गुरुको महिमा र खस्कँदो गरिमा

Pabitaपविता मुडभरी पुडासैनी

 

 

जसबाट सिकिन्छ वा ज्ञान लिएर सद्मार्ग पहिल्याउन सकिन्छ ती सबै गुरु हुन् भन्ने मान्यता सृष्टिकालदेखि रही आए पनि धर्मशास्त्रमा अविद्यालाई मासेर ज्ञान दिने व्यक्तिलाई गुरु भनिन्छ वेद लेखेर साराको अज्ञानता हटाइ अन्तर दृष्टि खोलिदिने गुरु वेदव्यासको स्मरण गरी गुरु पुजन गर्ने परम्परालाई निरन्तरता दिँदै प्रत्येक वर्ष आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरूपूर्णिमाका दिन आआफ्ना गुरुको सम्मान र स्मरण गर्ने  हाम्रो संस्कार नै स्थापित भएको छ ।  मानिसलाई सही मार्गदर्शन गर्ने गुरुको गरिमा कहिल्यै नघट्ने कुरा प्राचिन गुरु वेदव्यास, वसिष्ठ, द्रोणाचार्य, धौम्य, दत्तात्रेय, गोरखनाथ आदिलाई कालान्तरसम्म गुरुका रूपमा स्मरण र सम्मान गर्नुले प्रष्ट हुन्छ  ।  प्राचीनकालमा ज्ञानार्जनका लागि गुरुको महìव र श्रद्धाभाव कति थियो भन्ने कुरा शिष्य एकलव्यले ज्ञानार्जनका लागि गुरु स्थापना गरेको र आफ्नो दाहिने हातको बूढी औँला काटेर आफ्ना गुरु द्रोणाचार्यलाई गुरु दक्षिणाका रूपमा  दिएकोबाट प्रष्ट हुन्छ  ।  गुरु कृपाबाट ईश्वर दर्शन प्राप्त हुन्छ र अज्ञानता हटी उज्यालो संसार प्राप्त हुन्छ भन्ने महान् मान्यताले गुरुभक्तिलाई बल पु¥याएको छ ।  
समस्त मानव जगतको पहिलो गुरुआमा हुन्  ।  अन्जान अवस्थामा पनि मानवले जन्मावस्थादेखि आमाबाट ज्ञानार्जन गरिरहेको हुन्छ तर घर बाहिर निस्केर  शिक्षा आर्जनका क्रममा गुरुशिष्यका रूपमा महिलाले स्थान पाउन लामो समय कुर्नु प¥यो  ।  हाम्रा धर्मशास्त्रमा अविद्यालाई मासेर विद्या दिने पुरुषलाई गुरु भनिन्छ भनी लेखिएको छ भने धौम्य, द्रोणाचार्य, गोरखनाथ आदि प्राचीन गुरुको गुरुमहिमा तथा द्रोणाचार्य एकलव्य बीचको गुरुभक्ति सम्बन्ध आदि हेर्दा सबैमा गुरुका रूपमा पुरुषकै चर्चा पाइन्छ  ।   गुरु शब्द स्वयम् पुरुषवाचक शब्दझैँ लाग्ने र प्राचीन कालदेखि विद्याआर्जनका क्रममा लेनदेन दुवैमा महिला पछाडि परेका भए पनि कालान्तरमा गएर विदुषी र गुरुमाका रूपमा गार्गी, मैत्रेयी लगायतका महिलाले आफ्नो नाम स्थापित गराएका छन् ।  गुरु शब्दको अर्थ अन्धकार हटाई उज्यालो छर्ने व्यक्ति भन्ने बुझिन्छ  ।   गुरुलाई मैनबत्ती समान मानिन्छ जो आफू जलेर अरुलाई उज्यालो प्रदान गरी संसार चिनाउने गुरुको महिमा अपरम्पार मानिन्छ ।  गुरु ब्रह्मा गुरु विष्णु गुरु देवो महेश्वर भन्दै संसार चिनाउने गुरुलाई  माता पिता र ईश्वरकै कोटीमा राखी समान सम्मान दिइएको छ  ।  प्रत्येक वर्ष गुरु पूर्णिमाका दिन गुरुको स्मरण तथा सम्मान गरी गुरु पूर्णिमा पर्व नै मनाइन्छ ।  गुरुको सम्मान गर्ने विशेष दिनका रूपमा धर्म संस्कार र समाजलाई जोड्दै हामीले गुरुको गरिमालाई उच्च स्थान दिँदै आएका छौँ ।  गुरु बन्दना गर्दै गुरुदेवो भव, गुरुवे नमः भनेर गुरुलाई उच्च आसन दिइएको छ  ।  ज्ञान प्राप्तिका लागि मात्र नभई कार्य सफल र सिद्धिका लागि समेत गुरु स्थापना गरी कार्य शुभारम्भ गर्ने कार्य केही भएको  देखिन्छ ।  वर्षदिन भरी गुरुले दिएका ज्ञानप्रति आभार दर्शाउँदै गुरुको सम्मान  र स्मरणमा समर्पित हुने विशेष दिन हो यो ।  यस दिन गुरुलाई सम्मान गर्दै भेटघाट गरी गुरुबाट आर्शीवाद लिने र गुरुलाई दक्षिणा समेत दिइने गरिन्छ  ।  गुरुलाई साक्षात ईश्वर मानिने परम्परामा हाल केही परिवर्तन देखिए पनि जस्ता गुरु उस्तै चेला भनेझैँ गुरुबाट प्राप्त शिक्षा र सङ्गतबाट मानिसले आफूलाई बदल्न सक्छ त्यसैले गुरुमा असल गुण  र गुरुत्व हुनैपर्छ र शिष्यले पनि असल गुरुको चयनलाई जोड दिनुपर्ने बताइएको छ ।   
गुरु द्रोह तथा अपमान  गरेमा विद्या नास हुने मान्यता रहिआएको छ  ।  अज्ञानता र अविद्याले संसारमै दुःख निम्त्याउने भएकाले ज्ञान प्राप्ति र दुःखबाट मुक्तिका लागि गुरुको महिमा अति छ ।   गुरूप्रतिको  आस्था भक्ति, श्रद्धा र सम्मानले हाम्रो उच्च संस्कारको निरन्तरतालाई झल्काउँछ ।  यति हुँदाहुँदै  आधुनिक शिक्षा व्यवस्थाले शिक्षक विद्यार्थीको सम्बध सहयोगी र सिकारुका रूपमा स्थापित गरेको छ  ।  हाल सामान्य ज्ञान मात्र लिएर जीवन चलाउन सकिँदैन ।  गुरुले ज्ञानसँगै सीप क्षमता  तथा अन्य कलाकौशलले शिष्यलाई परिपूर्ण बनाउुनु पर्ने भएको छ  ।  शिक्षकले दिने उत्कृष्ट ज्ञान र सीप नै प्रत्येक मानिसको आँखा हो तापनि आधुनिक शिक्षा व्यवस्थामा गुरुको गरिमा खस्किएको छ ।  गुरुलाई कामदारका रूपमा हेर्ने गरिएको छ ।  गुरु शिष्यको सम्बन्ध चिसिएको, टाढिएको, बिग्रिएको र टुटेका घटना यत्रतत्र छन्  ।  गुरु सम्मानको जिम्मेवारी संस्कृत पढ्ने पढाउनेको जिम्मामा छाडेर  बाँकी व्यक्ति गुरु सम्मान अनावश्यक ठान्ने गर्छन् ।   विज्ञान प्रविधिको प्रयोगले  गुरुसँगको प्रत्यक्ष सम्पर्क विना पनि ज्ञानार्जन गर्न सकिने भएपछि प्रत्यक्ष गुरुको महìवलाई गौण तुल्याएको छ र  हाल गुरुको महिमा खस्किएको छ ।  गुरुमाथि विद्यार्थी जाइलागेका घटना थुपै्र देखिन्छन् ।  गुरुमाथि आक्रमण, कालोमोसो अपमान तिरस्कार र कार्यबाट  निकालाजस्ता कार्य त हाम्रा विद्यालय तथा  विश्वविद्यालयमा नै नियमित भइरहने घटना हुन् ।  शिष्यबाट गुरुहरूको अपमान भएका घटना सामान्य मानिन थालेका छन् ।   शिक्षामा निजीकरणको प्रभाव गुरुहरूमाथि नराम्ररी परेको छ ।  गुरु सिकाउने होइन तलब खाएर पढाउने शिक्षित मजदुर ठानिन्छन् ।  अलिकति चित्त नबुझ्दा शिक्षकमाथि जाइलाग्ने र शिक्षक फेरिइरहने प्रवृत्तिले गुरुको गरिमा ओरालो लाग्दैछ ।  गुरुको सम्मान विश्वका जुनसुकै मुलुकमा हुन्छ तापनि आधुनिक शिक्षा प्रचार पद्धतिसँगै गुरु सम्मान संस्कार खस्कन पुगेको छ ।  त्यसो त  धन कमाउने ध्याउन्नमा आफ्नो गुरुत्व बिर्सने, राजनीतिमा लागेर पेशाप्रतिको जिम्मेवारी भुल्ने र विद्यार्थीको जीवनमाथि खेलबाड गर्ने लोभीपापी चरित्रका  कैयौँ  शिक्षकका काला करतुतका कारण आम गुरुहरूको गरिमा ओरालो लाग्दैछ ।  शिक्षामा निजीकरण भित्रिएसँगै शिक्षाको व्यापार गर्ने गुरुहरूप्रति विद्यार्थीको आस्था घट्नु स्वाभाविक हो ।  गुरुको गरिमा बढ्न तिनको गुरुत्व पनि ओजस्वी हुनुपर्छ  ।  विद्यार्थीमा उज्यालो छर्ने खुबी इच्छा  र आचरण गुरुमा तीव्र  हुनुपर्छ ।  यही कुरा मनन् गर्दै  पेशाप्रति कटिबद्ध हुँदै अहोरात्र ज्ञानाजर्नमा खटिएका गुरु आफ्नो साख घट्दै गएकोमा चिन्तित छन् ।  त्यसो त गुरूप्रति आस्था र विश्वास जगाउने कुरामा आज हामी पछाडि परेका छौँ ।  जो जस्ता व्यक्ति पनि गुरु बन्ने, आफ्ना  सँगैका बदमास सहपाठी केही समयपछि आफ्नै गुरु बनेर निस्कने, गुरुका नाउँमा विद्यार्थीलाई नानाभाती शब्द प्रयोग गरी गाली गर्ने  दुव्र्यवहार गर्ने र गुरुमा हुनुपर्ने आदर्श र क्षमता नभएका व्यक्ति गुरुका रूपमा रहदा त्यस्ता व्यक्तिप्रति शिष्यको  आस्था र विश्वास घट्न गई गुरुको गरिमा गिराउँछ  ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना