उच्च शिक्षामा गुणात्मकता

 krishna neupaneकृष्ण न्यौपाने

 

त्रिभुवन विश्वविद्यालयको स्थापना राष्ट्रिय आवश्यकता र विश्वव्यापी मान्यताको आधारमा भएको हो ।  अन्य विश्वविद्यालय बहुविश्वविद्यालयको अवधारणा र क्षेत्रीय आवश्यकताको आधारमा भएका हुन् ।  जे जस्तो उद्देश्यमा स्थापना भए पनि समान उद्देश्य भनेको मुलुकका सबै भागका जनताले सहज रूपमा उच्च शिक्षा प्राप्त गरुन भन्ने नै हो ।  क्षेत्रीयता र समानुपातिक सिद्धान्तका आधारमा समाजको रूपान्तर गरी यिनीहरूलाई राज्यको अभिन्न अङ्ग बनाउनु पनि हो ।  सोही अनुरूप  स्थापना गरिएको हो ।  गुणस्तरीयता सुनिश्चित गरी शिक्षामा समतामूलक पहुँच अभिवृद्धि, उच्च शिक्षालाई सीप विकाससँग आबद्ध गर्न, समयानुकूल वैज्ञानिक शिक्षाका अवसर वृद्धि गर्दै लैजानु र शैक्षिक प्रणालीलाई सुशासनका सिद्धान्त अनुरूप सञ्चालन गर्न र सेवा प्रवाहलाई गुणस्तरीय र प्रभावकारी बनाउने र आइपर्ने चुनौतीको सामना गर्नसक्ने शिक्षा प्रणालीको विकास गर्नु रहेको थियो तर सङ्ख्यात्मक वृद्धि गर्दै लैजाने र गुणात्मकतामा ह्रास आउने क्रमले उच्च शिक्षा धरापमा पर्न थालेको छ ।  सङ्घीय संरचनाको विकास र विश्वविद्यालय स्तरीय शिक्षाको औचित्यपूर्ण गर्न तत्कालीन तथा दीर्घकालीन लक्ष्य प्राप्त गर्न मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफ्नो स्पष्ट खाकासहित २० वर्षे रणनीतिक कार्ययोजना सार्वजनिक गरेर आपूmलाई उच्च शैक्षिक गन्तव्यकोे रूपमा स्थापित गर्ने प्राज्ञिक थलोको रूपमा विस्तार गर्न र पहिचानसहित समृद्ध मध्यपश्चिमाञ्चल शैक्षिक गन्तव्य बनाउन राम्रो थालनी गरेको छ ।  जसबाट देश विदेशको शैक्षिक गन्तव्य मात्र नभई राज्यको नजर नपरेको क्षेत्र मध्यपश्चिम र सुदूरपश्चिमका गरिब जनतामा सहज उच्च शिक्षा पु¥याउने दिशामा मार्गचित्र प्रशस्त गरेको छ ।  जसमा मध्य र सुदूरपश्चिमेली जनताको उत्साहपूर्ण सहभागिता हुनेछ ।  जसबाट आफ्नो राष्ट्रिय छवि मात्र होइन अन्तर्राष्ट्रिय छवि उजागर गर्नमा आशा राख्न सकिन्छ ।  
हामी भरखरै मात्र प्रयोगमा आएको सेमेस्टर प्रणालीबाट पनि आशातीत प्रगति हुनसकेको    छैन ।  उच्च शिक्षालाई विश्वप्रतिस्पर्धी बनाउने कार्यमा अब सेमेस्टर प्रणाली होइन ट्राइमेस्टर प्रणालीमा लैजान जरुरी भइसकेको छ ।  जसबाट विद्यार्थीमा पढ्ने बानीको विकास भई उच्च शिक्षाले गति लिने, परीक्षा प्रणालीमा व्यापक सुधार हुने, चौमासिक परीक्षा प्रणाली लागू गरी तीन वर्षमै नौ सेमेस्टरको कोर्स पूरा गर्ने र  अर्को एक वर्ष प्रोजेक्ट वक्र्स तथा इन्टर्नसिप गराउने त्यो अवधिभर विद्यार्थीलाई उनीहरूको सीपको आधारमा पारिश्रमिक दिने व्यवस्था मिलाइनुपर्छ ।  तीन वर्षमा कोर्ष पूरा गर्दा विद्यार्थीहरू पढाइप्रति केन्द्रित हुने र राजनीति तथा अन्य गतिविधिमा वितृष्णा जाग्ने छ ।  विद्यार्थीको चापका आधारमा भर्ना प्रक्रियालाई थप पारदर्शी बनाइनुपर्छ ।  आवश्यकताका आधारमा  वर्षमा तीन पटक विद्यार्थी भर्ना गराइने व्यवस्था भएमा विद्यार्थी विदेश पलायन नहुने र आर्थिक दायित्वबाट पनि केही हदसम्म कम हुनेछ ।  अर्कोतर्फ परीक्षा भएको १५ दिनभित्र नतिजा प्रकाशित गर्ने गरी व्यवस्था मिलाउनुपर्छ ।  विश्वविद्यालयको प्रतिनिधिको रोहबरमा कापी कोडिङ डिकोडिङ गरी उत्तर पुस्तिका परीक्षण गरानुपर्छ ।  जसबाट समयमा नतिजा प्रकाशित हुन्छ भन्ने कुरामा विद्यार्थीमा विश्वसनीयता बढ्न जान्छ ।  यस किसिमले पढाई सञ्चालन गर्ने हो भने नेपाल विदेशी विद्यार्थीका लागि शैक्षिक गन्तव्य बन्नसक्ने कुरामा आशा राख्न सकिन्छ ।  
विश्वविद्यालयप्रतिको विश्वसनीयता स्थापित गराउन थुप्रै प्रयासमध्ये एक हो ।  परीक्षा तथा पाठ्यक्रममा व्यापक सुधार गर्न सकेको खण्डमा विदेशीने विद्यार्थी रोकिने र विदेशी विद्यार्थी भित्र्याउन सकिन्छ ।  गत वर्षको शिक्षा मन्त्रालयको तथ्याङ्क हेर्दा करिब ३३ हजार विद्यार्थीले उच्च शिक्षा अध्ययनका गर्न जान सहमति पत्र (नो अब्जेक्सन लेटर) लिएको देखिन्छ ।  शिक्षा मन्त्रालये प्रतिदिन १०२ विद्यार्थीलाई सहमति पत्र (नो अब्जेक्सन लेटर) दिएको देखिन्छ यसमा भारत जाने विद्यार्थीको सङ्ख्या समावेश छैन ।  भारतमा गतवर्ष मात्र १५ हजार विद्यार्थी उच्च शिक्षा अध्यापनको लागि गएको देखिन्छ भने प्रति विद्यार्थी १० लाखका दरले हुन आउन अरबौँ रुपियाँ गुमाउनुपर्ने अवस्था सिर्जना भएको थियो ।  ०१६ र ०१७ को हालसम्मको तथ्याङ्कले लगभग अर्बाैं रुपियाँ बाहिरिएको थियो ।  ३६ हजार विद्यार्थीले ब्रिटिश काउन्सिलमा आइएलटिस गरेका थिए ।  ती विद्यार्थीले पाँच वर्षमा खर्च गरेको रकम होइन उनीहरूलाई पढी सकेपछि स्वेदश फर्काउने प्रयास गर्न थप शैक्षिक तथा रोजगारका अवसर जुटाउन सक्नुपर्छ  र  नत्र झन्झन् धरापमा पर्दै जानेछ ।  
अबको शिक्षा मूल्य, मान्यता र संस्कारयुक्त हुनुपर्छ ।  जसले विश्व प्रतिस्पर्धी व्यक्तित्व निर्माण गर्छ र ग्लोवल स्पोजर बन्न सक्छ ।   द्यचष्नजतभकत mष्लम तय mबल ायच तजभ दभकत दचबष्लू भन्ने भनाईलाई सार्थकता दिन सक्छ ।  एकीकृत ज्ञानको आधार भनेकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नल, किताबहरू सन्दर्भ सामाग्रीका रूपमा प्रशस्त रहुन जसबाट विभिन्न विधामा अध्यापन अध्यापन गराउन मद्दत पुगोस् ।  राष्ट्रिय अन्तर्राष्ट्रिय तवरले ऊर्जाशील नेतृत्वकर्ता बन्न सकोस् र राष्ट्रिय विकासको यात्रामा उसको गहन सहभागिता होस्, राम्रो शैक्षिक ज्ञानको भण्डारमात्र नभई ऊ हर विधाको व्यक्तिको रूपमा स्थापित हुन सकोस् ।  उसले रोजेको जुनसुकै क्षेत्र होस् उसबाट भरपुर मद्दत पुगोस् चाहे त्यो मिडिया होस्, व्यापार व्यवसाय, उद्योग, कलकारखाना जहाँ पनि उसको सहभागिता अर्थपूर्ण बनोस् त्यो विश्व परिचित बन्न सकोस् भन्ने खालको शैक्षिक गन्तव्य बनाउन सक्नुपर्छ ।  विद्यार्थीले प्राप्त गरेको नेतृत्व क्षमता, नैतिक मूल्यमान्यताबाट समाज र राष्ट्रले केही पाओस् ।  जेठा र ठूला विश्वविद्यालय भागवण्डा र अन्य विविध समस्याले थला पारिरहेको अवस्थामा बहुविश्वविद्यालयको अवधारणाका आधारमा खुलेका विश्वविद्यालयले उच्च शिक्षामा आफ्नो पहुँच विस्तार गर्न आफ्नो छबी र विश्वसनीयता देखाउन वैकल्पित मार्ग निर्धारण गर्न नयाँ शैक्षिक प्रणालीको विकास गर्न उल्लेखित प्रणाली विस्तारमा योगदान पु¥याउन जरुरी छ ।  यसो भएमा  विद्यार्थी तथा तिनका आभिभावकले आफ्नो भविष्य निर्धारणका लागि यत्रतत्र भौतारिन नपर्ने र अनावश्यक आर्थिक बोझबाट मुक्ति मिल्ने कुरामा आधा राख्न सकिन्छ ।  यसबाट उच्च शिक्षालाई प्रतिस्पर्धात्मक बनाई अन्तर्राष्ट्रिय क्षेत्रले गरेको विकास र प्रावधानसंँग आबद्ध हुन र सहकार्यमा एकाकार हुन र समयानुकूल उच्च शिक्षाको विकास गरी भएको लगानीलाई उत्पादकत्व तथा गुणस्तर कायम गर्नमा थप सहयोग पुग्नेछ ।  अर्कोतर्फ पाठ्यक्रमको भावना अनुकूल शैक्षिक क्रियाकलाप, उपलब्धिमूलक परीक्षा प्रणालीको विस्तार, शैक्षिक क्यालेण्डरको सही पालना भई समग्र उच्च शिक्षा प्रदायक संस्थाहरूको गुणस्तर र विश्वसनीयता व्यापक बढ्न गई गतिशील शैक्षिक कार्यक्रमको विकास भई विभिन्न विश्वविद्यालय बीच अन्तरसम्बन्धमा व्यापक सुधारको थालनी हुनेमा विश्वास लिन सकिन्छ ।  उच्च शिक्षा सञ्चालनका प्रभावकारी एवं दिगो संस्थागत  विकास गर्नमा महìवपूर्ण र प्रभावकारी भूमिका रहनेमा आशा राख्न सकिन्छ ।  विश्वविद्यालयको ऐनले व्यवस्था गरेको स्वायत्ततालाई कायम राख्न र आर्थिक रूपमा सक्षम बनाउन र सरकारले यथेष्ट आर्थिक लगानी गराउने वातावरण सिर्जना गराउन थप बल पुग्नेछ ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना