पोखरेली सपना

ninamनिनाम लोवात्ती कुलुङ


 

पोखराको सुन्दरताको बयान जरुरी छैन ।  पोखराको बारेमा विभिन्न क्षेत्रका विदेशी विद्वान्, लेखक, खोजकर्ता, धार्मिक नेता, यात्री, भूगर्भशास्त्री, कूटनीतिज्ञ, पर्वतारोही, कवि आदिले आ–आफ्नो ढङ्गले लेखेका छन् ।  आफ्नो अनुभूतिलाई वर्णन गरेका छन् ।  लिखित इतिहासमा उल्लेख भएअनुसार प्रथमपटक पोखरा उपत्यकाको भ्रमण गर्ने विदेशी नागरिक जापानीज भिक्षु एकाइ कावागुची हुन् ।  उनले सन् १८९९ मा काठमाडौँ, पोखरा, थाकखोला हुँदै तिब्बतको गोप्य भ्रमण गरेका थिए ।  त्यसक्रममा उनले पोखराको वर्णन गर्दै लेखेका थिए, “पोखरा ग्रामीण परिवेशको सहरजस्तो देखिन्छ । ”  .....  “हिमालयको मेरो सबै ठाउँको यात्रामा पोखरामा मलाई लोभ्याउने दृश्य मैले देखे त्यस्तो दृश्य मैले अन्यत्र देखिनँ । ” त्यस्तै पर्सिभल ल्यान्डनका लागि पनि पोखरा कम महìवको थिएन ।  उनले त्यस बेलै पोखरा करिब १० हजार मान्छे बस्ने दोस्रो शहर भनी लेखेका छन् ।  उनले थप लेखेका छन्, “यो सम्पत्ति वा राजनीतिक महìवको ठाउँ होइन  ......  यसलाई शहर बनाउने सरकारी नीतिले गर्दा यसले भविष्यमा नेपालको औद्योगिक विकासमा सानो भूमिका खेल्ने छैन । ” त्यस्तै चाल्र्स ब्रुस, ओल्डफिल्ड, विलफ्रिड, टिबोर सेकेलज, टोनी हागन आदिले पनि पोखरा र पोखरा वरिपरिका बारेमा लेखेका छिन्, वर्णन गरेका छन् ।  सन्दर्भ स्रोतः स्व. डा. हर्क गुरुङ, ‘मैले देखेको नेपाल, अध्याय नौ, पोखरा र सेरोफेरो । ’
यसरी उतिबेलै विभिन्न देशका विदेशी विद्वान्, लेखक, खोजकर्ता, धार्मिक नेता, यात्री, भूगर्भशास्त्री, कूटनीतिज्ञ, पर्वतारोही, कवि आदिले आ–आफ्नो ढङ्गले वर्णन गरेको पोखराको भौतिक विकास भने अनुमान गरे अनुसार÷सोचे अनुसारको गतिमा भएन कि ? भन्न कर लाग्छ नै ।  किनभने उनीहरूले पोखराको भ्रमण गरेर देखेको विकासको सम्भावनाले सोचेजस्तो गति लिएन ।  धेरै धीमा गतिमा अघि बढ्यो ।  फलतः उनीहरूले अनुमान गरेको लगभग एक सय १५÷२० वर्षपछि बल्ल पोखरामा क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल बन्ने क्रम चल्दैछ ।  उद्योग–धन्दा पनि अपेक्षित रुपमा खुलेन भन्न सकिन्छ ।  बरु पोखरामा विना योजनाको मानव वस्तीको विकासले उर्वरा जमिन सकिँदैछ ।  पर्यटन उद्योगले भने पोखरामा केही हलसम्म गति लिएको मान्न सकिन्छ ।  
लामो चर्चा, परिचर्चा र राजनीतिक लबिङपछि २०७२ वैशाख १ गते तत्कालीन प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली, तत्कालीन एकीकृत माओवादी, हाल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, तत्कालीन राप्रपा (नेपाल), हाल राप्रपाका अध्यक्ष तथा (त्यो बेला र हाल पनि) उपप्रधानमन्त्री कमल थापा, मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष तथा तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदार, नेपाली काँग्रेसका तत्कालीन केन्द्रीय सदस्य
(हाल महामन्त्री) शशाङ्क कोइराला लगायतले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।
तर, दुःखको कुरो त्यसपछिका लगभग दुई वर्षको समयावधिमा निर्माण कार्यमा प्रगति हुनुको सट्टा अझै चार वर्ष लाग्ने अनुमान छ ।  समग्र पोखरावासीको वर्षौंको सपनालाई साकार पार्न अरुभन्दा पनि पोखरावासी नै जागरुक र चनाखो बन्नुपर्छ ।  किनकि, सन् २०२० को जुलाईसम्ममा विमानस्थल निर्माणको काम सक्ने गरी चीनको सिएमसिई इन्जिनियरिङ कम्पनीलाई नेपाल सरकारले ठेक्का दिएको हो ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सकेपछि नेपाल भ्रमणमा आउने विदेशी पर्यटक बढ्ने मात्रै होइन, विभिन्न देशमा कार्यथलो बनाएका गैरआवासीय
(एनआरएन) नेपालीका साथै स्वदेशमा रोजगारी पाउन नसकेर वैदेशिक रोजगारीका लागि खाडी, मलेसिया लगायत देशमा बाध्यतावश पसिना बगाउन जान बाध्य भएका नेपाली युवाहरूले पनि ती देशमा जाने÷आउने क्रममा पोखरालाई नै आफ्नो गन्तव्य बनाउन सक्ने देखिन्छ ।  यसरी उनीहरू विदेश जाने÷आउने क्रममा पोखराजस्तो सुन्दर र पर्यटकीय नगरीलाई गन्तव्य मात्रै नबनाएर केही दिन घुमघामका लागि छुट्याउने छन् ।  यस खाले कार्यले पोखराको आन्तरिक पर्यटनमा थप योगदान पुग्नेछ ।  यसरी आन्तरिक पर्यटकीय महìव बढ्नुका साथै पोखराको आर्थिक विकासमा पनि योगदान पुग्ने निश्चित छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सकिएपछि पोखराको आर्थिक, भौतिक, शैक्षिक, स्वास्थ्यलगायत क्षेत्रमा कायापलट हुनेछ ।  तर, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यको हालसम्मको (करिब दुई वर्षको) प्रगति विवरण भने सुन्दै अचम्म लाग्ने खालको देखिन्छ ।  हामीले हाम्रो विकास निर्माण लगायतका कामका लागि शिलान्यास, उद्घाटन, शुभारम्भ, प्रारम्भ, आरम्भ आदिका लागि कुनै आइतबार नपर्खने, तँछाड मछाड गर्न तम्सने तर, आफूले त्यसरी शिलान्यास, उद्घाटन, शुभारम्भ, प्रारम्भ, आरम्भ गरेको विकास निर्माणका कामले निरन्तरता पाएको छ, छैन ? तोकिएको समयमा पूरा भए कि भएनन् ? त्यसबारेमा चासो नदिने नेताहरूप्रति ‘अनुराग र द्वैष’ नराखीकन प्रश्न गर्ने बानी बसाल्न सक्नुपर्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना