चुनावी समीक्षा र लोकतान्त्रिक साख


Badri p dahalबद्रीप्रसाद  दाहाल
 

 

यतिखेर नेपालका स्थापित मूलधारका दल भर्खरै सम्पन्न दुई चरणको स्थानीय चुनावबारे आन्तरिक समीक्षामा  जुटेका छन् । विशेष गरेर एमाले र माओवादी केन्द्र समीक्षालाई निर्मम रुपमा गरिने भनी हाइकमान तातेका छन् । काँग्रेस भने समग्र रुपमा स्थानीय चुनावी परिणामलाई शल्यक्रिया गर्न तत्काल जाँगर नउठाएको आभास हुन्छ । ठाउँठाउँका विजयसभामा शीर्ष नेताहरू नै पुगेर कार्यकर्तामा हौसला तथा आन्तरिक कमी कमजोरीको समालोचनामा उत्रने कसरत गर्नु लोकतन्त्रको सुन्दर पक्ष हो  । अमेरिकाका प्रभावशाली राष्टपति अब्राहम लिङ्कनले  भनेझैँ ‘कुशल शासक ( राजनेता )भविष्यको चिन्ता गर्दछन्, तर राजनीतिज्ञ आगामी चुनावको भुट्भुटी । हो, हाम्रा राजनेतामा उक्लन नसकेर राजनीतिज्ञमै सीमित नेता चुनावअघि कसरी स्थानीय सरकार आफ्नो पोल्टामा पार्ने  ? भनेर लचिला र तरल रणनीतिको  हचुमा आपूmलाई होमे । प्रायः अप्राकृतिक र अमिल्दो विचारहीन गठबन्धनमार्फत जसरी पनि विजयमाला पहि¥याउने यिनीहरूको ध्येय देखियो । दुई चरणको स्थानीय चुनावपछि अहिले  हाम्रो दल  कसरी के कारणले जितेन ? के के कमजोरी दलभित्र भए ? अब तेस्रो चरण र  माघभित्र हुने प्रादेशिक एवं सङ्घीय चुनाव कसरी हाँक्न पर्ला ? यिनै विषयमा छलफल, अन्तरक्रिया र भेलाहरू चल्न थालेका छन् । हुन त दलहरू यस्ता भेला हरेक तहको चुनावपछि गरी टोपल्छन् । साँच्चै पार्टी शुद्धीकरण गर्छन् र दललाई आफ्नो सैद्धान्तिक स्पष्ट मार्गमा हिँडाउँछन् क्या र ? भन्ने भ्रमको पुलिन्दा पनि बाँड्छन् शुभेच्छुक र आम जनतामा ।
हाल राष्ट्रिय राजनीतिको रङ्गशालामा बलशाली भनी दरिएका दलहरू नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्र यी तीन तागतहरू नै प्रतिस्पर्धाको मैदानका मूल खेलाडी देखिए । दुई चरणको स्थानीय तहको निर्वाचनको भट्टीमा खारिने क्रममा नेकपा एमाले (जो हालको प्रमुख प्रतिपक्षी दल) अधिकांश पालिकाको स्थानीय सरकारको सत्ता हाँक्ने मुख पात्र बन्न पुग्यो । हालै सम्पन्न  निर्वाचनमा दुई सय पचहत्तर स्थान जित्न सफल एमाले विगत संविधानसभामा  काँगेस वर्चस्व भएका कञ्चपुर, दाङ, काठमाडौँ, रुपन्देही, स्याङ्जा, बागलुङ, गुल्मी र उदयपुरमा पहिलो स्थान लिएर काँगे्रसलाई गतिलो झड्का दियो  । उता पूर्वाञ्चलको केन्द्रविन्दु धनकुटालाई सूर्यमय बनाएर एमालेले सत्ताधारी गठबन्धनलाई नमिठोसित धुलो चटाइदियो । कतिपय स्थानको विजयलाई एमाले आश्चर्यजनक र अर्थपूर्ण भनी व्याख्या गरे पनि  समग्र परिणाममा भने ऊ सन्तुष्ट छैन । परिणामलाई विश्लेषण गर्दै प्रभावशाली युवा नेता शङ्कर पोखरेल भन्छन् —‘खास गरेर सत्तारुढ दलको गठबन्धनको कारण हामीले अपेक्षा गरे अनुसारको नतिजा आउन सकेन तर भावी समयमा हुने प्रदेश र सङ्घीय चुनावमा सत्तारुढ दलबीच गठबन्धन गर्न नमिल्ने हुँदा हामीले स्पष्ट बहुमत ल्याउँछौँ ।’

                  गत हप्ता आफ्नो गृह जिल्लामा चुनावी विजय सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले पार्टी अन्तर्घातको चपेटामा परेको बताए ।  हार्नै नहुने गढ भत्किएको दुखेसो पोख्दै उनले एमाले हराउन अन्तर्घात गर्ने तìव एमाले  हुन सक्दैनन् भनी  पार्टी शुद्धीकरणको  सङ्केत गरेका छन् । हुन पनि तीन सय दस उपप्रमुख जित्न सफल एमाले दुई सय पचहत्तर पालिका प्रमुखमा मात्र जित्नु अन्तर्घातकै दुष्परिणाम हो । ५० देखि ६० प्रतिशत स्थान जित्ने एमाले आँकलन ४५ प्रतिशतमै सीमित  हुन पुगेकोमा एमाले विजयमा हर्षातिरेक मात्र नभएर कुण्ठाग्रस्त पनि बन्न पुगेको छ । प्रदेश नं ४ बाहेक अन्य पाँच प्रदेशमा प्रमुख दल बनेर एमालेले आफ्नो साख उच्च बनाएको  छ ।  एमाले दोस्रो चरणमा चुनावबाट बढारिने  भन्ने विपक्षी  विश्लेषणलाई गतिलो जवाफ दिई आपूm जनमतको भट्टीमा उम्दा ढङ्गले खारिएर विरोधीलाई राम्रै जवाफ दिएको दृश्य प्रतिस्पर्धीका लागि गतिलो थप्पड बन्न पुग्यो  । मूलतः एमाले सत्ताबाहिर रहेर पनि स्थानीय सरकार हाक्न पहिलो बन्नुमा निम्नलिखित कारण हुनसक्ने अनुमान गर्न सकिन्छ ।

         नेपाली काँग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको मसीहा दल भएर पनि यसले लोकतन्त्र भनेको आचार र व्यवहार हो भन्ने कुरा ख्याल गर्न सकिराखेको छैन । ०९७ पछिका नेपालका निर्णायक आन्दोलन हाक्न बुता राख्ने यो दल आफ्ना विचारमा स्पष्टता दिन कामयावी बन्न सकेन । गुटउपगुट र अन्र्तघातको चक्रमा घुम्दै बहिर्घातसमेत गर्न तयार हुने अलोकतान्त्रिक प्रवृत्ति काँग्रेस क्षयको मूल कडी  बन्यो  । योग्य, जनप्रिय, सुसंस्कृत र अन्य क्षेत्रमा रहेर दललाई योगदान पु¥याउने शिक्षक, प्राध्यापक, वकिल, पत्रकार र पेशागत लोकप्रिय व्यक्तित्व सीमान्तकृत गरिएका छन् । स्थानीय सङ्गठन निर्माणमा पनि पुरुषार्थवादभन्दा परिक्रमावाद, गुटवाद, नातावाद आर्थिक चलखेल, भृत्यवाद र अक्षमलाई बटुल्ने र आपूm सधँै प्रथम व्यक्ति ( फसम्यान) बन्ने दीर्घ रोगले पूरै गाँजेको छ । बीपीका कालजयी विचारसित बेखबर भएर आफ्नो आदर्श, सिद्धान्त र कार्यक्रमबाट नमज्जासित चिप्लिएको  काँग्रेस लोकतन्त्रको मूल्यमान्यताभन्दा सत्ता प्राप्ति र त्यसको जोगावट गर्न जोसुकैसित घाँटी जोड्न तयार हुनु कम विडम्बनाको विषय हैन  । रै पनि यसको ऐतिहासिक गरिमालाई बुझेकाहरू काँग्रेसकै पक्षमा छन् । शहरी युवा समुदायबाट काँग्रेस विस्तारै टाढिँदो अवस्थामा भएको यथार्थ त राजधानीकै परिणामले देखायो । चम्किलो काँग्रेस इतिहासलाई धमिलो वर्तमानले समस्या खडा गरेको छ । बीपी जस्ता चिन्तक, किसुनजीजस्ता त्यागी, गणेशमाजस्ता साहसी युगपुरुष जन्माएको काँग्रेस हाल विचारको खडेरीमा, नीति र योजनाको  मरुभूमिबीच बाटो बिराएको पथिकजस्तै बन्न पुगेको छ । स्वयं कााँग्रेसका वरिष्ठ नेता राचन्द्र पौडेलले पोखराको लेखनाथ नगरपालिकामा गत सोमवार सम्बोधनको क्रममा भने — ‘काँग्रेस यसरी दोस्रो हुनुमा  पार्टी शीर्ष नेतृत्वको कमजोरी, उम्मेदवारको छनोट ठीक ढङ्गले नगर्नु र अन्तर्घात हुनु हो ।’ उनको सङ्केत प्रम शेरबहादुरतिर बढी केन्द्रित थियो । पौडेलले यथाशीघ्र पार्टी केन्द्रीय कार्य सम्पादन समितिमा सम्पन्न स्थानीय निर्वाचनको समीक्षा हुनुपर्छ भने पनि सभापति एवं प्रम देउवाले भने प्रदेश चुनावसम्म पर्खन पौडेललाई आग्रह गरेर समीक्षाबाट दीक्षा लिन अटेर गरेको सञ्जालमा आइरहेको छ । काँग्रेस दोस्रो बन्नमा मात्रात्मक रुपले हेर्दा कोही नेता पनि पानीमाथिको ओभानो भने बन्न सक्दैनन् ।

यसै कममा  विगत संविधानसभामा  तेस्रो स्थान पाई खुम्चिएको माओवादी केन्द्रले बल्ल बल्ल त्यही पोजिसन राख्न सफल भयो । ६७ जिल्लामा सम्पन्न स्थानीय चुनावमा २४ जिल्लामा  त  शून्य उपस्थिति देखाएर ८५ सीटमा मात्र आपूmलाई पूर्णविराम  लगाएको छ । सत्ता गठबन्धनको यात्री काँग्रेससित गठजोड गरेर झिनो साख बचाउन केही हदसम्म राहत पाएको यो दल जनस्तरबाट विस्तारै ओरालो लाग्ने क्रममा छ । सीसाझैँ फुटेर चकनाचुर भएको यो दलले पुनर्जीवन पाउन सीमातीत कसरत गर्न पर्ने देखिन्छ । आगामी स्थानीय निर्वाचन र माघमा हुने प्रादेशिक एवं सङ्घीय निर्वाचनमा  माओवादी केन्द्रको स्थिति झन् दयनीय देखिने निश्चित छ । शीर्ष सुप्रिमोको एकल तानाशाहले जनताको विश्वास जित्न  कठिन छ । माकेको वैचारिक धरातल पार्टीमा आएको  भूकम्पले क्षतविक्षत  छ भने यसको सैद्धान्तिक आकाश कालो बादलले डम्म  । पार्टी  आदर्श गलत आचरणको दावानलले उजाड बनेको अवस्था छ । जुन दलमा विचार, सिद्धान्त र आदर्शमा दरिद्रता देखिन्छ त्यस्तो दल जनमतको भट्टीमा खारिदा खारिदै सकिन्छ । यसको वस्तुगत विश्लेण गर्ने हिम्मत हुनुपर्छ यसका नेताहरूसित ।  लोकतन्त्रमा दलहरू राजनीतिक शक्तिगृह हुन् । त्यसैले त दल जनतन्त्रको रीढ मात्र नभएर स्पीरिट वा आत्मा पनि हो । चुनावी महासमरमा खेलाडी बनेर मैदानमा डट्दा हारजीतको प्रक्रिया सामान्य हो । विगतका अनुभव र प्रयोगले आगतलाई दिशा निर्देश गर्ने हुँदा निर्वाचनमा सहभागी तमाम दलले आत्म आलोचना, आत्मपरीक्षण गरेर भावी पाइलालाई सबल बनाउन आवश्यक हुन्छ । हारलाई निश्चित नेताको काँधमा बिसाएर वा अन्तर्घातको जामा पहि¥याइदिएर भावी परिणामले चुली चुम्दैन र सङ्गठन सबल बन्दैन । अतः सबै दल यतिखेर आत्म समीक्षा गरी लोकतन्त्र सुदृढ बनाउन दलभित्र शुद्धीकरणको अभियानमा समाहित हुन जरुरी छ । आत्मसमीक्षा, समालोचना वा आत्मालोचना लोकतान्त्रिक संस्कृतिको अभिन्न क्रम हो । यही प्रकार्य दलीय राजनीतिको पृष्ठपोषकीय तìव भनेर मानिन्छ । नत्र ‘घर घरमा सिंहदरबार’ भन्ने नारा  थारा र नभेटिने आकाशका तारा बन्नेछ ।



थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना