भानुभक्त ः भाषिक एकताका स्रोत

Dirgh raj prasaiदीर्घराज प्रसाई

  

 

 नेपालमा भानुभक्तको नाम नेपालमा भाषिक हिसाबले मात्र होइन, विश्वभरमा छरिएर रहेका नेपालीका लागि उनी एकताका पे्ररणा बनेका छन् ।  ‘चपला अवलाहरू एक सुरमा, गुनकेसरीको फूल ली शिरमा ।  रिस, राग, कपट्, छल छैन जाहाँ, तब धर्म कति छ कति छ याहाँ ।  पशुका पति छन् रखवारि गरी, शिवकी पुरी कान्तिपुरी नगरी । ’ यसरी भानुभक्तका कविता प्राकृतिक सिर्जनात्मक नेपाली राष्ट्रवादसँग गाँसिएका छन् ।  भानुभक्त एक सशक्त सिर्जनाका नायक हुन् ।  भानुभक्तले दुर्गा कवच, रुद्री, अमरकोष, लघुकौमुदीको राम्रो अध्ययन गरेका थिए ।  उनलाई विद्या उपार्जन गराउनमा उनका पितामह श्रीकृष्ण आचार्यबाट प्राप्त भएको र ती गन्थ भानुभक्तले राम्ररी अध्ययन गर्न सकेकाले वाल्मीकि रामायण अध्ययन गर्नमा उनलाई सजिलो हुन गयो ।  त्यसैको प्रतिफल नेपालले भानुभक्तबाट रामायण पायो ।  
भानुभक्त सहज कवि थिए ।  अर्काका करमा कहिल्यै पनि बसेनन् ।  जस्ता भानुभक्तका सरल कविता छन्, उस्तै उनको नाम पनि प्यारो छ ।  संसारमा जन्म लिइकन आफ्नो नाम राखेन भने त्यस पुरुषले जन्मेको के सार ? त्यसैले भानुभक्तको नामसँग कवि मोतीराम भट्टको नाम जोडिन्छ ।  मोतीराम भट्ट पनि नेपाली साहित्यका जग हुन् ।  उनले लेखेका थिए– ‘न्याय गर्नमा निसाफ नपाए गोर्खा जानु भन्ने उखानै छ ।  यसै औसरमा म पनि श्री ५ गोर्खा सरकारको यस कीर्तिलाई धन्य भनी एक श्लोक लेख्दछु– ‘अचल झण्डा फर्रोस् फरफर गरी कान्तिपुरीमा ।  रिपुको मन थकोस् थरथर गरी छीन घरिमा । । यमनले राज गर्दा कति तिति हिन्दुस्थल भयो ।  फगत यो नेपालको मुलुक कञ्चन रहिगयो । ’ नेपाल विभिन्न जाति, भेषभूषा, भाषभाषीहरूको थलो हो ।  यहाँ लगभग १२४ भाषा छन् ।  तीमध्ये ४०।५० भाषा विकसित अवस्थामा छन् ।  मैथिली, भोजपुरी, अवधि, मगर, गुरुङ, तामाङ, शेर्पा, नेवार, थारू, राजवंशी, लिम्बू, राई, नेवार, थकाली, सुनुवार, सतार, उर्दू भाषा आदि भाषा आआफ्नो समुदायमा लोकप्रिय छ ।  भाषाको हिसाबले नेपाल धेरै धनी छ ।  दार्जिलिङका विद्वान् पारसमणि प्रधानले भनेका थिए– ‘नेपाली भाषा कुनै निश्चित जात वा जातिको भाषा होइन ।  यसलाई बाहुन, क्षेत्रीलगायत गरुङ, मगर, राई, लिम्बू, नेवार, तामाङ’ आदि जातले आआफ्नो बोली छँदाछँदै पनि नेपाली भाषालाई मातृभाषा भनी अपनाएका छन् ।  यसो गर्नाले एउटा विशाल नेपाली जातिको सृष्टि भएको छ ।  कुनै जातका मानिसले आफ्नो जातीय बोली बिर्सनैपर्छ भन्ने केही छैन तर नेपाली भाषा हाम्रो होइन भनेर विभिन्न नेपाली जातिले सङ्घर्षका निम्ति सङ्घर्ष गर्न थाले भने न उनीहरू आफैँ उभिन सक्छन् न अरूलाई उभिन दिन्छन् ।
यसरी नेपाली भाषाले अन्तरजातीय सम्पर्क भाषाको स्थान प्राप्त गरेको हो ।  पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्नुभन्दा अगाडि कान्तिपुरका राजा लक्ष्मीनरसिंह मल्ल र उनका छोरा प्रताप मल्लको समयमा नेपाली भाषा प्रयोग भएका प्रशस्त अभिलेख पाइन्छन् ।  जगतप्रकाश मल्ल, भूपतेन्द्र मल्ल, भाष्कर मल्ल र जयप्रकाश मल्लले पनि नेपाली भाषामा लेखापढी गरेका थुपै प्रमाण छन् ।  त्यही भाषालाई भानुभक्तले अरू जीवन्त बनाए ।  
भानुभक्तले वाल्मीकि रामायणलाई नेपाली भाषामा छन्दमय पद्येमा अनुवाद गरेर नेपाली जनमानसलाई श्लोकमय बनाएका थिए ।  वाल्मीकि संस्कृत भाषाका आदिकवि हुन् ।  वाल्मीकि रामायण अनुवाद गरेर भानुभक्त नेपाली भाषाका आदिकवि बन्न पुगे ।  वाल्मीकिले नेपालको चितौन जिल्लाको दक्षिणतर्फ नारायण नदीको किनारमा आश्रम कायम गरेका थिए ।  त्यही ठाउँमा रामले सीतालाई त्यागेपछि सीताले अश्रय लिएकी थिइन् र त्यही ठाउँमा लवकुशको जन्म भएको थियो ।  वाल्मीकि आश्रमको किनारमा सोना र तमोसा नदीमा नुहाउन जाँदा एक व्याधाले चलिरहेका एक जोडी बाजलाई काँडले हानेर घायल बनाएपछि त्यो विह्वल दृश्यबाट विष्फोटित बनेर करुण रसमय श्लोक प्रस्फुटित हुन गयो ।  त्यो श्लोक नै वाल्मीकि ऋषि बन्न र रामायण लेख्नमा पे्ररक बन्न पुग्यो ।  ‘मा निसाद! प्रतिष्ठां त्वमगमःत्गमयः शास्वस्तीः समा, यादक्रौंच्चा मिथुनादेकः ममधी काममोहितम् । ’ यो संस्कृत साहित्यको पहिलो कविता हो ।  २०३७ सालमा वाल्मीकि आश्रमको अध्ययन भ्रमण गर्दा मलाई अत्यन्त गौरव महसुस भयो ।  वाल्मीकिले भक्तपुरको हनुमानघाट र चितौनको वाल्मीकि आश्रममा रामायण लेखेका थिए ।  यी दुई क्षेत्रलाई अन्तर्राष्ट्रिय साहित्यिक धामको रूपमा सरकारले विकास गरेर विश्वव्यापी बनाउनुपर्छ ।  अहिलेसम्म ती क्षेत्रको अवस्था सुसुप्त अवस्थामा रहेको हुँदा नेपाल सरकार संस्कृति मन्त्रालयले जिज्ञाशा राखेर नेपालको एक पवित्र तीर्थस्थल निर्माण गरेर नेपालको प्राचीन सभ्यतालाई उठाउन आवश्यक कार्यक्रम कार्यान्वय गरिनु अत्यावश्यक छ ।  नेपालको गौरव हो कि वाल्मीकि र भानुभक्तजस्ता संस्कृतभाष र नेपाली भाषाका आदिकवि पाउनु ।  नेपाली भूमिमा रहेर संस्कृत र नेपाली भाषामा यी दुई महारथीले रामायण लेखेर नेपालको प्रतिष्ठा बढेकोमा हामी नेपाली गौरवान्वीत छौँ ।  
भानुभक्तको सम्माथार्थ दार्जिलिङको चौरास्तामा भानुभक्तको शालिक बडो सम्मानकासाथ राखिएको थियो ।  गोर्खाल्यान्ड आन्दोलनको बेला नेपालविरोधी उशृङ्खल तìवले भानुभक्तको शालिक ढालेका थिए ।  हामी २०५२ साल असोज महिनामा दार्जिलिङ घुम्न गएको बेला चौरस्तामा भानुभक्तको शालिक ढालेको देख्दा धेरै चिन्तित भयौँ ।  केही वर्षपछि दार्जिलिङको चौरास्तामा नै भानुभक्तको पूर्णकदको शालिक निर्माण भएको कुरा पत्रपत्रिकामा छापिएपछि खुसीयाली मनाइयो ।  पहिचानको लडाइँमा सिक्किमकी एक बिरङ्गना नरबहादुर भण्डारकी श्रीमती दीलकुमारी भण्डारीले भारतको संसद्बाट नेपाली भाषालाई भारतको सरकारी लेखापढीको भाषाको रूपमा राख्ने अभियानमा सफलता हासिल गरेकी थिएन् ।  त्यस्तै सिक्किममा नेपाली भाषालाई सिक्किम राज्यको सम्पर्क भाषाको रूपमा अनिवार्य पाठयक्रमका रूपमा घोषित गरिएको छ ।  सिक्किमी नेपाली भाषीको एकताका लागि सिक्किममा ५० फुट अग्लो भानुभक्तको शालिक बनाउन निर्णय गरिएर यसले नेपाली भाषा अन्तर्राष्ट्रिय भाषाको रूपमा सम्मानित भएको छ ।  भारतका आसाम, मणिपुर, दार्जिलिङ, उत्तराञ्चलको देहरादून, अलमोडालगायत भारतका अनेकौँ ठाउँमा रहेका नेपालीको प्रिय भाषाको रूपमा नेपाली भाषा पुजनीय भइरहेको र भारत सरकारले सरकारी भाषा सरहको मान्यता दिएर नेपाली भाषालाई अन्तर्राष्ट्रिय मान्यता गरेको छ ।  दार्जिलिङमा पनि नेपाली भाषाको ठूलो सम्मान थियो ।  
    भानुभक्तको जन्म वि.सं. १८७१ असार २९ गते आइतवार भएको थियो ।  उनको स्वर्गारोहण वि.सं. १९२५ असोजमा भयो ।  भानुभक्तले आफ्नो जीवनकालमा के कस्ता हन्डर खपे भन्ने कुरा आफ्नै ठाउँमा छन् ।  उनको कतितात्मक भावना प्राकतिक सिर्जनाबाट नेपाली राष्ट्रवादसँग गाँसिएका छन् ।  भानुभक्त नेपाली साहित्यका चरित्रका पुञ्ज हुन् ।  उनले आफ्नो जीवनकालमा के–के गरे र के कस्तो हण्डर खपे भन्ने कुरा आफ्नै ठाउँमा छ ।  उनको कतितात्मक भावना प्राृकतिक सिर्जनाबाट नेपाली राष्ट्रवादसँग गाँसिएको हुन्थे ।  लेखनाथ, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, भवानी भिक्षु, भीमनिधि तिवारी, हृदयसिंह प्रधान, सिद्धीचरण जस्ता साहित्यकार जस्ता स्रष्टाको जन्म हुनु पनि भानुभक्त नै प्रेरक हुन् ।  भाषिक हिसाबले मात्र होइन विश्वभरमा छरिएर रहेका नेपालीका लागि भानुभक्त एकताका पे्ररणा बनेका छन् ।  वाल्मीकि संस्कृत भाषाका आदिकवि हुन् ।  वाल्मीकि रामायण अनुवाद गरेर भानुभक्त नेपाली भाषाका आदिकवि बन्न पुगे ।  आदिकवि भानुभक्त आचार्य नेपालीका नजरमा अजर अमर छन्  ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना