स्थानीय तह निर्वाचन : प्रमुखमा भन्दा दोस्रो पदमा एमाले अझ अघि

election_1काठमाडौंँ, साउन ३ गते ।  स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) पहिलो (प्रमुख र अध्यक्ष) पदमा भन्दा दोस्रो (उपप्रमुख र उपाध्यक्ष) पदमा बढी तहमा विजयी भएको छ ।  दोस्रोमा रहेको नेपाली काङ्ग्रेस पहिलोभन्दा दोस्रो पदमा कम स्थानीय तहमा विजयी भएको छ ।  तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्र भने पहिलो र दोस्रो पदमा हाराहारीमै विजयी भएको छ ।  
निर्वाचन आयोगका अनुसार दुई चरणको निर्वाचनको प्रकाशित नतिजा कुल ६१६ मध्ये पहिलो पदमा २७६ स्थानमा विजय हासिल गरेको नेकपा एमाले उपप्रमुख र उपाध्यक्षमा भने ३११ पदमा विजयी भएको छ ।  प्रतिशतको आधारमा प्रमुख र अध्यक्ष पदमा एमालेले ४४.८० र उपप्रमुख एवम् उपाध्यक्षमा ५०.४९ प्रतिशत पदमा विजयी भएको छ ।  व्यवस्थापिका–संसद्मा पहिलो स्थानमा रहेको नेपाली काँग्रेसले २२६ स्थानमा विजय हासिल गरेको छ भने उपप्रमुख तथा उपाध्यक्षमा १८९ पदमा विजयी भएको छ ।  प्रतिशतको हिसाबमा ३६.६९ प्रतिशत प्रमुख एवम् अध्यक्ष तथा ३०.६९ प्रतिशत उपप्रमुख तथा उपाध्यक्ष पदमा विजयी भएको छ ।
संसद्मा रहेको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र स्थानीय तह निर्वाचनमा पनि तेस्रो स्थानमै छ ।  माओवादीले प्रमुख एवम् अध्यक्षमा ८४ र उपप्रमुख र उपाध्यक्षमा ८६ स्थानमा विजयी भएको छ ।  उक्त पार्टीले प्रमुख एवम् अध्यक्षमा १३.६४ र उपप्रमुख एवम् उपाध्यक्षमा १३.९६ प्रतिशत स्थानमा जितेको छ ।
पहिलो चरणमा २८३ तहका लागि भएको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ भने दोस्रोे चरणमा ३४४ स्थानकै निर्वाचन परिणाम प्राप्त भइसकेको छ ।  
७४४ स्थानीय तहमध्ये तेस्रो चरणमा १२७ स्थानीय तहका लागि निर्वाचन असोज २ गते निर्वाचनका लागि मिति घोषणा भएको छ ।  स्थानीय तह निर्वाचनमा निर्वाचित स्थानीय ६१६ वटा स्थानीय तहका महानगरका प्रमुख उपप्रमुख, गाउँपालिकाका प्रमुख उपप्रमुखको विवरण गोरखापत्रको अनलाइन www.gorkhapatraonline.com मा हेर्नु सक्नुहुनेछ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना