चिकेन् फेस्टिभल

chicken festival 1काठमाडौँ,असार २७ गते ।  कुखुराको मासुको उपभोग बढाउने र बिरामीको उपचारमा रहेका बिरामीलाई आवश्यक पोषक  आवश्यकता सबन्धमा सन्देश दिने उद्देश्यले यहाँ ‘चिकन फेस्टिभल’को आयोजना गरिएको छ ।
एकदिने उक्त फेस्टिभलमा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले मासुको उपभोग बढाउन यस्तो कार्यक्रम उपयोगी र प्रभावकारी हुने बताउनुभयो ।
सहआयोजक पशुपक्षी विभागको बजार प्रवद्र्धन निर्देशनालयका कार्यक्रम निर्देशक डा.वलराम थापाले निर्देशनालयकोे वार्षिक कार्यक्रम अन्तर्गत कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।  उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निर्देशनालयले प्राथमिकतामा राख्ने बताउनुभयो ।   
कार्यक्रममा पाटन अस्पतालमा उपचार गरिरहेका बिरामी तथा बिरामीका कुरुवालाई पौष्टिक आहारको रूपमा चिकेनको परिकार मन्त्रालयका सचिव डा. जिसीले निःशुल्क वितरण गर्नुभएको थियो ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.विष्णुप्रसाद शर्माको समेत उपस्थितिमा सम्पन्न सो कार्यक्रम भेट टाइम्स मिडिया प्रालिको आयोजनामा भएको थियो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना