दिवगंत आत्मा हाम्रा वरिपरि हुन्छन् ?


गोरखापत्र अनलाइन

काठमाडौं । हाम्रो पूर्वीय दर्शनमा आत्मालाई अविनाशी भनिन्छ । वास्तवमै आत्मा अमर रहने  तथ्यलाई  विज्ञानले पनि नकारेको छैन । आफ्ना मातापिता वा अन्य प्रियजनसँगको बिछोडको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ । के वास्तवमै मृत्युपछि  हाम्रा प्रियजन सदाका लागि बिदा हुन्छन् वा हामीबाट टाढिन्छन् ?

यदि तपाईलाई वास्तवमै उनीहरु हामीबाट सधैका लागि टाढिएका लाग्छन् भने यो शतप्रतिशत साँचो नहुन सक्दछ किनकि पूर्वीय दर्शन अनुरुप मृत्यु पछि पनि आत्माहरु यो भौतिक संसारमा डुलिरहेका हुन्छन् । यस अतिरिक्त आफ्नो जीवनकालमा मृतकहरुको कुनै उद्देश्य पूरा नभएको वा कसै समक्ष आफ्नो सन्देश पुर्याउनका लागि पनि आत्मा यो भौतिक संसारमा विचरण गरिरहेका हुन्छन् ।

हाम्रा स्वर्गीय प्रियजनहरु हामीसँगै छन् , उनीहरुले हामीहरुलाई छोडेका छैनन् भन्ने महशुस गराउन चाहन्छन् । यसैले कहिँलेकाहीँ घरमा आफ्ना दिवंगत बाबु बाजे खोकेका जस्तो , चूरोट वा तमाखु खाएको र त्यसको बास्ना आएको जस्तो वा बिस्तारै कुरा गरेको जस्तो सुनिनु लगायतका आभासको संकेत उनीहरु हाम्रै वरिपरि छन् भन्ने हो ।

दिवगंत आत्माहरुले हामीलाई देख्न तथा सुन्न पनि सक्छन् , यतिमात्र होईन हाम्रा सुख दुखका अवस्थाबारे समेत उनीहरु जानकार हुन्छन् । यतिमात्र होईन मद्दतका लागि सच्चा मनले पुकारा गर्दा उनीहरुबाट सहयोग पनि हुनसक्छ ।

केही कारणवश आत्माहरु पृथ्वीमा नै पनि भड्किन सक्छन् तर आफ्नो गन्तव्यमा पुगिसकेका आत्माहरु कहिँलेकाहीँ  पृथ्वीमा आएर आफ्ना अति प्रियजनलाई हेर्ने पनि गर्छन् । मानिस जीवित रहँदा उनीहरुप्रति राम्रा नराम्रा जे जस्ता व्यवहार गरिए पनि दिवगंत भैसकेपछि  आफुप्रतिको व्यवहार वा भावनाबारे आत्माहरु अनभिज्ञ हुँदैनन् ।  

दिवगंत आत्मा वा जसलाई हामी पितृ पनि भन्छौं , जुनसुकै रुपमा पनि हाम्रो सामुन्ने आउन सक्छन् । बालक, बूढा, महिला , पुरुष वा जुनसुकै रुपमा पनि उनीहरु आफ्ना प्रियजनसँग भेट्न आउनसक्ने मान्यता पनि समाजमा छ ।

घरमा कहिँलेकाहीँ चीजबस्तुहरु यताउता हल्लिनु ( भूकम्पका कारणले बाहेक ) बत्ति बल्नु वा निभ्नु जस्ता केही अनौठा घटना भएमा सम्झिनुस्  दिवगंत प्रियजन तपाईकै नजिक छन् । आत्माहरु वरिपरि हुँदा यस्ता घटना हुनु निकै सामान्य हो तर यसको अर्थ उनीहरु तपाईलाई त्रसित बनाउन चाहन्छन् भन्ने कदापी होईन । ( इन्टरनेटको सहयोगमा )



थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds