पुरानै शैली झल्काउन थप रु. ५० हजार दिने तयारी

Reconstruction-Authorityकाठमाडौँ, असार २७  ।  भूकम्पका कारण क्षतिग्रस्त ऐतिहासिक बस्तीका भूकम्पपीडितलाई थप ५० हजार रुपियाँ उपलब्ध गराउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले प्रस्ताव अगाडि बढाएको छ ।  काठमाडाँैं उपत्यका र उपत्यकाबाहिरका बस्तीहरू छनोट गरी पुनःनिर्माणलाई सहयोग गर्न यस्तो प्रस्ताव अगाडि बढाएको हो ।  ऐतिहासिक बस्तीका परम्परागत शैलीमा बनेका घरको पुरानै शैली झल्काउने गरी निजी आवास निर्माण गर्न प्रोत्साहन गर्ने उद्देश्यले प्राधिकरणको कार्यकारी समितिको बैठकले यस्तो प्रस्ताव गरेको जनाइएको छ ।  
यो प्रस्ताव काठमाडौंँ उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी ६ वटा बस्तीका लागि गरिएको प्राधिकरणले जनाएको छ ।  तीमध्ये काठमाडौँको साँखु, ललितपुरको खोकना र बुङ्गमती, गोरखाबजारको गोरखा दरबार तथा सङ्ग्रहालय क्षेत्र, नुवाकोटको दरबार क्षेत्र एवं दोलखाको भीमेश्वर मन्दिर वरिपरिको बजार क्षेत्र परेका छन् ।  
प्राधिकरणले यससम्बन्धी प्रस्ताव आगामी २८ गते बुधबार बस्ने निर्देशक समितिको बैठकमा प्रस्तुत गर्ने र समितिबाट पारित भएपछि कार्यान्वयनमा लगिने जनाएको छ ।
प्राधिकरणले थप ५० हजार र काठ खरिदमा सहुलियत प्रदान गर्ने तथा नक्सा पास निःशुल्क गराएपछि भूकम्पपीडितले नयाँ घरको बाहिरी स्वरूपमा पुराना स्वरूपको इँटा (डाँची अप्पा) र परम्परागत शैलीका झ्यालढोका राख्नुपर्नेछ ।
ऐतिहासिक बस्तीहरूको परम्परागत कला संस्कृतिको संरक्षण र त्यसको पर्यटकीय महìवलाई अझ बढाउनका लागि यस्तो निर्णय गर्ने प्रस्ताव गर्न लागिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलले बताउनुभएको छ ।
हाल प्रस्ताव गरिएका छवटै प्राचीन बस्तीमा नेवार समुदायको बाहुल्य छ ।  यी सबै नेपालका पर्यटकीय क्षेत्र पनि हुन् ।  साँखु काठमाडौँबाट १७ किलोमिटर उत्तरपूर्वी कुनामा रहेको बस्ती हो ।  शङ्ख आकारको यो बस्ती अहिले शङ्करापुर नगरपालिकामा पर्छ ।  
त्यस्तै बुङ्गमती र खोकना बस्ती ललितपुरको रिङ्गरोड क्षेत्रबाट करिब ८ किलोमिटर दक्षिण–पश्चिममा पर्छ ।  खोकना विश्व सम्पदा सूचीका लागि सिफारिसमा परेको क्षेत्र हो ।
महìवपूर्ण पर्यटकीय क्षेत्रको संरक्षण गर्न स्थानीयलाई प्रोत्साहन गर्न सके त्यसले अन्ततः राष्ट्रको पहिचान र पर्यटकीय प्रवद्र्धनमा टेवा पुग्ने प्राधिकरणको विश्वास छ ।  
 
 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना