काबेली प्रसारण लाइन निर्माण अवरुद्ध

राजु शिवा

इलाम, साउन ६ गते ।  इलाम–पाँचथरमा देखिएको मुआब्जा विवादका कारण पूर्व क्षेत्रको महìवपूर्ण आयोजना काबेली विद्युत् प्रशारण लाइन (कोरिडोर) को काम दुई महिनायता ठप्प छ ।
काबेली आयोजनाले स्थानीयको माग पूरा गर्न नसक्ने र स्थानीयद्वारा आयोजनाले सर्वसाधारणलाई झुक्याएको आरोप–प्रत्यारोपकै कारण दुई महिनादेखि आयोजनाको काम अगाडि बढ्न नसकेको हो ।  आयोजनामा देखिएको मुआब्जा विवाद नमिल्दा इलाम, पाँचथर र ताप्लेजुङमा निर्माण भएका अन्य विद्युत् आयोजनाको उत्पादन केन्द्रीय प्रशारण लाइनमा जोड्न समस्या भएको छ ।   
१३२ केभीए प्रशारण लाइनको काबेली कोरिडोरको कामले गति लिन नसक्दा आयोजना निर्माण पछाडि धकेलिंदै गएको छ ।  झापाको दमकदेखि पाँचथरको अमरपुरसम्मको ९० किलोमिटर दूरीमा पर्ने विभिन्न स्थानका जग्गाको मुआब्जा विवाद समाधान हुन नसक्दा आउँदो चैतमा पूरा हुने भनिएको आयोजना पछाडि धकेलिन थालेको हो ।  kabeli
विशेष गरी इलामको सिद्धिथुम्कामा आयोजनाको काममा अवरोध भइरहेको छ ।  झापा, इलाम र पाँचथर गरी २५८ वटा टावर निर्माण गर्नुपर्ने भए पनि अहिलेसम्म झापा दमकदेखि इलामको गोदकसम्म ३४ किलोमिटर प्रशारण लाइनमा ९५ वटा मात्र टावर निर्माण भएको काबेली कोरिडोर आयोजनाले जनाएको छ ।  इलामको गोदकदेखि पाँचथरको अमरपुरसम्मको ५६ किलोमिटरमा १६३ वटा टावर निर्माण भइरहेको आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिनुभयो ।  १६३ मध्ये पनि ५९ वटा टावर बनिसकेको र १०७ वटा फाउण्डेसन हाल्ने काम भइरहेको द्विवेदी बताउनुभयो ।  
इलामको गोदकदेखि पाँचथर अमरपुरको ५६ किलोमिटर ट्रान्समिसन लाइनमा जम्मा साढे दुई किलोमिटर मात्रै लाइन विस्तार भएको जनाइएको छ ।  ट्रान्समिसन लाइन विस्तारमा वनका रूख कटानी र  स्थानीयलाई मुआब्जा दिने विषयमा विवाद मिल्न सकेको छैन ।
कोरिडोरले प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन (आईईई) प्रतिवेदन विपरीत ट्रान्समिसन लाइनको टावर गाड्न थालेको भन्दै इलाम सिद्धिथुम्कावासीले अवरोध गरेका हुन् ।  स्थानीयको अवरोधपछि देउमाई नगरपालिका–७ सिद्धिथुम्काको पञ्चमी बजार क्षेत्रमा टावर गाड्ने, तार टाङ्ग्नेलगायतका काम दुई महिनादेखि रोकिएको छ ।  स्थानीयले कोरिडोरको काम रोकेपछि टावरका लागि पु¥याइएका सामग्री अलपत्र बनेका छन् ।  
आयोजनाले प्रतिवेदनविपरीत मानव बस्तीबाट तार टाङ्न थालेपछि रोक्नु परेको स्थानीयको भनाइ छ तर, आयोजनाका प्रमुख दीपेन्द्रराज द्विवेदी भने केही व्यक्तिले सर्वसाधारणलाई उचालेर काममा बाधा खडा गरेको बताउनुभयो ।  उहाँले भन्नुभयो– ‘‘हामी हाम्रो नियमअनुसार सर्वसाधारणलाई शतप्रतिशत मुआब्जा दिन तयार छौँ तर, सिद्धिथुम्कावासी पनि यसरी कसैको उक्साहटमा लाग्नुभएन । ’’
सङ्घर्ष समिति नै गठन गरेर काम रोकेका स्थानीय भने प्रशारण लाइन मानव बस्तीभन्दा अन्यत्रबाट लैजानुपर्ने बताइरहेका छन् ।  सङ्घर्ष समितिका अध्यक्ष अगमसिंह मगर यहाँका स्थानीय उक्साहटमा नभई अधिकार मागिरहेको बताउनुभयो ।  
आफूहरू विकासविरोधी नभएको बताउँदै मगरले भन्नुभयो–‘वातावरण प्रभाव मूल्याङ्कन विपरीत काम गरेर आयोजनाले हाम्रो जीवनमाथि खेलवाड गरिरहेको छ । ’
आयोजनाले काम गर्ने स्थानमा १४० घर, विद्यालय, गुम्बा र चर्च रहेको जानकारी दिंदै सङ्घर्ष समितिका सचिव सुसन तामाङ भन्नुहुन्छ–‘आयोजनाले हामीलाई एकलौटीरूपमा पेलेकाले काम रोकेका हौँ । ’
आयोजनाको पाँचथर खण्डमा पनि मुआब्जा विवाद छ ।  मुआब्जा विवादकै कारण पाँचथर फिदिमस्थित पल्लोटारमा प्रशारण लाइनको रुट नै परिवर्तन गर्नुपरेको जानकारी दिंदै आयोजना प्रमुख द्विवेदीले भन्नुभयो– ‘जोरसाल–पल्लोटार हुँदै चोकमागु जोड्ने नयाँ रुट निर्माणका लागि प्रक्रिया अगाडि बढाएका छौँ ।  विगतमा सर्वे भएको रुटमा आठवटा टावर रहने भए पनि नयाँ रुटमा थप चारवटा टावर थप्नुपर्ने भएको छ । ’
सिद्धिथुम्काको जग्गा मुआब्जा विवाद सुल्झाउन इलामका सहायक प्रमुख जिल्ला अधिकारीको अगुवाइमा समिति नै बनाइएको छ ।  
तीन अर्ब ५८ करोड रुपियाँको लागतमा निर्माण भइरहेको आयोजना अन्तर्गत झापा दमकदेखि पाँचथरसम्म चारवटा सव–स्टेशन बन्नुपर्नेमा हालसम्म तीनवटा निर्माण भइसकेका छन् ।  निर्माण भएका सव–स्टेशन सञ्चालन समेत भइसकेका छन् ।  
करिडोर निर्माण आर्थिक वर्ष २०६२÷६३ मा थालिएको थियो ।  २०६७ सालमा परामर्शदाता नियुक्त गरी निर्माण कार्य अघि बढाइएको दीपेन्द्रराज द्विवेदीले बताउनुभयो ।  भारतीय निर्माण कम्पनी जगवर एण्ड एष्टर प्रालिले ट्रान्समिसन लाइन निर्माणको ठेक्का पाएको छ ।  दमक सव–स्टेशनको ठेक्का मुडभरि एण्ड जोशी कन्स्ट्रक्सनले पाएको थियो भने बाँकी तीनवटाको एबीबी इण्डिया लिमिटेडले पाएको छ ।  
काबेली करिडोरमा विश्व बैंक, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको तीन अर्ब ५८ करोड रुपियाँ लगानी छ जसमध्ये ८० प्रतिशत विश्व बैंकको ऋण तथा अनुदान र बाँकी नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानी रहेको आयोजना प्रमुख द्विवेदीले जानकारी दिनुभएको छ ।  
हालसम्म  इलामको सानिमा माइका दुईवटा, पुवाखोलाका दुई र अपर माइको दुई आयोजना करिडोरमा जोडिइसकेको द्विवेदीले जानकारी दिनुभयो ।  ट्रान्समिसन लाइन पूरा नभएका कारण पाँचथरको हेवाखोला ‘ए’ भने इलाम–फिदिम ३३ केभिए प्रशारण लाइनमा जोडिएको छ ।  ट्रान्समिसनको काम पूरा हुने बित्तिकै १४.९ मेगावाटको हेवा ‘ए’ करिडोरमै जोडिने छ ।  करिडोर ढिलो बन्दा पाँचथरमा निर्माणाधीन ९.५ मेगावाटको हेवाखोला ‘बी’ र २५ मेगावाटको कावेली ‘बी वान’ लगायतका जलविद्युत् आयोजनाको काम समेत प्रभावित बनेको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना