स्थानीय जनप्रतिनिधिमा जवाफदेही

Raj kumar shiwakotiराजकुमार सिवाकोटी



 

नेपाल, नया“ परिकल्पनातर्फको अभिमुखीकरणमा छ ।  शान्ति प्रक्रियाले पूर्णता पाउँदै आएको छ ।  संविधानको कार्यन्वयन स्वरूप प्रदेश नम्बर २ लाई थाती राखेर बाँकी प्रदेशमा स्थानीय तहको निर्वाचन भइसकेको छ ।  यो २० वर्ष पछि भएको निर्वाचन लोकतन्त्रका लागि उल्लेखनीय विजय, नागरिकको आकाङ्क्षालाई सम्बोधन गर्ने अवसर र मुलुकको समृद्धिको आधार हो ।  
नेपाली नागरिक संविधानले दिएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यादेश भित्र स्थानीय जनप्रतिनिधिमार्फत नया“ सुरुवात गर्दै छन् ।  यसले न्यायपूर्ण प्रगतिशील भविष्यप्रतिको आशा जगाएको छ ।  त्यसैले नागरिक इतिहासको गल्ती र लोकतन्त्रका मार्गमा कतैबाट तुषारापात नहोस् भन्ने कामना गरिरहेका छन् ।  लोकतन्त्रलाई क्षय गर्ने घटना भविष्यमा नदोहोेरिएन भन्ने चाहन्छन् ।  यो सबै सुनिश्चितताका लागि आधारभूत रूपमा स्थानीय तहमा हुने राजनीतिक जवाफदेहीले महìवपूर्ण भूमिका खेल्छ ।  राजनीतिक जवाफदेहीताका लागि स्थानीय तहका जनप्रतिनिधिमा लोकतान्त्रिक मूल्य मान्यताको गहिरो ज्ञान र अभ्यासको अनुभव, उच्च नैतिकता, आचरण र निर्णय क्षमताले धनीभूत भएका हुनुपर्छ ।  र, यो आम अपेक्षा हो ।
दुर्भाग्य, नेपालका जनप्रतिनिधिमा राजनीतिक जवाफदेहीको अभाव रहनु परम्परागत समस्या हो ।  यहाका राजनीतिककर्मीमा यथास्थितिवादी सोच र परिवर्तनको चाहनालाई व्यवस्थापन गर्ने क्षमताको अभाव प्रचुर छ ।  यो परिस्थिति लोकतन्त्र, राजनीतिक स्थायित्व र आर्थिक प्रगतिका लागि पर्खर बैरी हो ।  राजनीतिक जवाफदेहीताको अभावमा नेपाली राजनीतिक इतिहासले विगतमा निकै उतारचढावलाई सामना गरेको सत्य हो ।  यसले भविष्यप्रतिको आशालाई दिगोपन दिन नसकेको तीतो अनुभव हामीसँग छँदैछ ।  
हामी वर्तमानमा स्थानीय तहको निर्वाचनमा विजय हासिल गर्ने उम्मेदवारले नेपाली नागरिकको भविष्य प्रतिको सपना र समाजलाई आर्थिक प्रगति तर्फ कति सफल रूपमा डोहो¥याउन सक्छन् या सक्दैनन् भन्ने सवालबाट चिन्तित छौ ।  अझ महìवपूर्ण कुरा स्थानीय तहको नेतृत्वले  जवाफदेही र चुस्त निर्णय क्षमतालाई सम्पादन गर्न सक्छ या सक्दैनन् ? लोकतान्त्रिक आचरण र अभ्यासका सैद्धान्तिक विषयवस्तुलाई बुझ्ने, स्थानीय तहका गाउँपालिका वा नगरपालिकाका प्रमुख, उपप्रमुखले आफ्नै क्षमतामा करिब २५ वटा कानुनको कार्यान्वयनमा सामथ्र्य राख्न सक्छन् या सक्दैनन् ? नब निर्वाचित जनप्रतिनिधिको क्षमता र योग्यताले आगामी ५ वर्ष भित्रमा यी अहम् सवालको छिनोफानो गरी सक्नेछ ।   
आज नेपाली नागरिकको चाहना भनेको हाम्राभन्दा राम्रा र सक्षम उम्मेदवारलाई चयन गर्नु थियो ।  यो अभिलाशा भनेको लोकतन्त्रको संस्थागत विकास र मुलुकको प्रगतिका लागि निर्विकल्प उपाय हो ।  अर्कोतर्फ राजनीतिक जवाफदेहीलाई पूर्णता दिन दलले नेतृत्वमा पठाउने व्यक्तिको चरित्र, क्षमता र योग्यताले अहम् भूमिका खेल्छ ।  यही भूमिकाले राजनीतिक दलको साखलाई जोगाउने र पतन गराउने गर्छ ।  अतः स्थानीय चरणको निर्वाचनमा कति क्षमतावान व्यक्तिलाई राजनीतिक दलले आफ्ना उम्मेदवार बनाए ?
दुर्भाग्य, प्रमुख राजनीतिक दलले जनअपेक्षा अनुरूप स्थानीय तहको नेतृत्वमा सक्षम र क्षमता भएका व्यक्तिलाई ल्याउन बिरलै सकेको भान हँुदैछ ।  यो आमनागरिकको चासो र सरोकारको विषय बनेको छ ।  नेपाली काँग्रेस र नेकपा एमालेलाई तुलना गरेर हेर्दा क्षमतावान मानिसलाई नेतृत्वमा ल्याउन काँग्रेसभन्दा एमाले अगाडि छ ।  केही हदसम्म एमालेले नागरिकले राखेको परिवर्तनको चाहनालाई आत्मसाथ गर्न खोजेको जस्तो देखिन्छ ।  तर नेपाली काँग्रेस परम्परागत ल्यागेसीबाट बाहिर आउन सकेको छैन ।  
शैक्षिक योग्यताले निर्णय क्षमता र विषयवस्तु बुझ्ने सामथ्र्यलाई निश्चय नै प्रभाव पार्छ ।  यद्यपि पार्टीले अघि सारेका उम्मेदवारले पार्टीका लागि योगदान गरेका थिएनन् र उनीहरूलाई उम्मेदवारी दिइनु हुँदैन थियो भन्ने तर्क गरिएको हैन ।  कम्तीमा जनअपेक्षालाई दलहरूले बुझ्न सके भने लोकतन्त्रलाई संस्थागत गर्न र मुलुकको आर्थिक प्रगतिलाई अघि बढाउन सजिलो हुन्छ भन्ने नागरिकको अभिमतलाई कसैले चुनौती दिन सक्दैन ।  दलहरूले नै धेरै स्थानमा आफ्नो दलको नभनी क्षमता भएको मानिस छान्नु पर्ने अवस्था सिर्जना गरिदिए ।  यो अवस्था दलमा आबद्व व्यक्तिका लागि दुविधाको क्षण थियो ।  
राजनीतिक जवाफदेही राज्यको शासनसत्ता सञ्चालन गर्ने संस्था वा व्यक्तिको आदर्श र कर्तव्य हो ।  त्यसैले उनीहरू जवाफदेहीबाट विमुख भएभने मुलुकको अवनति हुन्छ ।  राजनीतिक प्रक्रिया धरासायी बन्छ ।  र, राज्यप्रतिको नागरिकको भरोसा नै कमजोर बन्दै जान्छ ।  विगतका अनुभवले हामीलाई यही सिकाएको छ ।  ०४६ पछिको फराकिलो प्रजातान्त्रिक वातावरण विफल हुनुको कारण पनि राजनीतिक जवाफदेहीताको अभाव नै हो ।  त्यसैले ०६२÷६३ को जनआन्दोलनपछि प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई दिगोपन दिने हो भने हामीले विगतबाट सिक्नुपर्छ ।  र, भविष्यप्रतिको सुखद यात्राका लागि राजनीतिक दलले आफ्नो जवाफदेहीलाई स्थानीय तहका जनप्रतिनिधिमा अझ सशक्त बनाउनुपर्छ ।
आदर्श लोकतन्त्रको मुटु भनेकै यसका मुख्यकर्ता राजनीतिक दल र जनप्रतिनिधि हुन् ।  राजनीतिक दलहरू लोकतन्त्रका आधारभूत संस्था हुन् ।  दलको अघार र जग सबै तहमा नेतृत्व आउने जनप्रतिनिधि हुन ।  त्यसैले लोकतान्त्रिक प्रक्रियालाई स्थायित्व दिन राजनीतिक दलमा सक्षम नेतृत्व र जवाफदेहीको संस्कृति साह्रै महìवपूर्ण हुन्छ ।  यसको अभावमा लोकतन्त्र फस्टाउन सक्दैन ।  त्यसैले राजनीतिक दल र राज्यका संयन्त्र लोकतन्त्रमा जवाफदेही हुनुपर्छ ।  राजनीतिक दलहरू जवाफदेहीबाट घनिभूत छन् भने लोकतन्त्रले स्थायित्व पाउछ ।  प्रतिगामी तथा दक्षिणपन्थीको पुनःउत्थानकोे ढोका बन्द हुन्छ ।  
लोकतन्त्र, सक्षम नेतृत्व र राजनीतिक जवाफदेहीता अलग गर्न नसकिने विषय हुन् ।  यीनकोे संयोगले नागरिकका आधारभूत अधिकारको बहाली गराउँछ ।  आम स्वतन्त्रता र आत्मनिर्णयको अवसर दिलाउँछ ।  मानवीय विकास, राजनीतिक समानता र नागरिकको जनजीविका आधारभूत आवश्यकतालाई सम्बोधन गर्छ ।  लोकतन्त्र नागरिकको जीवनशैली बन्छ ।  यसका लागि राजनीतिक दल र नेतृत्व गर्ने व्यक्तिमा उच्च आदर्श, मूल्य–मान्यता र निष्ठावान हुनुपर्छ ।  यसो भयो भने मात्र राजनीतिक दलहरूले लोकतान्त्रिक समाजको आकारलाई बढाउन सक्छन् ।  अनि नागरिकका आकाङ्क्षालाई सम्बोधन गर्न सक्छन् ।  यसको मापन जवाफदेहीको संस्कृति हो ।  जवाफदेहीको अभावमा लोकतन्त्र जीवन्त बन्न सक्दैन र लोकतन्त्रको यात्रा भङ्ग हुन्छ ।
राजनीतिक जवाफदेहीको अर्थ देशको भूगोल र नागरिकको संरक्षणका लागि राजनीतिक दलले बलिवेदी दिनु हो ।  सस्तो र लोकप्रिय भाषामा प्रतिबद्धता जाहेर गर्नु र जवाफदेही बहन गर्नुमा फरक छ ।  ओठे प्रतिबद्धताले कालान्तरमा प्रतिशोधलाई जन्माउँछ भने जवाफदेहीको परिणाम ठोस हुन्छ ।  अनुभूतिजन्य हुन्छ ।  त्यसैले लोकतन्त्रले ठोस स्थायित्व पाउन मौखिक प्रतिबद्धताभन्दा कार्यमूलक जवाफदेही आवश्यक पर्छ ।  जवाफदेहीको अभावले नागरिकमा निरासा ल्याउँछ ।  त्यसैले राजनीतिक दलको पतन र लोकतन्त्रप्रतिको वितृष्णालाई परास्त पार्न राजनीतिक जवाफदेहीको विकल्प छैन ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना