भानुजयन्ती मनाइँदै

bhanubhaktaकाठमाडौँ, असार २९ गते ।  आदिकवि भानुभक्त आचार्यको २०४औँ जन्मजयन्ती (भानुजयन्ती)  विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।  
१८७१ साल असार २९ गते तनहुँमा जन्मनुभएका आदिकविको स्मृतिमा हरेक वर्ष देश–विदेशमा विविध साहित्यिक कार्यक्रमसाथ भानु जयन्ती मनाइँदै आएको छ ।  रामायण बालकाण्ड, प्रश्नोत्तर, भक्तमाला, वधुशिक्षा रामगीता र रामायण लगायत उहाँका थुपै्र नेपाली भाषाका कृति चर्चित छन् ।  उहाँले संस्कृत भाषाबाट रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी नेपाली भाषा साहित्यमाथि ठूलो गुन लगाउनुभएको छ ।  
यसै सन्दर्भमा भानु प्रतिष्ठानले बिहीबार प्रभातफेरीसँगै प्रज्ञाप्रतिष्ठानको परिसरमा रहेको आदिकवि आचार्यको पूर्ण कदको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।  
त्यसैगरी राष्ट्रिय नाचघर जमलले शुक्रबार २०४औँ भानुजयन्तीका अवसरमा सङ्गीत लहरीको आयोजना गरेको छ ।  शनिबार नयाँ–पुराना पुस्ताका सर्जकले भानुभक्त मेमोरियल पानीपोखरीमा कविता वाचन गर्ने कार्यक्रम रहेको छ ।  
प्रतिष्ठानले भानु जयन्तीमा साहित्यकार गीता केशरी र संस्कृतिकर्मी डा. जगमान गुरुङलाई रथारोहण गराई सम्मान गर्ने भएको छ ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना