मिक्लाजुङमा एमाले विजयी

umal-flag-e1424853493350विराटनगर,  असार १९ गते  । मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेद्वार विजयी भएका छन् । सो पार्टीका देवीप्रसाद आचार्यले पाँच हजार २२९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मानबहादुर राईले तीन हजार ६०५ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी, नेकपा (एमाले)कै उपप्रमुखमा सरला राईले पाँच हजार ८३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवारले तीन हजार ६२५ मत प्राप्त गर्नु भएको थियो ।

नौ वडा रहेको सो गाउँपालिकामा एमालेले १, २, ४, ६, ७ र ८ मा वडाअध्यक्षसहित पूरा समूहकै जित हात पारेको छ भने नेपाली काँग्रेसले ३, ५ र ९ नं वडाका वडाअध्यक्षसहित पूरा समूह नै विजयी भएको सो गाउँपालिकाको निर्वाचन अधिकृत हिमालयकुमार त्रितालले जानकारी गराउनुभएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना