शुक्लाफाँटा नगरपालिकामा काँग्रेस विजयी

ncभीमदत्तनगर, असार १९ गते  । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेपाली काँग्रेसका प्रमुख पदमा उम्मेदवार दिलबहादुर ऐर विजयी हुनुभएको छ ।आइतबार मध्यराति सम्पन्न मतगणनाबाट नेकपा एमालेका उम्मेदवार रणबहादुर महरालाई एक हजार तीन मतले पछि पार्दै काँग्रेसका ऐर विजयी हुनुभएको हो । ऐरले छ हजार ४३२ मत प्राप्त गर्नुभयो, भने उहाँका निकटतम प्रतिद्वन्द्वी रणबहादुर महराले पाँच हजार ४२९ मत प्राप्त गर्नुभयो ।

त्यस्तै शुक्लाफाँटा नगरपालिकाको उपप्रमुखमा भने एमालेका उम्मेदवार तुलसी हमाल विजयी हुनुभएको छ । पाँच हजार २९३ मत प्राप्त गरी उहाँ उपप्रमुखमा विजयी हुनुभएको हो । उपप्रमुखमा काँग्रेसका उम्मेदवार धर्मा विष्ट ऐरले पाँच हजार २१० मत प्राप्त गर्नुभयो ।

१८ हजार ६२१ मत खसेको शुक्लाफाँटामा ७९५ मत बदर भएको थियो । कञ्चनपुरमा हालसम्म दुई वटा गाउँपालिका र दुई नगरपालिकाको मतगणना सकिएको छ । भने बाँकी पाँच नगरपालिकाको मतगणना भइरहेको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना