यातायात कार्यालयका कर्मचारीमाथि दुव्र्यवहार

धनुषा,  असार २२ गते । यातायात व्यवस्था कार्यालय जनकपुरका एक कर्मचारीमाथि दुव्र्यवहार भएको छ । अपरिचित युवाको एक समूहले कार्यालयमा काम गरिरहेका नासु जीवनकुमार बस्नेतमाथि कालो मसी छ्यापेर दुव्र्यवहार गरी भागेको हो ।

यातायात व्यवस्था कार्यालय बस्दै आएको अहिलेको ठाउँ साँघुरो भएकाले जनकपुरस्थित मुजेलियामा सारिने भएपछि त्यहाँ काम गर्ने दलालहरुले त्यस्तो नकाम गरेको कार्यालयले जनाएको छ ।

केही व्यक्तिले निजी स्वार्थका कारण सुनियोजित रुपमा कर्मचारीमाथि कालो मसी छ्यापेर घटना गराएको कार्यालयका निमित्त प्रमुख बालकृष्ण हुमागाईंले जानकारी दिनुभयो ।

ठाउँ अभावका कारण आगामी साउन १ गतेदेखि जनकपुर उपमहानगरपालिका–१४ मुजेलियामा कार्यालय सार्ने तयारी गरिएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना