आगलागीबाट बच्न जनचेतना

kishor bhattarai_1किशोर भट्टराई

 

नेपालमा धेरै किसिमको विपद््को जोखिम भए पनि बारम्बार घटिरहने विपद््को घटनामध्ये भूकम्प, बाढी पैरो तथा आगलागी प्रमुख हुन् ।  नेपालमा आगलागी तेस्रो ठूलो विपद्् हो मानिसले जानी वा नजानी सानो वा ठूलो कुनै न कुनै रूपमा गल्ती नगरी आगलागीको घटना हुँदैन, मानिसको अज्ञानता, असावधानी र लापरबाहीको कारण आगलागीको घटना हुने गर्दछ त्यसैले आगलागीबाट बच्नका लागि जनचेतनाको साथै आगोमा सावधानी अपनाउनु पर्दछ ।
नेपालमा आगलागीसम्बन्धी जनचेतनाको स्तर शहरी क्षेत्रमा समेत अन्यन्त न्यून छ यसैको कारण वर्षेनि शहर बजार तथा तराई पहाडमा ठूलठूला आगलागीको घटना हुने गर्दछ ।  गर्मी मौसमको सुरुवात सँगै तराई मधेशमा आगलागीको कारण एकैपटक पचासौँ घर आगलागीको चपेटामा परी ध्वस्त भएको र करोडौँको धनमाल नष्ट भई सयौँ मानिस घरबारविहीन भएको तथा कतिपय स्थानमा मानवीय क्षति समेत भएको कुरा प्रकाशमा आइरहेको छ ।  २०७३ सालमा मात्र आगलागीको कारण ५३ जनाको मृत्यु भएको छ २५६ जना घाइते भएका छन् भने करौडौको धनमाल नष्ट भएको तथ्याङ्कले देखाउँछ ।
नेपाल हुने प्रायः सबैजसो आगलागीलाई हेर्दा नागरिकमा आगलागीसम्बन्धी चेतना अभावको कारण आगलागी भएको देखिन्छ ।  कसैले चुलोमा आगो ननिभाएको कहीँ चुरोट ठुटो परालको कुन्यूमा फालेको कहीँ पेट्रोल तथा डिजेल जस्ता प्रज्वलनशील पदार्थ घरमा असुरक्षित किसिमले भण्डारण गरेको जस्ता कारण देखिन्छ ।  आगलागी मानव सिर्जित विपद्् हो  मानवीय गल्ती कमजोरी र लापरबाहीको कारण आगलागीको घटना हुने गर्दछ झट्ट हेर्दा र सुन्दा सामान्य जस्तो लाग्ने यस्ता मानवीय गल्ती, कमजोरी र असावधनीको कारण आगलागी भई करोडौँको क्षति, सयौँ मानिस घरवारविहीन हुन्छन् ।  घटना पछि राज्यले लाखौँ रुपियाँ राहत स्वरूप अग्नि पीडितलाई  वितरण गरिरहेको हुन्छ ।  यही रकम आगलागी पूर्व आगलागीको जोखिम क्षेत्रको जनताका लागि  जनचेतना अभिवृिद्ध कार्यमा लगाउन सकेमा नागरिकले पनि अग्नि पीडाबाट पीडित हुन पनि नपर्ने र राज्यले आगलागी नियन्त्रणको लागि स्रोत साधनको परिचालन पनि गर्न नपर्ने अवस्था सिर्जना हुने थियो ।  
अग्नि नियन्त्रण तथा उद्धारको कार्य आपत्कालीन मानवीय सेवा हो यो विषय नागरिकको ज्युज्यानसँग सम्बन्धित विषय भएको हँुदा यसमा सरकारी स्तरबाट भएका पहल र प्रयासको बारेमा बहस गर्ने बेला भई सकेको छ ।  नेपालमा अग्नि नियन्त्रण सेवा सरकारी प्राथमिकतामा परेको देखिँदैन जब कही ठूला आगलागीको घटनाहरू घट्छन् त्यसपछि सम्बन्धित निकायलाई सचेत र पत्राचार गर्ने औपचारिकतामा मात्र सरकारी प्रयास सीमित छ ।  ठूला आगलागीको घटनाबाट पाठ सिकी  दमकल तथा दमकलकर्मीहरूको क्षमतामा अभिवृद्धि गर्नेतर्फ प्रयास भएको देखिँदैन ।  आगलागीसम्बन्धी जनचेतना अभिवृद्धि कार्यमा समेत सरकारी प्रयास फितलो छ ।  सरकारी निर्देशन मात्र आगलागी नियन्त्रणका लागि पर्याप्त हुँदैन यसको लागि आवश्यक जनशक्ति स्रोत साधनको व्यवस्था गर्नु पर्दछ ।  अग्नि नियन्त्रणको लागि दमकललाई खबर गर्ने एकीकृत टोल फ्री फायरकल नम्बरको व्यवस्था समेत हालसम्म छैन ।  काठमाडाँै उपत्यकाभित्र फायरकल १०१ को व्यवस्था भए पनि यो एकीकृत छैन जुन जिल्लाबाट फोन ग¥यो सोही जिल्लाको दमकल कार्यालयमा फोन जान्छ ।  फोन गर्ने व्यक्तिलाई शुल्क लाग्दैन तर यो सुविधा उपलब्ध गराएबापत टेलिकमले दमकल कार्यालयसँग सेवा शुल्क लिन्छ यो पूर्ण रूपमा निःशुल्क होइन यसबाट पनि दमकल कार्यालयलाई हेर्ने सरकारी दृष्टिकोण प्रस्ट हुन्छ ।
अग्नि सुरक्षाको जनचेतनासम्बन्धी सरकारको ठोस नीति तथा कार्यक्रम पनि देखिँदैन ।  प्रभावकारी अग्नि विपद्् व्यवस्थापनको पहिलो शर्त भनेको पूर्व तयारी हो ।  पूर्व तयारी बिना कुनै पनि विपद््लाई हामी प्रभावकारी रूपमा व्यवस्थापन गर्न सक्दैनौँ ।  अग्नि विपद््को बारेमा जनचेतना अभिवृद्धि गर्नु पनि पूर्व तयारी हो ।  यसरी जनचेतनाको सञ्चार गर्न सकेमा आगलागीको घटनामा कमी आउँछ भने आगलागी भई हालेमा पनि क्षति न्यूनीकरण गर्ने कार्यमा सहयोग पुग्नेछ ।  
‘‘विपद्ले विपद्लाई निम्त्याउँछ” आगलागीको बारेमा आवश्यक जानकारी तथा जनचेतना नहुँदा आगलागीको घटना हँुदा मानिस आत्तिएर भागदौड गर्दा हात खुटा भाँच्चिने तथा मनोत्रासले गर्दा अन्य शारीरिक र मानसिक समस्याहरू आउन सक्छ ।  आगलागी एउटा विपद् हो सो विपद्को बारेमा आवश्यक जानकारी तथा सो विपद्सँग सामना गर्ने ज्ञान सीप नहँुदा भागदौड गर्दा अर्को विपद्मा पर्नु पर्दछ त्यसैले विपद्को बारेमा जनचेतना तथा सो विपद्सँग सामना गर्ने तरिकाको बारेमा जानकार हुन अत्यावश्यक छ ।
अग्नि नियन्त्रण तथा उद्धारसँग सम्बन्धित स्पष्ट ऐन कानुनको व्यवस्था नभए पनि जुद्ध बारुण यन्त्र काठमाडौँले अग्नि विपद् व्यवस्थापनको पूर्व तयारी, क्षमता विकास तथा जनचेतना अभिवृद्धिका लागि केही ठोस तथा उपलब्धिमूलक कार्यक्रमहरू सञ्चालन गरी अग्नि विपद् व्यवस्थापन कार्यलाई प्राथमिकीकरण गर्दै आइरहेको छ ।
विपद्् पूर्व तयारी अन्तर्गत मोफसलमा रहेका दमकलकर्मीहरूलाई अग्नि नियन्त्रणसम्बन्धी आधारभूत तालिम सञ्चालन गरी दक्ष बनाउने काम गरिएको छ ।  विदेशी दातृ निकायहरूसँगको समन्वय तथा रोटरी क्लबँसँगको सहकार्यमा अग्नि नियन्त्रण तथा उद्धार कार्यमा प्रयोग गरिने औजार उपकरण ल्याई करिब २५ वटा नगरपालिकाहरू तथा सुरक्षा निकायमा वितरण गरिसकेको छ ।  अग्नि नियन्त्रणका लागि आवश्यक पर्ने औजार उपकरण तथा अग्नि नियन्त्रकले लगाउने लुगाको अभावमा अग्नि नियन्त्रकहरू आफँै जोखिममा थिए हाल उक्त सामग्रीको प्राप्ति पछि अग्नि नियन्त्रकहरू सुरक्षित भएका छन् ।
कीर्तिपुर नगरपालिकाले खरिद गरी जनशक्तिको अभावमा दमकल सञ्चालन गर्न नसकी थन्क्याएर राखेको दमकललाई काठमाडौँ महानगरपालिकाले सञ्चालनमा ल्याएको छ ।  झण्डै आठ दशक अघि शुक्रपथमा स्थापना भएको काठमाडौँ दमकललाई पहिलोपटक काठमाडौँ महानगरपालिकाले बौद्ध क्षेत्रमा विस्तार गरेको छ ।  झण्डै छ करोडको लागतमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक दमकल स्टेशन निर्माणका लागि शिलान्यास समेत भइसकेको छ ।  काठमाडांँको बढ्दो शहरीकरण अव्यवस्थित संरचना तथा उच्च जनसंख्यालाई ध्यान दिँदै काठमाडौँलाई अग्नि सुरक्षित शहरको रूपमा विकास गर्नका लागि महानगरको चारैक्षेत्रमा दमकल स्टेशन स्थापना गर्ने काठमाडौँ महानगरपालिकाको नीतिगत निर्णय भइसकेको छ सोही योजना अनुरूप बौद्धमा दमकल स्टेशन बन्ने प्रक्रिया शुरु भइसकेको छ भने अन्य तीन क्षेत्रमा सम्भाव्यता अध्ययन भइरहेको छ ।  यसरी बन्ने दमकल कार्यालयलाई आवश्यक पर्ने दमकल लगायतका अन्य औजार उपकरणहरू काठमाडौँ दमकल कार्यालयको पहल र प्रयासमा अमेरिकी संस्थाबाट करिब दशवटा विभिन्न क्षमताका दमकल लगायतका अग्नि विपद् व्यवस्थापनमा प्रयोग हुने औजार उपकरणहरू काठमाडौँ आउने क्रममा छ ।
अग्नि विपद्बाट जनधनको क्षति हुनबाट रोक्न नागरिकलाई आगलागीको बारेमा सुसूचित गर्न जरुरी छ यसका लागी  साना साना स्कुले बालबालिकालाई आगलागीको बारेमा सुसूचित गर्न बालबालिकालाई दमकल कार्यालयमा बोलाई अग्नि नियन्त्रण दमकलको काम कतव्र्यको बारेमा जनचेतना प्रवाह गर्ने गरिएको छ ।   दिपावलीको समयमा जनचेतनाको अभावको कारण विगत वर्षमा अत्यधिक रूपमा काठमाडौँमा आगलागीको घटनाहरू हुने गरेको थियो  गत वर्षदेखि काठमाडौँ दमकलले दिपावलीको एक हप्ता अगाडिदेखि नै अग्नि सुरक्षा तथा जनचेतना अभिवृद्धि सप्ताह कार्यक्रम सञ्चालनमा ल्याई व्यापक रूपमा जनचेतना प्रवाह गर्दा गत वर्षको दिपावली आगलागी शून्य दिपावली वर्ष भएको छ ।   
       काठमाडौँको भित्री शहरमा जहाँ आगलागीको सम्भावना बढी छ र दमकल पहुँचको लागि सडक छैन त्यस्ता स्थानमा आगलागी हुँदा चाँडोभन्दा चाँडो पुगेर अग्नि नियन्त्रण गरी क्षति न्यूनीकरणको लागी नेपालमा पहिलोपटक निजी क्षेत्रसँगको सहकार्यमा काठमाडौँ दमकलले दशवटा फायर बाइकको निर्माण गरी सञ्चालनमा ल्याएको छ ।  काठमाडौँको साँगुरा गल्ली तथा दमकल पुग्ने सडक नभएको स्थानमा यो फायर बाइकले प्रभावकारी कार्य गरिरहेको छ ।  अग्नि नियन्त्रणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उदेश्यले सार्वजनिक हितका लागि नेपालमा नै पहिलोपटक टेलिभिजन पि.एस.ए. निर्माण गरी नेपाल टेलिभिजनमा प्रसारण गरिएको छ ।  रेडियो तथा एफ.एम.हरूबाट अग्नि सुरक्षासम्बन्धी रेडियो जिङ्गलहरू प्रसारण गर्ने गरिएको छ ।  आगलागी मानव सिर्जित विपद् भएको हँुदा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी आगलागीका घटनाहरूलाई रोक्न तथा न्यूनीकरण गर्न सकिन्छ भन्ने कुराको उदाहरणको रूपमा काठमाडौँलाई लिन सकिन्छ जनचेतना कार्यक्रमको विस्तारसँगै काठमाडौँमा आगलागीका घटनामा कमी आएको तथ्याङ्कले देखाउँछ ।  यस्ता कार्यक्रम देशव्यापी रूपमा सबै दमकल कार्यालयहरूले सञ्चालनमा ल्याउन सकेमा आगलागीका घटनामा कमी आउनुको साथै यसबाट हुने जनधनको क्षति समेत न्यूनीकरण हुनेछ ।  








थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना