तरकारीले फेरियो जीवन

धनगढी, साउन ३ गते ।  कैलालीको धनगढी उपमहानगरपालिका–१९ फूलबारीस्थित खेदा र नयाँ गाउँका स्थानीयको तरकारी खेतीले जीवन फेरिएको छ ।  
यहाँका बासिन्दा विगतमा भारतमा मजदूरी गरेर गुजारा गर्दै आएका थिए ।  भारतमा पसिना चुहाउँदै गुजारा गरेका उनीहरू अहिले आफ्नै खेतमा रमाउन थालेका छन् ।  
तरकारी खेतीले उनीहरूको आय वृद्धि भएको छ नै, कामका लागि भारत जानुपर्ने बाध्यता पनि हटेको छ ।  ती बस्तीका सबैजसो परिवार तरकारी खेती गरिरहेका छन् ।  तरकारी खेतीमा सिचाइँका लागि गरिबी निवारण कार्यक्रमको सहयोगमा सोलार पम्प जडान भएका छन् ।
‘दैनिक गुजारा गर्न बस्तीका सबैजसो महिला, पुरुष भारतीय क्षेत्रमा गएर उखु काट्ने काम गथ्र्यौं ।  अहिले तरकारी खेती गर्न थालेपछि सबै आफ्नो बारीमा व्यस्त हुन्छन्’ –सीमावर्ती बस्ती नयाँ बस्तीकी कालीदेवी चौधरीले भन्नुभयो ।  ‘कमाइ पनि राम्रो भइरहेको छ । ’
तरकारी खेतीमा लागेपछि घरखर्च जोड्न र बालबालिकालाई पढाउन सजिलो भएको स्थानीय विनिता चौधरीले बताउनुभयो ।  ‘यसअघि, सीमावर्ती भारतीय क्षेत्रमा काम गर्न जानु पर्दा बालबालिकाको स्याहार पनि राम्रोसँग गर्न सकेका थिएनौं’, उहाँले भन्नुभयो ।  ‘तरकारी खेतीपछि आफ्नै बारीमा काम गर्दा अब त्यो अवस्था छैन । ’ कतिपय किसानले १० कट्ठासम्म जमिनमा तरकारी खेती गरेको चौधरीले सुनाउनुभयो ।  
उत्पादित तरकारी सङ्कलनका लागि गाउँमै सङ्कलन केन्द्र पनि स्थापना गरिएको छ ।  उत्पादित तरकारी फूलबारी बजारसँगै धनगढीसमेत बिक्री हुने गरेको छ ।  स्थानीयले अहिले बेमौसमी तरकारी खेती पनि गरिरहेका छन् ।  veg
तरकारी खेतीबाट निकै राम्रो फाइदा भए पनि ढुवानी गर्न भने समस्या रहेको अर्का स्थानीय सरिता चौधरीले बताउनुभयो ।  गरिबी निवारण कार्यक्रम अन्तरगत तरकारी खेतीसम्बन्धी तालिम पाएपछि आफूहरू व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका उहाँको भनाइ छ ।  
‘पहिले आफौले खाने गरिमात्र तरकारी लगाउँथ्यौं ।  व्यावसायिक तरकारी खेती सुरु गरेपछि आफूलाई खानलाई त भएको छ नै, प्राप्त आम्दानीले जीवनयापनमा पनि सहज भएको छ’– उहाँले अगाडि थप्नुभयो ।  बजारसम्म तरकारी पु¥याउन ढुवानीको व्यवस्था भइदिए अझ सहज हुने थियो ।
गरिबी निवारण कार्यक्रमका जिल्ला प्रबन्धक माधव डाँगीले विपन्न परिवारको जीवनस्तर सुधारका लागि कृषि, व्यवसाय आदिमा सहयोग भइरहेको बताउनुभयो ।  उहाँले जिल्लामा गरिबी निवारणका कार्यक्रमले चार हजार ३७३ घरधुरी समेटेको जानकारी दिनुभयो ।  
खेदा र नयाँ गाउँका प्रायः स्थानीय यसअघि छिमेकी राष्ट्र भारतमा गएर उखु गोडमेल गर्ने काम गर्दै आएका थिए ।  अहिले गाउँका अधिकांश व्यक्ति आफ्नै खेतमा लगाइएको तरकारी गोडमेल गर्नमा व्यस्त भएका छन् ।  
तरकारी खेतीबाट सबै खर्च कटाएर राम्रै आम्दानी हुने गरेको सुनाउँदै विनिताले जीविकोपार्जन गर्न सहज भएको बताउनुभयो ।  उहाँले भन्नुभयो, मिहिनेत गर्नसकेमा यसबाट राम्रै फाइदा हुने गरेको छ ।  व्यावसायिक तरकारी खेतीमा लागेपछि हामी सबै खुसी छाँै । ’
खेदा र नयाँ गाउँका स्थानीय कृषकले उत्पादन गरेको तरकारी धनगढीको कृषि हाट बजारसम्म पुग्ने गरेको छ ।  हाट बजारमा तरकारी व्यापार गर्दै आएका केही व्यापारी सङ्कलन केन्द्रमै पुगेर तरकारी ल्याउने गरेको जनाइएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना