सामाजिक सञ्जालमा असामाजिक बहस

atindra dahalडा. अतीन्द्र दाहाल

 

विगत केही समयदेिख सामाजिक सञ्जालमा विभिन्न व्यक्ति भाइरल बन्दैछन् ।  कसैलाई एकाएक सेलेबे्रटी बनाउने वा कसैलाई समाप्तै गर्ने खालका बहस चल्दैछन् ।  असंख्य मानिस त्यस्ता कमसल महìवका चर्चा परिचर्चामा उच्च आयतनको सहभागिता जनाउँछन् ।  केही पहिले कुसुम श्रेष्ठ नामक तरकारीवालीमाथि सामाजिक सञ्जालमा हङ्गामा मच्चियो ।  कन्चन रेग्मीको पनि चर्चा भयो ।  छिमेकी मित्रराष्ट्र भारतको गोर्खाल्याण्ड आन्दोलनका सवालमा सिमा श्रेष्ठ सुवेदी नामक महिलाको भनाइमाथिका क्रिया प्रतिक्रिया झनै उष्ण बने ।  डा. गोविन्द केसीका आमरण अनसनदेखि सरकारले वितरण गरेका पदकहरूको आलोचनामा समेत विविध विचार लेखिए ।  काठमाडाँैका मेयरको मोबाइलसम्बन्धी निर्णयमाथि सघन विरोध र वितृष्णाका भावना व्यक्त गरिए ।  विशेषगरी उच्च नेतृत्वमाथि अपमानजनक कटाक्षे बाक्लै देखिन्छ ।  पछिल्लो पटक साझा सवाल नामक कार्यक्रममा प्रधानमन्त्रीको प्रस्तुति सामाजिक सञ्जालमा भाइरल भयो ।  क्रिया प्रतिक्रिया उच्च देखिए ।  
विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रत्येक नागरिकको नैसर्गिक अधिकार हो ।  अघिल्लो हप्ता प्रधानमन्त्री स्वयंले नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टकृत पुस्तक ‘नेपालमा प्रेस स्वतन्त्रता’को विमोचनमा यसै भन्नुुभयो ।  संविधानकोे मौलिक हकभित्र पहिलो प्राथमकितामा यही अधिकार सुरक्षित छ ।  नेपाल सदस्य रहेका संयुक्त राष्ट्रसङ्घ, सार्क, अन्तर्राष्ट्रिय मानवअधिकार संगठन लगायत विभिन्न विश्वव्यापी चार्टरहरूमा समेत यो प्रावधान प्रधान छ ।  विचारशक्ति र तर्कशीलता नै मानवलाई गैरमानवबाट छुट्याउने मुख्य आधार हो ।  डेभिड चार्मरको पुस्तक ‘द कन्सस् माइन्ड’ र स्र्टानसाल्स डेहेनको पुस्तक ‘द कन्सस ब्रेन’ समेत यसै भन्छन् ।  तसर्थ कुनै विशिष्ट व्यक्ति वा राष्ट्रिय जीवनसँग सरोकार राख्ने विषयमा सचेत समूहबाट विचार प्रवाह स्वभाविक छ ।  यद्यपि सामाजिक सञ्जालमा हुने केही बहस असामाजिक र अमर्यादित हुँदैछन् ।  विचारमा तर्कसाथै त्यसका केही आचारसंहिता समेत हुन्छन् ।  अभिव्यक्तिको स्वतन्त्रता निर्वाध अधिकार भए पनि अधिकारको प्रयोगले आफूलाई अपमानित नभै सम्मानित गराउनुपर्छ ।  सामाजिक सञ्जालमा हुने पछिल्ला बहस यदाकदा स्वतन्त्रताका नाममा स्वच्छन्दतातिर अभिप्रेरित त हुँदै छैनन् भन्ने प्रश्न जन्मदैछ ।  विचार सम्प्रेषण गर्ने सञ्जाल नभए अभिव्यक्तिको स्वतन्त्रताको कुनै बोधसमेत हँुदैन ।  तसर्थ सञ्जालको प्रयोगलाई अस्वीकार हैन, सर्वस्वीकार्य बनाउन सबैले भूमिका निभाउनुपर्छ ।  सञ्चारको दायरा फराकिँदैछ, अधिकांश समय मानिसको बुझाई विचार निर्माणसमेत सञ्चारका सम्प्रेषणहरूकै आधारमा हुन्छन् ।
       अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले पहिलो पटक राष्ट्रपति निर्वाचित भएसँगै ‘एडासिटी अफ द होप’ नामक पुस्तक लेख्नुभयो ।  त्यसमा एउटा हरफ छ ‘म त्यो मानिस हँु जस्तो सञ्चारले सम्प्रेषण गर्छ, मैले त्यो गर्छु सञ्चारले जे गरेको भनिदिन्छ ।  तात्पर्य, ओबामालाई भेटेरै उहाँको बारेमा बुझ्ने र विचार निर्माण गर्ने मौका, समय, सार्मथ्य सबैलाई हुँदैन ।  संसारका अधिक मानिसको बुझाई त समाचार र सञ्चारमा आएका खबरकै आधारमा बन्छन् ।  तसर्थ सञ्चार समाजको भावना निर्माण वा विनिर्माण गर्ने संवेदनशील पक्ष हो ।  उक्त संवेदनशीलतालाई मनन गर्दै सञ्चारलाई राज्यको चौथो अङ्ग मानिन्छ ।   
थुपै्र प्रकारका सञ्चार माध्यममध्ये अहिले विद्युतीय सामाजिक सञ्जालको प्रयोग अधिक छ ।  पछिल्ला तथ्याङ्क अनुसार गुगलमा प्रति सेकेन्ड ४० हजार र प्रतिदिन ३.५ खर्ब खोजी गरिन्छन् ।  नेपाल दूरसञ्चार संस्थानको सन् २०१५ को एमआईस तथ्याङ्कमा नेपालमा झन्डै ४५ प्रतिशत मानिसले इन्टरनेट अनि लगभग सबैले  फेसबुक प्रयोग गरेको देखिन्छ ।  फेसबुककै आधिकारिक तथ्यांक अनुसार संसारका २ खर्ब मानिसहरूसँगै संयुक्त राष्ट्रसङ्घका सदस्य मध्ये ८७ प्रतिशत सदस्य देशका सरकार तथा राष्ट्रप्रमुखसमेत फेसबुक प्रयोग गर्नुहुन्छ ।  यसले ट्विपलोमेसी (एकै पटक तीन वा बढी राष्ट्रसँगको सम्बन्ध) प्रर्वधन गर्छ ।  यति बृहत् दायरा भएको सामाजिक सञ्जालमा हामीबाट कहिलेकाहीँ दुरुपयोग  समेत हुनपुग्छन् ।  
सस्तो लोकप्रियताका पछि अतिरञ्जित प्रचारबाजीमा सामाजिक सञ्जाल प्रयोग हुनुहुँदैन ।  बेग्लै गोरखाल्याण्डको मागमाथि समयसापेक्ष र आवश्यकता अनुसारको निदान निकाल्नु भारत सरकारको निजी मामिला हो ।  त्यहाँका बासिन्दासँग हामो भाषिक सामीप्य हुदैँमा उनीहरूको छुटै प्रदेश हुनुपर्छ वा पर्दैन भन्नु मित्रराष्ट भारतको सार्वभौम सत्ताको प्रतिकूल हुन्छ ।  नेपालको मधेशलाई लिएर भारतको भूमिकामा प्रश्न उठाउने समाजले उसको आन्तरिक मामिलामा बोल्नु स्वीकार्य हुँदैन ।  सिमा सुवेदीको आग्रहपूर्ण भनाइमाथि असहमति होलान् तर प्रत्युत्तरमा प्रयोग भएका असभ्य र अमर्यादित शब्दहरूका गालिगलौजले हाम्रै कद र सभ्यतालाई समेत जिस्क्याउँछ ।  
आप्mनो परिवारका सदस्यले केही गल्ती गरेमा बाँकी सदस्यसमेत खिन्नतामा हुन्छन्, देशको प्रधानमन्त्रीमाथि यस्तै असहजता आइलाग्दा नागरिकलाई अफसोस लाग्नुपर्ने होइन र ? खेलमा आफ्नो टिमले जीत ननिकाल्दा टिमका समर्थक खुसी हुन्छन् कि दःुखी ? प्रधानमन्त्रीमाथि एकपछि अर्को व्यङ्ग्यात्मक टिप्पणीले हर्षोउल्लास गरेर हामीले कस्तो सन्देश दिदैछाँै ?   
वर्तमान प्रधानमन्त्रीमा अपेक्षित वाक्चतु¥याइँ नहुनु उहाँको बाध्यता समेत हो ।  तर कार्यक्रम सञ्चालनको दौरान किन निकै पूर्वाग्रही र व्यक्तिगत सवालका प्रश्नहरू सोधियो ? तपाईंको पद महिलाको लागि कहिले खाली हुन्छ, देश हीराबाट ढुङ्गा भयो, आदि इत्यादि ।  पद कहिले खाली हुन्छ भन्ने कुरा सत्तासिन प्रधानमन्त्रीको एक्लो इच्छा र प्रयासमा मात्र भर पर्दैन ।  विगतमा हामीले धेरै अपठ्यारा झेल्यौँ, उहाँसमेतको केही भूमिका होला तर एक्लो भूमिका छैन ।  प्रश्नहरूको बनावट नै उहाँलाई लज्जित गराउने प्रकारको देखिन्छ ।  प्रसारणार्थ आर्कषक नभएका अंशको सम्पादन किन गरिएन ? प्रशस्त समयका बाबजुद अर्को शृङ्खलाको रेकर्ड गरेर त्यसलाई प्रतिस्थापन किन गरिएन ?
देश इतरबाट प्रायोजित सञ्चारहरूले अक्सर नागरिकलाई त्यहाँको शक्ति र नेतृत्वको व्््रिुद्ध भड्काउछँन् ।  आन्तरिक असम्मान, घृणा र अविश्वास प्रर्वधन गराउँछन् ।  अरुमाथि हैकम जमाउन सैन्य शक्तिको नै दबदबा राख्नुपर्छ भन्ने छैन ।  जोसेफ एस नाईको पुस्तक ‘सप्mट पावर’ले दातृ सहयोग, कूटनीति वा सञ्चारको प्रयोग गरेरसमेत आधिपत्य जमाउन सकिने तर्क गर्छ ।  प्रधानमन्त्रीमाथि सप्mट पावर प्रयोग भयो ।   
तर नागरिकले आफ्नै नेतृत्वको धज्जी उडाउनु कति जिम्मेवारीपूर्ण कार्य हो ? रचनात्मक सुझाव र रक्षात्मक प्रतिक्रियाको सट्टा गालीबेइज्जतीले सामाजिक सञ्जाल रंगाउनु कुन नौतिकता हो ? भारतमा प्रधानमन्त्री मोदीलाई ४० करोड नागरिकले पछ्याउँदै उहाँको समर्थन तथा प्रभाव वृद्धि गर्न विभिन्न सुझाव दिएका तथ्याङ्क छन् ।  अमेरिकाका राष्ट्रपति ट्रम्प र जोर्डनकी रानी रानीया यस्ता समर्थन पाउनेहरूका अग्र सूचीमा हुनुहुन्छ ।  
उहाँलाई फेरि त्यस्ता कार्यक्रममा भाग नलिने सुझाव किन दिइएन ? उहाँमाथि एक प्रकारको मिडिया एक्सन भयो त्यसको छानबिन गर्न आवाज सशक्त किन
भएन ?  प्रधानमन्त्रीको असहजतामा नागरिकले उमंग र उल्लास बोध गर्न सुहाउँछ कि
सुहाउँदैन ? यत्तिकै सघन प्रतिक्रियाहरू उहाँलाई सञ्चारभन्दा टाढा रहन, सञ्चारमा विदेशी लगानीलाई दुरुत्साहित गर्न दिएको भए कति सुहाउँथ्यो ? वाकपटुता र शब्द चातुर्य नभएका नेताहरू सञ्चारमा प्रस्तुत नहुन अनुरोध गर्न सकिन्थो ।  तर अफवाह पैmलाउँदै खाली कसैलाई उडाउने सस्तो लोकप्रियताको लागि मात्र सामाजिक सञ्जालको गलत प्रयोग भयो ।  यसले आफूलाई त आत्मरति होला, बाँकी विश्व समुदायले हामीलाई कमजोर, विभाजित, असंगठित अनि खण्डित समाज सम्झँदै कमजोर दर्जा दिन्छ ।  घरका सदस्यहरू एक आपसमा झगडा गर्दा एउटाले अर्कोलाई जित्ला तर छिमेकी र बाँकी समाजको अगाडि उनीहरूमाथिको सम्मान र आस्था त्यहीँ समाप्त हुन्छ ।  हामीले सामाजिक सञ्जालको प्रयोगमा यो सत्य बिर्सिरहेका
त छैनाँै ?


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना