रुपन्देहीको गैडहवा र रोहिणिमा सङ्घीय समाजवादी फोरमको जित

ss foramलुम्बिनी, असार १९ गते । रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा सङ्घीय समाजवादी फोरमले जित हात पारेको छ । गैडहवामा सङ्घीय समाजवादी फोरमका अध्यक्षका उम्मेदवार बच्चु केवटले पाँच हजार ४१५ मत ल्याएर विजयी बन्नुभएको छ । त्यस्तै उपाध्यक्षमा पनि फोरमकै शोभावती यादवले चार हजार ९७५ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका बसीउल्लाह मुसलवानले अध्यक्षमा तीन हजार २७६ र उपाध्यक्षमा मञ्जु न्यौपानेले ३२९ मत ल्याउनुभएको थियो । त्यसैगरी रोहिणी गाउँपालिकामा पनि सङ्घीय समाजवादी फोरमले जित हासिल गरेको छ । फोरमका सनोजकुमार यादवले तीन हजार ७६० मत ल्याएर गाउँपालिका अध्यक्ष बन्नुभएको छ । यादवले राप्रपाका ताहिर वलीलाई २१८ मतले पछाडि पार्दै विजयी हुनुभएको हो । राप्रपाका ताहिर वलीले तीन हजार ५४२ ल्याउनुभएको थियो ।

उपाध्यक्षमा भने राप्रपाका श्रीकान्ती चमार विजयी हुनुभएको छ । चमारले तीन हजार ४९६ मत ल्याउनुभएको छ । उहाँकी निकटतम प्रतिद्वन्द्वी फोरमकी रिमा मिश्राले तीन हजार ४५० मत ल्याउनुभएको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना