काँग्रेस पनि सय स्थानमा विजयी

uml nc mkकाठमाडौंँ, असार २०  गते ।  दोस्रो चरणको स्थानीय तहको निर्वाचनको परिणाम आउने क्रम जारी छ ।  यस क्रममा सोमबार रातिसम्म सार्वजानिक भएको नतिजाअनुसार नेकपा एमालेले एक सय १४ स्थानमा विजय हासिल गर्दै स्थानीय तहमा अग्रता कायम राखेको छ ।  नेपाली काँग्रेसले पनि एक सय सिट जितेर दोस्रो तथा नेकपा (माओवादी केन्द्र) ३२ सिट जितेर तेस्रो स्थानमा छन् ।  
चौथो शक्तिको रूपमा सङ्घीय समाजवादी फोरम उदाएको छ ।  समाजवादी फोरमले ६ स्थान जितेको छ् । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले चार स्थान जितेर पाँचौँ दलका रूपमा देखिएको छ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमोर्चाले दुई दुई स्थानमा जितेका छन्, एक स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।  आइतबारदेखि सोमबार साँझसम्म विभिन्न पार्टीहरूले जितेका थप स्थानीय तहको विवरण यस प्रकार छ ।  
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना