‘लिभिङ टुगेदर’ ले निम्ताएका समस्या

 pradeep upretiप्रदीप उप्रेती




 

समयको परिवर्तित परिस्थितिअनुसार नेपाली समाजको सोचाइमा व्यापक रूपमा परिवर्तन हुँदै आएको छ ।  यही परिवर्तनको परिणाम स्वरूप आम जनजिब्रोको बोलीले लिभिङ टुगेदर नामको नौलो सामाजिक रहनसहनको पद्धति आधुनिकताको नाममा नेपाली समाजमा विगत केही समययता सुशुप्त रूपमा विकसित हुँदै आएको छ ।  सामान्यत ः समाजद्वारा निर्देशित विवाहको पूर्व स्वीकृित विना नै नारी तथा पुरुषसँगै बस्ने योजनाको अर्थको रूपमा यसलाई बुझ्न सकिन्छ ।  कतिपय अवस्थामा यस पद्धतिलाई आत्मसात् गर्ने रहर सम्बन्धित जोडीको भए पनि  कहिलेकाहीँ  बाध्यात्मक अवस्था सिर्जना भएको देखिन्छ ।  यस्ता प्रकारका गतिविधि नेपाली समाजमा दिनानुदिन मौलाउँदै गएमा आपराधिक क्रियाकलापको वृद्धि हुने सम्भावना रहन्छ ।  किनकि समाज शास्त्रीय हिसाबमा अपराधको ठूलो हिस्सा यौनजन्य गतिविधिमा नै बढी मात्रामा केन्द्रित रहन्छ भन्ने मान्यता रहेको पाइन्छ ।  अघोषित रूपमा नेपाली समाजमा विद्यमान रहेको यस पद्धतिलाई बेलामै विचार पु¥याउन सकिएन भने यस्ता गतिविधिलाई अवलम्बन गर्ने समस्याग्रस्त भई कानुनी उपचारका लागि न्यायिक अदालतका ढोकामा धाउनुको साथै समस्या उग्रता हुने समेत देखिन्छ ।  किनकि समस्या निराकरणका लागि प्रस्ट कानुनी उपचारको अभावमा समाधानभन्दा पनि जटिलता थपिन सक्ने छ ।  हुन त आज एक्काइसौँ शताब्दीको नेपाली समाजले विवाह पूर्वको अवस्थालाई स्वीकार गर्नै नसक्ने अवस्था पनि होइन तर त्यसो भन्दैमा समाजलाई नै पाच्य नहुने गरिएको व्यवहार कदापि पनि स्वीकार्य  हुन  सक्दैन ।  
कतिपय अवस्थामा नारी तथा पुरुष वर्गलाई एकै स्थानमा बस्न पर्ने अवस्था नआउला भन्न सकिँदैन तर प्राकृतिक प्रदत्त व्यवहारमा संयमता अपनाई वास्तविक रूपमा नैतिकवान हुन सके कुनै पनि समाजले औँला उठाउने स्थान नपाई सामाजिक विकृति फैलिन नसक्ने निश्चित छ तर यो त्यस अवस्थामा मात्र सम्भव रहन्छ, जतिबेला आफ्नो अन्तरमनलाई वास्तविक रूपमा नियन्त्रणमा राखी पूर्ण रूपमा आत्म–संयमता अपनाइन्छ ।  यदि यसको विपरीत अवस्था कायम रहन जाने हो भने पक्कै पनि यस्ता गतिविधिमा संलग्न रहेको जोडीलाई भविष्यमा कानुनी जटिलताका अतिरिक्त सामाजिक बहिष्कारको समस्या समेत व्यहोर्नुपर्ने अवस्था आउन सक्ने भएकाले विचार पु¥याउनु बुद्धिमानी ठहरिने छ ।
बढ्दो शहरीकरण तथा कामको खोजीमा दिनहँु दुर्गम स्थानबाट सुगमतर्फ बसाइसराइँका क्रममा नेपाल राज्यका अधिकांश भूभागमा दैनिक रूपमा नागरिकको चाप बढ्दै गएको छ ।  यसका कारण कतिपय अवस्थामा कोठाभाडा लगायतका समस्याले गर्दा साथीका रूपमा एकैै स्थानमा बस्नुपर्ने परिस्थितिको जन्म हुन्छ ।  यस अवस्थामा सँगै रहेका नारी तथा पुरुष वर्गले लैङ्गीय हिसाबमा आदर भावको विकास गर्नुको साथै एकले अर्को समूहलाई हेर्ने परिपाटीमा सचेतता अपनाई आफू–आफूमा विश्वासको अवस्था सिर्जना गर्न सके  कुनै पनि प्रकारको व्यवधान खडा हुने अवस्था पक्कै पनि रहँदैन ।  
  समाजको ऑ‘खामा धुलो छर्दै यदि गलत प्रवृत्तिलाई आत्मसात् गर्ने चेष्टा गरिन्छ भने त्यस्ता व्यवहारले पक्कै पनि कुनै कालखण्डमा संगै रहेका जोडीको हकमा वास्तविक विवाहको समयमा पुरुष तथा नारी दुवै वर्ग अत्यधिक मात्रामा पीडित हुन सक्ने सम्भावना रहन्छ ।  किनकि यो नेपालको मात्र नभई समग्र दक्षिण एसियाका अधिकांश मुलुकको साझा मुद्दाको रूपमा झाङ्गिदै गएको छ ।  जस्ले मानव मात्रलाई सामाजिक समस्याको दल–दलमा फसाउन सक्ने देखिन्छ ।  अतः यस्ता गतिविधिको अत्यधिक मात्रामा वृद्धि हुनुमा जन–अविश्वासको घनचक्कर, अशिक्षा, तथा पितृसत्तात्मक सोचका कारण उब्जिएको विशुद्ध सामाजिक समस्याको रूपमा यसलाई मान्न सकिन्छ ।  
तसर्थ,  एकाइसौँ शताब्दीमा नारी तथा पुरुषबीचको लक्ष्मण रेखालाई हेक्का राख्दै गरिने व्यवहारले नै लिभिङ टुगेदरमा हुने तथा रहने चुनौतीलाई न्यूनीकरण गर्नमा महŒवपूर्ण भूमिका खेल्न सक्ने देखिन्छ ।  भनिन्छ सत्चरित्र रहेको व्यक्तित्वलाई  कसी लगाई रहनुपर्ने आवश्यकता नै पर्दैन ।
वर्तमान समयमा विश्व समुदायमा रहेको यस नौलो चुनौतीलाई समाधान गर्ने हेतुले अफ्रिका महादेशमा अवस्थित बुरुन्डी सरकारले जनसङ्ख्या नियन्त्रणका लागि भनेर विवाह पूर्व श्रीमान्÷श्रीमतीको रूपमा सँगै बस्ने जोडीलाई यस वर्षको अन्त्यसम्म विवाह गर्न आदेश दिएको छ ।  यस आदेशको अवज्ञा गर्ने जोडी वा समूहलाई कानुनी कठघरामा उभ्याउनसमेत पछि नपर्ने जनाएको  छ ।  नेपालमा समेत दैनिक रूपमा लिभिङ टुगेदरको समस्या चुलिँदै गएको छ ।  केही दशक अगाडिसम्म लैङ्गीय हिसाबमा विपरीत लिङ्गसंँग बोल्न वा हिमचिम गर्न समेत लजाउने नेपाली समाज आज सूक्ष्म रूपमा लिभिङ टुगेदरको अवधारणालाई स्वीकार गर्न पछि नपरेको अवस्था छ ।  किनकि सञ्चारको साधनको अत्यधिक विकासको साथै पाश्चात्य समाजको अनुशरण गर्ने प्रवृत्तिका कारण आजका नेपाली युवा–युवती माझ यो धारणा स्वतफूर्त रूपमा आएको हो  वा अन्य कुनै कारणले यस्ता गतिविधिले प्रश्रय पाएका हुन्, यसको मूल कारक तŒव पहिल्याइ समस्या समाधानका लागि अग्रसर हुनुपर्ने जरुरी भइसकेको छ ।  trajity
अतः यस्ता गतिविधि अवैध रूपमा बढ्दै गएको खण्डमा अन्य विकसित राष्ट्रमा जस्तै नेपालमा समेत अवैध जनसङ्ख्या वृद्धि गराउनमा सूक्ष्म रूपमा महŒवपूर्ण भूमिका खेल्न यस्ता कदम सहायक सिद्ध हुनेछन् ।  यसदेखि बाहेक अवैध गर्भपतनलगायतका अन्य समस्या समेत समाजमा बढ्न जाने देखिन्छ ।  तसर्थ, यस्ता क्रियाकलापको वृद्धिबाट निकट भविष्यमा मातृत्व र पितृत्वको पहिचान विनाको समुदायको वृद्धि हुने कुरालाई अस्वीकार गर्न पनि सकिँदैन ।   समाजमा नयॉ चुनौती भर्न सक्ने यस्ता कार्यलाई समयमा नै निरुत्साहित बनाउन सम्भव भए सम्मका सबै उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ ।
अतः लिभिङ टुगेदरको व्यवहारमा सचेतता अपनाइएन भने कालान्तरमा गई अघोषित रूपमा अवैध जनसङ्ख्या वृद्धिको मार सहन मुलुक बाध्य हुनुपर्छ ।  दैनिक रूपमा अत्यधिक मात्रामा समाजमा हुने यस्ता गतिविधिले प्रोत्साहन पाउने हो भने समाजमा हाल कायम रहन आएको मौजुदा कानुनी व्यवस्थालाई पनि परिमार्जन गर्नुपर्ने अर्को चुनौती थपिन सक्छ ।  किनकि त्यस्ता समूहबाट जायजन्म भएको नागरिकलाई राज्य पक्षले कुन नजरबाट हेर्ने हो, यसमा प्रस्ट धारणा आउनु अत्यन्त जरुरी छ ।  यसका बाबजुद पनि लिभिङ टुगेदरको गतिविधि बढ्दै गएमा समाजमा मान्यता प्राप्त हँुदै आएको विवाहको औचित्य समेत  लगभग  समाप्त हुन जाने सम्भावना रहन्छ ।  
 जीवशास्त्रीय दृष्टिकोणले मानवमा यौनिक आवश्यकता परिपूर्ति भएको खण्डमा आजका युवा पुस्ताले विवाहलाई कुन रूपमा मूल्याङ्कन गर्ने हुन्, यस तथ्यलाई राम्ररी मनन गर्नुपर्ने देखिन्छ ।  अतः लिभिङ टुगेदरका कारण आउने विकृितको परिणामलाई बेलामै औँल्याएर यसलाई नियन्त्रण गर्न आवश्यक भई सकेको छ ।  वास्तविक रूपमा सच्चा नर–नारीका लागि विवाह दाम्पत्य जीवन सुमधुर रूपमा अगाडि बढाउदै वंशवृद्धि गर्ने महŒवपूर्ण कडी भएको हँुदा आदर्श विवाहको औचित्यलाई  कम आँक्न  मिल्दैन ।
यति हुँदाहँुदै पनि नेपाली समाजमा नारी तथा पुरुषले एकअर्कामा सम्मान गर्ने परिपाटीको विकास गर्दै लिभिङ टुगेदरकै रूपमा आबद्ध रहने जमर्को गर्छन् भने त्यस्ता कदमलाई हेर्ने समाजको आँखालाई परिवर्तन गर्नु जरुरी छ ।  सहयोगी भावका साथ अगाडि बढ्ने प्रण गर्ने हो भने अवश्य पनि यस पद्धतिमा पनि कुनै समस्या नरहने  निश्चित छ ।  अतः सकारात्मक सोचका साथ अगाडि बढने हो भने आदर्श नेपाली समाजको परिकल्पना अवश्य पनि गर्न सकिन्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना