जुम्लाको स्याउ बजारीकरण ‘प्याकेजिङ’ समस्या

jumla appleखलङ्गा, असार २०  गते ।  जुम्लाको स्याउलाई कसरी व्यवस्थित बजारीकरण गर्ने भन्ने विषयमा छलफल भएको छ  ।  जिल्ला कृषि विकास कार्यालय, जुम्लाको आयोजनामा जिल्लामा उत्पादित स्याउ बजारीकरणमा ध्यान दिनुपर्ने विषयमा सरोकारवाला निकायसँग छलफल तथा सुझाव सङ्कलन गरिएको हो ।
कृषि विकास कार्यालयले जिल्लामा लगाइएको स्याउको बिरुवा, उत्पादन हुने स्याउ र बजारीकरणको अवस्था विषयमा कार्यपत्र सार्वजनिक गरेको छ ।  जिल्ला कृषि विकास कार्यालय जुम्लाका वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा जुम्लाको एकमात्र निर्यातमुखी बालीका रूपमा स्याउ रहेको बताइएको छ ।  प्रतिवेदनमा आर्थिक वर्ष २०७३÷७४मा जुम्लाको तीन हजार ४५० हेक्टर क्षेत्रफलको जमिनमा १० लाख ३५ हजार स्याउका बिरुवा रोपिएका छन् ।   रोपिएका बिरुवा मध्ये तीन हजार १५० टन स्याउ जुम्लामा आर्थिक वर्ष २०७३÷७४ मा फलेको जानकारी प्राप्त भएको छ ।  फलेको स्याउ मध्ये दुई हजार पाँचसय बीस टन (६० प्रतिशत)  जिल्लाबाट निर्यात भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।  कृषि कार्यालयले जुम्लाको प्राङ्गारिक स्याउ सुर्खेत, नेपालगञ्ज, काठमाडौँ, दाङ, बुटवल, नारायणगढ, दैलेख, जाजरकोट, सुदूरपश्चिम र पूर्वका विभिन्न जिल्लाको बजारमा गइरहेको बताइएको छ ।  
कृषि विकास कार्यालयका अनुसार जुम्लाको स्याउ निर्यातको मुख्य आधार प्राङ्गारिक मूल समिति र जिल्ला कृषि विकास कार्यालयको आन्तरिक निरीक्षण, बाह्य निरीक्षण र प्रमाणीकरण गरी स्टिकर लगाई निर्यात हुने गरेको छ ।  
यसैगरी प्राङ्गारिक स्याउ निर्यातका चुनौतीमा हरिया साना स्याउको टिपाइ र निर्यात, ढुवानी गर्दा स्ट्यान्डर्ड कार्टुनको प्रयोगमा कमी, बोरामा स्याउको ढुवानी, ग्रेडिङ नगरी निर्यात गर्ने, उत्पादक आफैले व्यापार गर्ने र माग नबुझी स्याउ निर्यात गर्ने रहेका कँडेलले बताउनुभयो ।  
अन्तत्र्रिmयामा सरोकारवालाले समय नपुगी स्याउ टिप्ने तथा निर्यात गर्ने, ढुवानी गर्दा व्यवस्थित रूपमा नगर्ने, बिनासम्पर्क निर्यात गर्ने, स्याउ स्टोर पर्याप्त नहुनु र भएका प्रयोग प्रभावकारी हुनुपर्ने, ग्रेडिङमा बढी ध्यान दिनुपर्ने सुझाव दिइएका छन् ।  जुम्ला चन्दननाथ नगरपालिका–१० का उद्योगी रामकृष्ण चौलागार्इंले नर्सरीबाटै पनि गुणस्तरमा ध्यान दिनुपर्ने विषयमा ध्यानाकर्षण गर्न भएको थियो ।  उहाँले फार्मबाटै हतारमा स्याउ बिक्री गर्नु राम्रो नभएको बताउनुभयो ।  ताम्ती गाउँपालिकाका नरबहादुर शाहीले आफ्नो बगैँचामा १५ सय बिरुवा रोपे पनि कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता भएकाले प्रविधिमा सहयोग गर्नुपर्ने बताउनुभयो ।  चन्दननाथ–७ का किसान लोकबहादुर खत्रीले सबैभन्दा पहिले ग्रेडिङमा ध्यान नदिई स्याउ पठाउन पूरै रोक्नुपर्ने, निर्यात गरिने  व्यापार केन्द्रमा पहिल्यै सम्पर्क गर्नुपर्ने, हतारमा स्याउ नटिप्ने सुझाव दिनुभयो ।  जिल्ला सहकारी सङ्घका अध्यक्ष पदमबहादुर महतले ग्रेडिङ मेसिन बिजुली नभएकाले थन्किएको हुँदा सञ्चालन गर्न सहयोग गर्नुपर्ने सुझाव दिनुभयो ।

विदेशी कार्टुनमा  रोक लगाइने
यो भन्दा पहिले जुम्लाको स्याउ चाइनिज खोलमा प्याकिङ गरी निर्यात गरिएको विषयमा सञ्चार माध्यममा व्यापक आएपछि अब जुम्लाको स्याउ कुनै पनि विदेशी कार्टुनमा राखी नपठाइने भएको छ ।  गत वर्ष भदौमा जिल्लाको उर्थुबाट बाहिर ‘चाइनिज एप्पल’ लेखिएको कार्टुनमा प्याकिङ गरी पठाइएको विषयमा नेपाल पत्रकार महासङ्घले ध्यान आकर्षण गरी रोक लगाउने निर्णयसमेत भएको बताइएको छ ।  जिल्ला कृषि विकास कार्यालयले यसको पूर्ण रोक लगाउने र व्यापारीलाई सो विषयमा सचेत गराउने बताएको छ ।  
कार्यालयले सार्वजनिक सूचनासमेत निकाल्दै विदेशी कार्टुनमा जुम्लाको अर्गानिक स्याउ प्याकिङ नगर्न आग्रह गरेको छ ।  जुम्ला पातारासी गाउँपालिका–८, उर्थुका सिंह विष्टले २०७३ सालमा आफ्नो स्याउ चाइनिज कार्टुनमा प्याकिङ गरी काठमाडौँ लिँदा बिक्री गर्न निकै ठूलो समस्या भएको बताए ।  उनले काठमाडौँका मान्छेले हेर्दा जुम्लाको स्याउ, चाइनाको प्याकिङ भनेको पनि  अहिले सम्झिरहेको बताउनुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना