त्रिभुवन लोकपथमा बढ्यो सवारी चाप

राममणि दाहाल

हेटौँडा, असार २४ गते ।  पहिरोको जोखिम र सडक निर्माणमा भएको ढिलाइपछि राजधानी प्रवेश गर्ने नारायणगढ–मुग्लिन सडक–खण्डमा अवरोध आएसँगै पछिल्लो समय त्रिभुवन राजपथमा सवारीको चाप बढेको छ ।  हेटौँडा–दामन–नौबिसे सडक खण्डमा विगतको भन्दा दैनिक दोब्बरभन्दा बढी सङ्ख्यामा सवारी साधन आवतजावत सुरु भएको  छ ।  
नारायणगढ–मुग्लिन सडक निर्माणपछि सुनसान बन्दै आएको त्रिभुवन राजपथ अहिले काठमाडौँ प्रवेश गर्ने र काठमाडौँबाट छुट्ने अधिकांश बसलगायतका ठूला सवारीका साधनहरूको वैकल्पिक मार्गमा परिणत भएको छ ।  यस्तै साना सवारी साधन हेटौँडाबाट फाखेल र सिस्नेरी हुँदै काठमाडौँ जाने मार्गलाई वैकल्पिक मार्ग बनाउन थालेका छन् ।
प्रहरीचौकी भैंसे तथा इलाका प्रहरी कार्यालय पालुङमा हुने सवारी साधनको दर्ता अनुसार पछिल्लो करिब दुई हप्ता यता साविकको भन्दा दोब्बर सवारी आवतजावत भइरहेको छ ।  यहाँ साना सवारीको चाप अझै बढेको छ ।  trivuban rajpath
मकवानपुरका प्रहरी निरीक्षक नवीनकुमार अधिकारीले भन्नुभयोे, साँघुरो बाटो र साना घुम्तीका  कारण दस चक्केदेखि माथिका गाडी बाइरोडको बाटोमा गुड्न रोक लगाएका छौँ ।  वर्षा सुरु हुनुअघि दैनिक पाँच सयदेखि सात सयसम्म गाडी आवतजावत हुने गरेकोमा अहिले दैनिक एक हजारदेखि १२ सयसम्म गाडी आवतजावत गर्ने गरेको अधिकारीले जानकारी दिनुभयो ।
चुनियाँदेखि लामिडाँडासम्मको बाटो साँघुरो रहेकोले दोहोरो गाडी आवतजावत गर्न समस्या हुने गरेको छ ।  पछिल्लो समय राजपथ सडक मर्मत नभएकोले दुरावस्थाका कारण सडक खण्डको विभिन्न स्थानमा दुर्घटनाको जोखिम पनि बढ्दो छ ।  लामो समयदेखि मर्मत नभएकोले सडक जीर्ण बन्दै गएको छ ।
अहिले सवारीको चाप बढेकोले समयसमयमा ट्राफिक व्यवस्थापनको समस्या आइरहेको भन्दै प्रहरी निरीक्षक अधिकारी उहाँले भन्नुभयो, भैंसे र पालुङको ट्राफिकलाई हम्मेहम्मे परेको छ ।
त्रिभुवन राजपथमा साना सवारीसाधनसमेत दैनिक तीन सयभन्दा बढीको सङ्ख्यामा चल्ने गरेका छन् ।
ठूला सवारीको मात्र दर्ता गरिने र साना सवारीको दर्ता नगरिने गरेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।  इलाका प्रहरी कार्यालय पालुङका अनुसार सवारी साधनको चापको कारण ट्राफिक व्यवस्थापनमा समस्या आउने गरेको छ ।  हेटौँडाबाट काठमाडौँसम्म त्रिभुवन राजपथ १३२ किलोमिटर र नारायणगढ–मुग्लिन सडक २२२ किलोमिटर लम्बाइको रहेको छ ।
हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ जाने फाखेल र सिस्नेरी दुवै मार्गमा सुमोलगायतका साना सवारी मात्र सञ्चालन हुने गरेको छ ।  ती मार्ग पनि नारायणगढ–मुग्लिन सडक–खण्डमा अवरोधपछि साना सवारीको आवागमनमा चाप बढेको छ ।  



थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना