु¥याउने अभियान लिएर गिरिजाबाबु इनरुवा पुग्दा, दिलबहादुर श्रेष्ठले भारतीय अपराधीको ए समूहबाट गिरिजाबाबुको हत्या गर्ने योजना तयार पारे ।  डा. खलिल र अरू धेरै स्थानीय जनताले ती अपराधीलाई भगाएर गिरिजाबाबुको प्राण रक्षा गरे ।  
२०१७ को पुस २ गते गिरिजाबाबुलाई काठमाडौँमा पक्राउ गरियो ।  ६ वर्षपछि २०२३ मा सुरक्षा कानुनअन्तर्गत बन्दी बनाइएकालाई– ‘शान्तिपूर्वक बस्ने छु’ भन्ने कागजमा सही गराएर रिहा गरियो ।  गिरिजाबाबुले त्यसमा सही गर्नु भएन र उहाँको रिहाइ भएन ।  एक वर्षपछि उहाँ आमरण अनशनमा बस्नु भयो ।  जीवित रहने स्थिति क्षीण हुन लाग्दा अनशनको २४ दिनमा २०२४ को पुसमा उहाँको रिहाइ भयो ।  आमा दिव्याबाट जुस खाएर उहाँले अनशनको अन्त्य गर्नुभयो ।  यी सबै उहाँले मृत्युको नजिकैबाट हिँडेका मोड थिए ।
२०२८ देखि उहाँ निर्वासित भएर भारतमा रहनु भयो ।  त्यसबेला अनेकपटक पेशेवार हत्यारालाई पठाएर नेपाली काँग्रेसका नेताको हत्या गराउने प्रयत्न भइरह्यो ।  त्यसमा पनि हत्याराको छेवैबाट गिरिजाबाबु जोगिनु भयो ।  उहाँ निर्वासनमै रहँदा नेपाली काँग्रेसले सङ्कलन गरेको हतियार बङ्गलादेशको स्वतन्त्रता सङ्घर्षको निमित्त युद्ध गरिरहेको मुक्ति बाहिनीलाई हस्तान्तरण गर्न गिरिजाबाबु खतराको धेरै माथि चढेर बङ्गलादेशको भित्री भागसम्म पुग्नु भयो ।
वि.सं. २०३७ को नयाँ वर्षमा सबैलाई आम माफी दिइयो ।  निर्वासनमा रहेका सबै स्वदेश फर्के ।  जनमत सङ्ग्रहको चुनाव हुनै लागेको थियो ।  वैशाख ३ गते गिरिजाबाबु काठमाडौँ आइपुग्नु भयो ।  ५ गते उहाँसँगै अरू पनि विमानबाट रुम्जाटार जान लाग्दा विमानलाई अवतरण गर्न अवरोध गरेर पञ्च र मण्डले भनिने तìवले विमानलाई दुर्घटनामा पार्ने प्रयत्न गरे ।  पाइलटको कुशलताले मात्र दुर्घटना जोगियो ।  –यी तìवले बी.पी. कोइराला रहेको विमानलाई पनि पोखरा र विराटनगरमा यसै गरेका थिए । )
जसरी पनि गिरिजाबाबुको हत्या गर्न अरू पनि अनेकपटक षडयन्त्रपूर्ण आक्रमण भए ।  २०४० को फागुनमा १९ र २० गते भैरहवामा हुने पार्टीको कार्यक्रममा भाग लिन नं. ६०५७  को जीपबाट गिरिजाबाबु काठमाडौँबाट चितौन हुँदै भैरहवा जानुभयो ।  दरबारको आडमा जस्तोसुकै अपराध गर्न पनि छुट पाएका मण्डले भनिने तìव उहाँलाई हत्या गर्न उहाँको जीपलाई पर्खेर नवलपरासीको दामन्नेमा पर्खिरहेका थिए तर मुग्लिङमा पुग्दा उहाँको जीप बिग्रियो ।  जीप बनाउन चितौनबाट मिस्त्री ल्याउनु पर्ने भयो ।  त्यही बेला भैरहवा जान केही सिट खाली रहेको बस आइपुग्यो ।  गिरिजाबाबु र उहाँसँग गएका त्यही बसमा भैरहवा गए ।  भैरहवाको कार्यक्रममा गिरिजाबाबु पुगिसकेपछि मात्र ती तìवले थाहा पाए ।  भोलिपल्ट २० गते पुष्पानन्द गिरिको घर, सुरजपुरामा खाना खान लाग्दा, खुँडा, खुकुरी, र अरू अनेक घातक हतियार लिएर एउटा हिंसक जत्था त्यहाँ आइपुग्यो ।  त्यसले सबैलाई आक्रमण ग¥यो ।  घरभित्र खाना खान लागेको ढोका बन्द गरेर बसे ।  घर तोडफोड गर्दै आगो लगाए ।  मान्छेलाई भित्र राखेर आगो लगाउन पाइँदैन भन्दै वरपरका धेरै महिला र पुरुष गाग्रीमा पानी लिएर आइपुगे र ती तìवलाई भगाए ।  
तिनैकै आक्रमणमा यादवनाथ आलोकसहित तीन जना मारिए ।  धेरै घाइते भए ।  २१ गते गिरिजाबाबु र उहाँसँग जाने काठमाडौँ फर्किए ।  २२ गते आयोजित पत्रकार सम्मेलनमा गिरिजाबाबुले यो हत्या काण्डको कडा भर्सना गर्नुभयो र यसको कडा विरोध गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो र केही महिनापछि देशव्यापी सत्याग्रह गर्ने घोषणा गर्नुभयो ।  त्यसलाई सर्वोच्च नेता गणेशमान सिंह र  पार्टी सभापति कृष्णप्रसाद भट्टराईको पनि स्वीकृति थियो ।  २०४२ को जेठ १० गते भएको सत्याग्रह त्यही २०४० को फागुन २२ को घोषणाबाट भएको थियो ।
पछिल्लोपटक २०६२।६३ को आन्दोलनमा पनि गिरिजाबाबुमाथि साङ्घातिक आक्रमण भयो ।  उहाँको टाउकोमा हत्याको नियतले नै लाठी प्रहार गरियो ।  रगतपक्ष भएर केही समयसम्म उहाँ अर्धमूर्छित अवस्थामा रहनुभयो ।  हत्याको यस्ता अनेकपटकको लामो शृङ्खलाका आक्रमणलाई गिरिजाबाबुले सधैँ परास्त गर्नुभयो ।  उहाँको यही जितमा अहिले देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना