रम्भा गाउँपालिकामा एमाले विजयी

Election logo - umlरामपुर (पाल्पा), असार १८ गते   । रम्भा गाउँपालिकाको गाउँ अध्यक्षमा नेकपा एमालेका विष्णुप्रसाद भण्डारी विजयी हुनुभएको छ । उहाँले चार हजार ७६७ मत ल्याई विजयी बन्नुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका अशोक फालले चार हजार ९८ मत ल्याउनुभएको थियो । गाउँपालिकाको उपाध्यक्षमा एमालेकै राधा श्रेष्ठले चार हजार ७८६ मत ल्याई विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका विष्णुमाया सिञ्जालीले चार हजार १३९ मत पाउनुभएको थियो ।

वडा नं १ मा एमालेका कृष्णप्रसाद रेग्मीले एक हजार ३२९ मत ल्याएर उहाँको प्यानलै विजयी भएको छ । वडा नं २ मा एमालेका उमानसिंह सारु सहितको प्यानल विजयी भएको छ । वडा नं ३ मा नेकाका थमनबहादुर गाहा सहितको प्यानल विजयी भएको छ ।

यसैगरी, वडा नं ४ मा एमालेका भोजबहादुर विक निर्वाचित हुनुभएको छ । वडा नं ५ मा एमालेका खुमकान्त बस्याल सहितको प्यानल विजयी भएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना