संविधान संशोधनपछि मात्र सरकार विस्तार : उपप्रधानमन्त्री महरा

krishna-baharud-mahara1चितवन, असार २६ गते । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनपछि मात्र सरकार विस्तार हुने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सरकारले संविधान संशोधनको प्रस्ताव लाने तयारी गरिरहेको बताउनुभयो । उपप्रधानमन्त्री महराले भन्नुभयो “संविधान संशोधनको प्रस्ताव आज भोलि नै पेश हुन्छ ।” पत्रकारको एक प्रश्नमा उहाँले मन्त्रालय भागबण्डामा खासै विवाद नरहेको बताउनुभयो । 

उपप्रधानमन्त्री महराले भारतले लगाएको मालसामान तथा सेवा व्यवसाय कर (गुड्स एण्ड सर्भिस ट्याक्स (जिएसटी)को नेपालमा पर्ने प्रभावका विषयमा अध्ययन गर्न छिट्टै एक टोली भारत जाने जानकारी दिनुभयो । भर्खरै मात्र जिएसटी लागू गरेकाले त्यसको परिणाम आई नसके भन्दै उहाँले आफू केही समय अघि भारत जाँदा यस विषयमा त्यहाँका परराष्ट्रमन्त्रीसँग समेत कुराकानी गरेको बताउनुभयो ।

भारतको केन्द्रीय सरकारले १ जुलाई २०१७ देखि राष्ट्रभर नयाँ तथा एकीकृत कर प्रणाली लागू गरेको छ । मालसामान तथा सेवा व्यवसाय कर (गुड्स एण्ड सर्भिस ट्याक्स (जिएसटी) नामाकरण गरिएको यस नयाँ र एकल कर प्रणाली राष्ट्रव्यापी रुपमा लागू गरिएपछि यसअघि विभिन्न राज्य तथा केन्द्रमा विद्यमान अलग अलग राज्यीय र संघीय कर व्यवस्था खारेजीमा परेको छ । रासस v

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना