निर्वाचनको सन्देश राजपाको सहभागिता

dhanpati koiralaडा. धनपति कोइराला

 

पहिलो चरणको निर्वाचन सम्पन्न भएको डेढ महिनापछि भएको दोस्रो चरणको निर्वाचनको नतिजा आउने क्रम जारी रहेको सन्दर्भमा प्राप्त परिणामलाई हेर्दा अतिवादी दलहरूप्रतिको जनाकर्षण निकै न्यून रहेको देखिएको छ ।  प्रदेश नं. १ का मोरङ, सुनसरी, प्रदेश नं. ५ का नवलपरासी, रूपन्देही, कपिलवस्तु, बाँके र बर्दिया तथा प्रदेश नं. ७ का कैलाली र कञ्चनपुरमा पनि क्षेत्रीय पार्टीहरूप्रति त्यति जनाकर्षण देखिएन ।  यस्तै पहाडी तथा हिमाली क्षेत्रका जनजाति पार्टीहरूप्रति पनि जनताको त्यति रुचि देखापरेन ।  हिमाल, पहाड र तराईको स्थानीय तहको परिणामलाई दृष्टिगत गर्दा उही पुरानै स्थापित दलहरूकै वर्चस्व यसमा पनि देखिएको छ ।  यसले निम्न सन्देश प्रवाह गरेको छ ।
अतिवादको उपेक्षा
यो मुलुकका सारा जनता शताब्दीयौँदेखि एक आपसमा मिलेर बसेका थिए ।  ओल्लो घर र पल्लो घरमा बसोबास गर्ने मानिस बाहुन, क्षेत्री, जनजाति र दलित परस्परमा आपसका धर्म, संस्कृति, वेशभूषा र परम्परा छन् ।  मधेशी र गैरमधेशी पनि छन् ।  थारू र गैरथारू पनि छन् ।  जनजाति र गैरजनजाति पनि छन् ।  तिनका मर्म र संवेदनालाई ख्यालै नराखी  क्षणिक व्यक्तिगत तथा राजनीतिक स्वार्थ परिपूर्ति गर्नका निम्ति जातीयतावादी र क्षेत्रीयतावादी दलहरू जन्मे र तिनले जनतालाई उचाले ।  आपसमा लडाए र बोलचाल नै बन्द गर्ने, एक अर्कामा आरोप र प्रत्यारोप गर्ने, हत्या र हिंसामा उतार्नेसम्मका कार्य भए ।  यस्ता दलले आंशिक रूपमा जातीय चेतना बढाए, भाषिक विकास, सांस्कृतिक चेतना आदिको विकास त गरे तर सँगसँगै पूर्वाग्रह, कलह र असहिष्णुता पनि जगाए ।  बिस्तारै उनीहरूको स्वार्थपूर्ण वैयक्तिक तथा राजनीतिक सोच र व्यवहार बुझे ।  षड्यन्त्र र कपट बुझे अनि पुनः भत्किएका र बिग्रिएका सम्बन्धहरू सुधार गर्दै आपसमा मिलेर बस्न थाले ।  फलतः अहिले स्थानीय निर्वाचनमार्फत जनताले यसैको स्पष्ट सन्देश दिए ।  आपसमा विद्वेषको कुनै पनि जातिवादलाई महŒव दिने पार्टीका दृष्टिकोण र व्यवहार जनताले अस्वीकार गरेका छन् ।  यस्तै कुनै क्षेत्र र धर्मलाई ज्यादा महŒव दिने र अरूप्रति पूर्वाग्रह र विद्वेष फैलाउने दलहरूमाथि पनि जनविश्वास रहेको देखिएन ।   
समझदारी विकास
लाहान, जनकपुर, गौर, वीरगन्ज, टीकापुर आदि क्षेत्रमा भएका घटनाबाट फाटिएका मनहरू सिलाउने र अब कहिल्यै नफाट्ने गरी सिलाउनका निम्ति सन्देश दिएका छन् ।  एउटै स्थानीय तहका मेयरमा गुप्ता र उपमेयरमा आचार्य, मेयरमा चौधरी र उपमेयरमा ओली, मेयरमा पौडेल र उपमेयरमा शाहलाई विजय गराई जनताले यस्तो सङ्केत गरेका छन् ।  जहाँजहाँ मिश्रित बस्ती छन् त्यहाँ त्यहाँको पूर्वाधार विकास निकै द्रुत गतिमा बढेको छ ।  ती पूर्वाधार चिरस्थायी प्रकृतिका पनि छन् ।  यसर्थ परस्परमा एकअर्काका संवेदनशीलतालाई हृदयङ्गम गरी सौहार्दतापूर्वक जिउनुमा नै आमजनसमुदायको कल्याण निहित छ ।  
परस्पर सम्मान
हामी नेपाली एकअर्काको नामकरण गर्न निकै खप्पिस छौँ ।  अर्काको कमी कमजोरीमाथि मजाक उडाउँदै सम्बन्धित व्यक्तिले सुन्ने गरी र नसुन्ने गरी दुवै किसिमले उसको नामकरण गर्दछौँ ।  शरीरजन्य काले÷काली, दारे, मोटे÷मोटी, ताहिरे आदि, सिकाइजन्य गोबरगणेश, हुस्सु आदि जातजातिजन्य, सम्पत्तिजन्य, भेग र क्षेत्रजन्य आदि छन् ।  यस्ता शब्दको प्रयोगले व्यक्ति, जाति र समुदायको मानहानि हुन्छ र ऊ विद्रोहमा उत्रिन बाध्य हुन्छ ।  यो सभ्यताको सूचक नभई दूषकअन्तर्गत पर्दछ ।  मूलतः तराई÷मधेश विद्रोह अधिकारभन्दा पनि सम्मान प्राप्तिका निम्ति थियो र यसले धेरै सफलता प्राप्त पनि ग¥यो ।  यस्तै विद्रोह दलितहरूले पनि गर्दै आएका छन् र उनीहरूले पनि क्रमिक रूपमा सामाजिक सम्मान र न्याय प्राप्त गर्दै गएका छन् ।  खराब संस्कृतिको विकास रकेट गतिमा हुने तर त्यसको अन्त्य चाहिँ हाते ट्याक्टरभन्दा पनि मन्दगतिमा हुनेहुँदा झट्टै समाप्त भइहाल्दैन रहेछ ।  शिक्षा र सहानुभूतिपूर्ण चेतनाको विकास हुँदै जाँदा यस्ता प्रवृत्ति कछुवाकै गतिमा भए पनि कमी हुँदैछ ।  राजनीतिक परिवर्तन पनि खरायो गतिमा भएको छ तर राजनीतिक संस्कृतिको परिवर्तन औधि मन्दगतिमा छ ।  त्यसैले खराब संस्कृतिजन्य मूल्यमान्यता क्रमिक रूपमा हुँदै छ ।  यसलाई अझ यो निर्वाचनले पनि एकले अर्का व्यक्तिको मानहानि नगरी बोल्ने र व्यवहार गर्ने परम्पराको विकास गर्न थप प्रेरणा दिएको छ ।
अभिभावकको खोजी
वर्षौंदेखि अभिभावकविहीन रहेको गाउँ र शहरलाई आप्mना अभिभावकको असाध्यै खाँचो अनुभूत भइरहेको सन्दर्भमा स्थानीय निर्वाचन भयो र प्रदेश नं. २ बाहेकका अन्य प्रदेशमा करिब करिब अभिभावक चयन गरिएको छ ।  यसबाट अब जनअपेक्षा अनुरूपका कार्यहरू हुने आशा पलाएको छ ।  यही आशा र अपेक्षा पालेर बसेका २ नं. प्रदेशका आम नागरिकलाई पनि अब कुनै बहानामा अभिभावकविहीन बनाउनु नहुने सन्देश प्राप्त भएको छ ।  २ नं. प्रदेशका जनता संविधान संशोधन गर्ने र आप्mना माग स्थापित गर्ने प्रक्रिया अत्यन्त लामो भएकाले राजनीतिक रूपमा यसलाई निरन्तरता दिइए पनि स्थानीय निर्वाचनको हकमा सारा राजनीतिक विमति र अडानलाई थाती राखी निर्वाचन गरी आप्mना अभिभावक चयन गर्नुपर्ने सङ्केत गरेको छ ।  
विकासको ढोका
करिब डेढ दर्जन वर्षसम्म कर्मचारीहरूद्वारा सञ्चालित स्थानीय सरकार एक प्रकारले दिशाहीन, निकासहीन र विकासहीन गतिमा अघिबढिरहँदा मुलुक विकासका दृष्टिले विडम्बनापूर्ण कालखण्डका रूपमा रह्यो ।  अब जिम्मेवारपूर्ण अभिभावक चयन गरिएको छ ।  जनताले पनि स्थानीय अभिभावकलाई सशक्त, पारदर्शी र क्रियान्मुखी तुल्याउन दबाब समिति बनाउन थालेका छन् ।  पराजित विभिन्न दलका नेता तथा कार्यकर्ताको दृष्टि उनीहरूले गर्ने कार्यहरूमा पनि पर्ने पक्का छ ।  विजयी मेयर÷अध्यक्ष तथा उपमेयर÷उपाध्यक्षले पनि एउटा माघले जाडो जाँदैन भन्ने बुभ्mनु जरुरी छ र जनसेवामा आपूmलाई समर्पित गर्नुपर्छ भन्ने यथार्थ जनताले उल्लासपूर्वक रूपमा उपस्थित भइदिएको अभिमतले यस तथ्यतर्फ सङ्केत गर्दछ ।  
सुदृढ एकता
यस मुलुकमा करिब तीन दशकदेखि बाहिर हेर्दा महान् उद्देश्य तर भित्र हेर्दा अर्कै उद्देश्य बोकेका विभिन्न आई.एन.जि.ओ. क्रियाशील रहेका छन् ।  त्यस्तै विभिन्न मुलुकका खुफिया एजेन्सीहरू पनि सक्रिय छन् ।  तिनले नेपालको एकता र अखण्डतालाई मात्र होइन राष्ट्रियतालाई समेत दुर्बल तुल्याउने भरमग्दुर प्रयत्न गरे र अद्यापि त्यस्तो प्रयत्न जारी राखिरहेकै छन् ।  कसैलाई चीनका विरुद्धमा उकास्ने र कसैलाई भारतका परस्त तुल्याउनेसम्मका कार्य पनि भइरहेकै छन् ।  तर उनीहरूको भित्री लक्ष्यलाई सुरुमा केही जनताले नबुझेर केही छिन पछि लागे पनि अहिले त्यो रहस्यको पर्दाफास हुनासाथ जनताले त्यस्ता कलुषित धारणालाई नै सफल हुन दिइरहेका छैनन् र दिने पनि छैनन् भन्ने यथार्थ छर्लङ्ग भएको छ ।  नवलपरासी र रूपन्देही आदि क्षेत्रमा बम विस्फोट गर्ने, प्रचार प्रसारमा समेत रोक लगाउने जस्ता गतिविधि सञ्चालन गर्दा गर्दै पनि करिब ७० प्रतिशत नागरिकले मतदान गरी यो सत्यलाई सिद्ध गरिदिए ।
नेताका निम्ति आन्दोलन
वर्तमानसम्म भएका हरेक राजनीतिक आन्दोलनहरू जनताका निम्ति भन्दा मुख्यतः नेताकै राजनीतिक, प्रशासनिक, सामाजिक तथा आर्थिक लाभका निम्ति भइरहेको तीतो यथार्थ लुकाएर पनि लुक्दैन ।  चाहे त्यो काँग्रेसले आरम्भ गरेको होस्, नेपाल कम्युनिस्ट पार्टीहरूले गरेका हुन् या जातिवादी दल, मधेशवादी दल वा क्षेत्रीय पार्टीले नै गरेका आन्दोलन नै किन नहुन् ती दलले गरेका आन्दोलनभित्रको गूढतम अभीष्टलाई हेर्ने हो भने त्यो स्वतः छर्लंगै हुन्छ ।  अहिले राजपाले गरेको आन्दोलन तराईमा रहेको तमाम हरेक खालका शोषण र विभेदहरू अन्त्य गर्ने खालका भन्दा विदेशी नागरिक र विदेशी प्रभुलाई रिझाउने प्रकृतिका छन् भन्ने तथ्य आन्दोलनको मोर्चा छाडेर निर्वाचनमा होमिएका सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको कथनबाट पनि पुष्टि हुन्छ ।  केही त्यसको मीठो फल चाख्न पाएका नेता, कार्यकर्ता र तिनले रिझाएका केही जनता बाहेकलाई यस्तो आन्दोलनप्रति कुनै रुचि रहेको देखिन्न ।
पहिलो तथा दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न भई मतगणनाको परिणाम प्राप्त भइरहँदा यसले धेरै सकारात्मक सन्देश प्रवाह गरेको छ ।  यसले राष्ट्रिय एकता र अखण्डतालाई अझ दरिलो बनाउन महŒवपूर्ण भूमिका खेलेको छ ।  यद्यपि राजपाका नेता तथा कार्यकर्ताले आपूmहरूलाई सहभागी नगराई गरिएको निर्वाचनलाई अधुरो र अपुरो रहेको निष्कर्ष प्रस्तुत गरे पनि उनीहरूको कथन राजनीतिक अभिव्यक्ति हो ।  तर उक्त कथन जनउत्साह, जनसहभागिता र परिणामलाई नियालेर हेर्दा उक्त कथनमा सहमत हुनसक्ने अवस्था देखिन्न ।  यसैले राजपाले पनि सम्भव भएसम्म अधिकतम लचकता प्रस्तुत गर्ने र अन्य दलले पनि देश र जनताका सवालमाथि गहिरो गरी विचार विमर्श गरी सम्भव भएसम्म लचकता अपनाएर संविधान संशोधन गरी २ नं. प्रदेशमा पनि निर्वाचन गर्नु जरुरी छ ।  यस्तो अवस्था सिर्जना नभएको परिस्थितिमा पनि जनभावना र स्थानीय अभिभावक चयन गर्नै पर्ने अवस्थालाई मनन गरी राजपाले पनि निर्वाचनमा सहभागी हुनु नै बुद्धिमत्तापूर्ण हुने देखिन्छ ।  



थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना