आँपको व्यापार पातलिँदै, भुइँकटहरको बढ्दै

vui katharलहान, असार २२ गते ।   आँपको व्यापार पातलिँदै जान थालेपछि थोक तथा खुद्रा व्यापारीहरू भुइँकटहरको व्यापारतर्फ आकर्षित हुन थालेका छन् ।  दुई महिनामै खुद्रा व्यापारीहरूले एक लाख र थोक व्यापारीहरू दुई लाखभन्दा बढी आम्दानी गरेपछि उनीहरू हौसिएका हुन् ।  
लहानमा तीन दिनमै एक मेट्रिक टन भुइँकटहर यतिबेला खपत हुने गरेको छ ।  भारतको सिलगुडीबाट ल्याइने भुइँकटहर लहानका तीसभन्दा बढी ठेलामा व्यापार हुन्छ भन्ने सिरहा सदरमुकाम सिरहा, मिर्चैया गोलबजार, उदयपुरसम्म थोक व्यापारीहरूले भुइँकटहर पु¥याउन व्यस्त रहेको थोक व्यापारी सुरेन्द्र यादव र रञ्जित साहको भनाइ रहेको छ ।  एउटा भुइँकटहर तीन किलोको  हुन्छ भने प्रतिभुइँकटहर खुद्रा बिक्री ८० रुपियाँमा रहने गरेको छ ।
अन्य वर्ष असारको अन्तिम हप्तादेखि सुरु हुने भुइँकटहरको व्यापार यो वर्ष जेठको अन्तिमा हप्तादेखि नै सुरु भएको व्यापारी बताउँछन ।  थोक व्यापारी यादव र साहका अनुसार यस वर्ष आँपको व्यापार निकै मन्द रहयो ।  आँप कम फलेको कारण यसको व्यापारले खासै आम्दानी नहुने देखेर अधिकांश व्यापारी  आँपबाट कमाउने नाफा यस वर्ष भुइँकटहरको व्यापारबाट नै पूर्ति गर्ने सुरमा लागेको बताउँछन् ।  
नेपालमा भुइँकटहरको पर्याप्त उत्पादन नभएका  कारण भारतीय बजारबाट ल्याउनु परेको व्यापारीहरूको भनाइ रहेको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना