व्यावसायिक रुप लिँदै भेडा पालन

bhedaसिमकोट, असार २८ गते ।  तीन किसिमको हावापानी र भू वनोट भएको हुम्ला जिल्लामा पछिल्लो समय भेडा बाख्रा पालन व्यवसायले व्यावसायिक रुप लिँदै आएको छ ।  कुनै दिन खाद्यान्न ढुवानीको साधनका रूपमा मात्र प्रयोग हुने यो व्यवसाय पछिल्लो समय आयआर्जनको पनि राम्रो माध्यम बनेसँगै यसले व्यावसायिक रुप लिन थालेको हो ।  
 ताँजाकोट, अदानचुुली, सर्केगार्ड, चंखेली र खार्पुनाथ गाउँपालिकामा भेडा बाख्रा पालनको राम्रो सम्भावना र भविष्य भएको खार्पुनाथ गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष कर्ण रावलले बताउनुभयो ।  पहिले पहिले भोटबाट नुुन र माल (कालीकोट, बर्दिया, अछाम)बाट खाद्यान्न ओसार्नमै सीमित यो व्यवसायलाई पछिल्लो समयमा हुुम्लीले आम्दानीको स्रोत बनाउन थालेको उहाँले वताउनुुभयो ।  यो व्यवसाय सामान ढुवानी त गर्छ नै बजारउन्मुुख सर्केगार्ड, श्रीनगर र सदरमुुकाम सिमकोटको मासुुको मागलाई धानेको सिमकोट गाउँपालिकाका अध्यक्ष पदमबहादुुर लामाले बताउनुुभयो ।
गत पुषमा जिल्लामा लागू भएको हिमाली परियोजनाको उपआयोजनाबाट ५० वटा बाख्रा खरिद हाल ७० पु¥याएको बताउने मिसन बाख्रा पालन फर्मका नौरता छत्यालले एकातिर बाख्राको संख्यामा वृद्धि गरेको बताउनुुभएको छ भने अर्कोतिर मासुु, खसी र उन बिक्री गररे ५५ हजार नगद कमाउनुुभएको छ ।  
त्यति मात्र होइन गोठबाट निस्केको मलले खेतीपातीमा पनि सहयोग पुुगेको उहाँले बताउनुभयो ।  त्यस्तै सिमकोट गाउँपालिका वडा नम्बर ८ को सैपाल सहकारी संस्थाले पनि सात महिना अगाडि एक सय बाख्रा किनेकोमा  हाल १२५ पुुगेका छन् भने मासुु र उन बिक्रीबाट एक लाख ४३ हजार संस्थाले कमाएको सहकारीका अध्यक्ष बलबहादुुर बुढाले बताउनुुभयो ।  
हुम्लामा पशुु पालका क्षेत्रमा भविष्य राम्रो देखेपछि हिमाली आयोजनाले चार वर्षयता ९८६ बाख्रा ५०२ भेडा र २७० च्याङ्ग्राका लागि ८० प्रतिशत अनुदान दिएको आयोजनाका जिल्ला कृषि व्यवसाय विज्ञ कमल छत्यालले बताउनुुभयो ।  उहाँले जिल्लाका सबै गाउँपालिकामा गरेर ३३ वटा भेडा तथा बाख्रा पालन फर्मले व्यावसायिक रूपमा बाख्रा तथा भेडा पालन व्यवसाय सञ्चालन गरेको र प्रत्येकले बर्सेनि दुुई लाखभन्दा बढी कमाई सुुरु गरिसकेको उहाँले बताउनुुभयो ।  यसका लागि तीन करोड ३५ लाख ९१ हजार ५३० रुपियाँ लगानी भएको हिमाली आयोजनाले जनाएको छ ।  जसबाट सेवाग्राहीहरूले भेडा वाख्रा र खोर व्यवस्थापन गरेको उहाँले बताउनुभयो ।  हालसम्म हुम्ला जिल्लामा एक लाख ३४ हजार छ सय भेडा बाख्रा भएको र बाख्रा  र च्याङ्ग्रा गरेर ८० हजार ३४ छन् भने भेडा ३८ हजार ९५७ रहेको जिल्ला पशुु सेवा कार्यालयका प्राविधिक सहायक कृष्णबहादुुर रोकायाले बताउनुुभयो ।  
यहाँसम्म ल्याउन किसान, जिल्ला पशुु र गैरसरकारी संस्थाहरूले निक्कै ठूलो अभियान सञ्चालन गरेको उहाँले बताउनुुभयो ।  जिल्लामा पाँच सय हेक्टर पशुुपालनका लागि उपयुुक्त वन भएको र ती वनहरूमा डाले घाँसको नर्सरी स्थापनका लागि जिल्लाका सरोकारवाला पक्ष लाग्नुु आवश्य देखिएको छ ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना