अधुरै छन् पुष्पलालका सपना

hasta bdr kcहस्तबहादुर के.सी.


 

२०३५ साल श्रावण ७ गते नेपाल कम्युनिष्ट पार्टीका महासचिव पुष्पलालको देहवसान भएको थियो ।  आजको दिन नेपाली कम्युनिष्ट आन्दोलन तथा नेपालको प्रजातान्त्रिक आन्दोलनमा एक ऐतिहासिक दिन हो ।  आजको दिन पुष्पलालका योगदानहरूका बारेमा परिचर्चा गर्नु हाम्रो कर्तव्य ठहर्छ ।  कमरेड पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव हुनुहुन्छ ।  उहाँको नेतृत्व र पहल कदमीमा वि.सं. २००६ वैशाख १० (सन् १९४९ अप्रिल २२) गते भारतको कोलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।  नेकपाका अन्य संस्थापकहरूमा नारायण विलास जोसी, निरञ्जन गोविन्द बैद्य, नरबहादुर कर्मचार्य र मोतीदेवी श्रेष्ठ हुनुहुन्छ ।  यी पाँच जना युवाहरूले तत्कालीन समयमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेर एउटा ऐतिहासिक कार्यभार पूरा गर्नु भएको थियो ।  
सन् १९१७ अक्टुबर २५ तारिखका दिन सोभियत रुसमा सम्पन्न भएको महान् अक्टुबर समाजवादी क्रान्ति, चीनको नयाँ जनवादी क्रान्ति तथा भारतको तेलङ्गना सशस्त्र सङ्घर्षको प्रभाव र नेपाली क्रान्तिको ऐतिहासिक आवश्यकताका बीचबाट जब २००६ साल वैशाख १० गते अर्थात् २२ अप्रिल १९४९ मा नेपालमा पुष्पलालको नेतृत्वमा जुन कम्युनिष्ट पार्टीको स्थापना भयो, त्यसपश्चात् १५ सेप्टेम्बर १९४९ मा नेपाल कम्युनिष्ट पार्टीको पहिलो घोषणापत्र प्रकाशित गरियो ।  नेपाल कम्युनिष्ट पार्टीको स्थापनाको यस ऐतिहासिक अवसरलाई हामी नेपालका क्रान्तिकारी कम्युनिष्टले एक युगान्तकारी परिघटनाका रूपमा ग्रहण गर्न आवश्यक छ ।  
त्यो बेला नेपाली समाजको स्वरूपलाई अर्थ–सामन्ती अर्थ औपनिवेशिक मान्दै नेपालमा सामन्तवाद, साम्राज्यवाद तथा भारतीय एकाधिकारवादका विरुद्ध लोक–गणतान्त्रिक राज्यसत्ताको स्थापना गर्नु पर्ने कुरा बताइएको थियो र २००८ सालको प्रथम राष्ट्रिय सम्मेलनमा नयाँ जनवादी कार्यक्रमको रूपमा स्पष्ट पार्टीको आधारभूत कार्यक्रम ठोस गरियो ।  साथै यस प्रथम राष्ट्रिय सम्मेलनबाट पनि कमरेड पुष्पलाललाई नै पार्टीको महासचिव बनाइयो ।  
यसरी कमरेड पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिव हुनुका साथै महान् नेपाली नयाँ जनवादी क्रान्तिका रणनीतिज्ञ र योजनाकार तत्कालीन नेपाली समाजको वास्तविक विश्लेषणकर्ता र एउटा कर्मठ एवं अथक क्रान्तिकारी योद्धा र नेपाली संयुक्त जन आन्दोलनका सिद्धान्तकार समेत हुनुहुन्छ ।  यी सबै गुण विशेषता, क्षमता र क्रान्तिकारी व्यक्तित्वकै कारण अहिले पनि नेपालका सबै कम्युनिष्टले कमरेड पुष्पलाललाई बहुत ठूलो आदर–सम्मान र एक क्रान्तिकारी योद्धाका रूपमा मान्दछन् ।  
यति भएर पनि कमरेड पुष्पलालका महान् नेपाली नयाँ जनवादी क्रान्तिका सुन्दर सपनाहरू अधूरै
छन् ।  आज नेपाली कम्युनिष्ट आन्दोलनले ६८ वर्ष, ३ महिना पार गरिसक्दासम्म पनि कमरेड पुष्पलालले शुरु गरेको महान् नेपाली क्रान्तिको यात्रा सम्पन्न भएको छैन, अर्थात् महान नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न भएको छैन र यतिबेला त महान नेपाली नयाँ जनवादी क्रान्थिमाथि ग्रहण लागि रहेको छ ।  आज नेपाली क्रान्तिको समग्र आकाशमाथि दक्षिणपन्थी अवसरवादको कालो बादल मडारिरहेको छ ।  अहिले नयाँ जनवादी क्रान्तिको सामुन्वयमा गोमन सर्प खडा हुन पुगेको छन् ।  किनकि अहिले दक्षिणपन्थी अवसरवाद र सबैखाले संशोधनवादहरू नेपाली क्रान्तिका सामु मुख्य खतराको रूपमा खडा हुन पुगेको छ ।  यस कारणले नै कमरेड पुष्पलालका महान् नेपाली क्रान्तिको सुन्दर सपनाहरू धरापमा परिरहेका छन् ।  
नेपाली नयाँ जनवादी क्रान्तिमाथि अहिलेबाट मात्र होइनकै वि.सं. २०१० तीर बाट ग्रहण लाग्न शुरु भएको हो र त्यतिबेलादेखि नै नेपाली क्रान्तिको आकासमाथि जुन दक्षिणपन्थी अवसरवादको कालो बादल मडारिन शुरु भएको त्यो आजसम्म नहटेर झन् धनिभूत बन्दै गएको छ ।  
२०१० सालमा पार्टीको पहिलो महाधिवेशन सम्पन्न भयो ।  यस महाधिवेशनले पुष्पलाललाई पन्छाएर राजावादी रुझान राख्ने मनमोहन अधिकारीलाई महासचिवमा चुन्यो ।  त्यही दिनदेखि नै महान् नेपाली नयाँ जनवादी क्रान्तिको आकासमाथि दक्षिणपन्थी अवसरवादको कालो बादल मडारिन शुरु गरेको हो ।  यसै बीच अर्थात् २०१० माघ २६ गते तत्कालीन प्रतिक्रियावादी सरकारले कम्युनिष्ट पार्टी माथि प्रतिबन्ध लगायो ।  २०१३ सालमा तत्कालीन महासचिव मनमोहन अधिकारीको नेतृत्वमा राजाको वैधानिक नायकत्वलाई अङ्गीकार गरि पार्टी माथिको प्रतिबन्ध हटाउने काम गरियो ।  यसरी यही मितिदेखि नै नेपाली कम्युनिष्ट आन्दोलनभित्र विधिवत रूपमा दक्षिणपन्थी अवसरवाद घुस्न सफल भएको हो ।  
यसै क्रममा २०१४ सालमा पार्टीको दोस्रो महाधिवेशन सम्पन्न भयो ।  यस महाधिवेशनले राजावादी डा. केशरजङ्ग रायमाझीलाई महासचिवमा निर्वाचित ग¥यो ।  त्यस महाधिवेशनमा नयाँ जनवादको पक्षपोषण गरिए पनि दस्तावेजमा उल्लेख गरिएन ।  तर गणतन्त्रको नारा भने पारित गरिएको थियो ।  
२०१७ साल पुस १ गते राजा महेन्द्रद्वारा गरिएको फौजीकाण्ड पश्चात् भारतको दरभङ्गामा पार्टीको केन्द्रीय प्लेनम आयोजित गरियो ।  त्यहाँ राजनीतिक कार्यनीतिका रूपमा संविधानसभाको निर्वाचनलाई स्वीकार गरियो ।  तर त्यसलाई केन्द्रीय समितिले मानेन ।  २०१९ सालमा सम्पन्न पार्टीको तेस्रो महाधिवेशनमा पार्टी रुसी आधुनिक संशोधनवादको प्रभावमा प¥यो र आधारभूत राजनीतिक कार्यक्रमका रूपमा राष्ट्रिय प्रजातन्त्र र मूल राजनीतिक कार्यनीतिका रूपमा सर्वसत्तासम्पन्न सार्वभौम संसद्लाई स्वीकार गरियो ।  तुल्सीलाल अमात्यलाई महासचिव बनाइयो ।  
तेस्रो महाधिवेशनपश्चात् पार्टी भित्र तीव्र दुई लाइन सङ्घर्ष चल्यो ।  यस प्रक्रियामा तुल्सीलालको ‘कुन बाटो’ र पुष्पलालको ‘मूल बाटो’ को बीच तीव्र विवाह भयो ।  रूपमा मूल बाटो केही सकारात्मकजस्तो देखिए पनि सारमा दुवैका बीच ताìिवक अन्तर थिएन ।  यसैक्रममा पार्टी विभिन्न समूहमा विभाजित भयो ।  पार्टीमा विभाजनको प्रक्रियामा दक्षिणपन्थी संशोधनवादी धारा रायमाझी समूह तथा ख्रुश्चेवी पक्षीय राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम स्वीकार गर्ने तुल्सीलाल समूह देखा परे भने क्रान्तिकारी धारामा माक्र्सवाद–लेनिनवाद र माओविचारधारा तथा नयाँ जनवाद पक्षधर २०२५ सालमा तेस्रो राष्ट्रिय सम्मेलन गर्ने पुष्पलाल समूह, २०२८ सालको झापा विद्रोह गर्ने समूह तथा २०२८ सालमै केन्द्रीय न्यूक्लियस गठन गरी २०३१ सालमा चौथो महाधिवेशन गर्ने समूह विकसित भए ।  
झापाली समूहले २०३२ सालमा कोअर्डीनेशन कमिटी (कोकेमाले) गठन गरी २०३५ सालमा नेकपा (माले) गठन गर्न पुग्यो ।  यसरी अगाडि बढ्ने क्रममा चौमभित्र पनि फूट विभाजन पैदा भयो र नेकपा
(एकता केन्द्र), नेकपा (मशाल), नेकपा (मसाल) मा विभाजित हुन पुगे ।  २०४८ सालमा एकता केन्द्र, मशाल, सर्वहारा श्रमिक सङ्गठन र मसालबाट विद्रोह गरेकाका बीच एकता सम्पन्न गरी नेकपा
(एकताकेन्द्र) गठन हुन पुग्यो भने झापाविद्रोह सङ्गठित हुँदै अगाडि बढेको माले समूह पनि २०४७ पुस २२ गते नेकपा (माक्र्सवादी) बीच एकता गरी नेकपा (एमाले) बन्न पुग्यो र यसले २०४९ सालमा सम्पन्न पाचौँ राष्ट्रिय महाधिवेशनबाट ‘जनताको बहुदलीय जनवाद’ अङ्गीकार गरी नयाँ जनवादी कार्यक्रमलाई परित्याग गरी पँुजीवादी संस्दीय व्यवस्थामा पतन हुन पुग्यो ।  
अर्कोतिर नेकपा (एकताकेन्द्र) ले २०४८ सालमा एकता महाधिवेशन सम्पन्न ग¥यो र पथप्रदर्शक सिद्धान्तका रूपमा माक्र्सवाद–लेनिनवाद–माओवादलाई अङ्गीकार गर्न पुग्यो र दीर्घकालीन जनयुद्धको कार्यदिशा पारित ग¥यो ।  एकता केन्द्र भित्र पनि दीर्घकालीन जनयुद्धमा जाने पक्षधर र नजाने पक्षधरबीच तीव्र दुई लाइन सङ्घर्ष चल्यो ।  र पार्टी विभाजनसम्म हुन पुग्यो ।  दीर्घकालीन जनयुद्ध पक्षधरले पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नेकपा (माओवादी) गठन गरेर २०५२ साल फाल्गुन १ गतेदेखि सशस्त्र जनयुद्धको शुरुवात गरियो भने निर्मल लामाको नेतृत्वमा जनयुद्धमा नाजने घरहरूले नेकपा (एकता) केन्द्र गठन पुगे ।
यता नेकपा (माओवादी) को नेतृत्वमा सञ्चालन गरिएको जनयुद्ध दश वर्षसम्म चल्यो ।  यस प्रक्रियाअन्तर्गत दशौँ हजार नेपाली आमाका असल तथा आँटी छोराछोरीले ज्यान अर्पण गर्न पुगे भने हजारौंको सङ्ख्यामा विपत्ता भए, अङ्गभङ्ग र घाइतेसमेत हुन पुगे ।  
२०६२ असोजमा सम्पन्न केन्द्रीय समितिको बैठकबाट नेकपा (माओवादी) ले दीर्घकालीन जनयुद्धको कार्यदिशालाई स्थगित लोकतान्त्रिक गणतन्त्रको कार्यक्रमलाई स्वीकार गरी शान्ति प्रक्रियामा प्रवेश ग¥यो ।  त्यसयता यसको मुख्य नेतृत्वले विस्तृत र शान्ति सम्झौता हँुदै जनयुद्धका प्रक्रियामा निर्माण गरिएका आधार इलाकाहरू जनसत्ता, जनअदालत, जनसरकार विघटन पुग्यो ।  त्यस नेतृत्वले साम्राज्यवाद तथा विस्तारवादका सामु लम्पसार पर्दै आत्मसर्मपण गर्न पुग्यो र जनमुक्ति सेनाको विघटन र पहिलो संविधानसभा समेत विघटन गरि कथित दोस्रो संविधानसमस्या सामेल भएर प्रतिगामी संविधान निर्माण गर्ने र त्यसको कार्यान्वयनको निम्ति मरिहत्य गर्दै प्रतिक्रियावादी सरकारको नेतृत्व गर्ने र सहभागी बन्ने समेतको कार्य गर्दै उही पुरानो मक्किएको संसदीय व्यवस्थालाई स्वीकार गर्दै संसदीय व्यवस्थामा पतन हुन पुग्यो ।  र यसले क्रान्तिलाई धोका दिए पछि त्यस भित्रका क्रान्तिकारीले मोहन वैद्य किरणको नेतृत्वमा नेकपा–माओवादी हुँदै नेकपा (क्रान्तिकारी माओवादी) ले अहिले नेपाली कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धाराको नेतृत्व गरिरहेको छ ।  यसमा पनि बीचबीचमा फुट विभाजनका शृङ्खला रहे नै ।  अहिले यस समूहले पनि वैधानिक मोर्चा देउवाको तर्फबाट स्थानीय तहको निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने नीति लिएको छ ।  
यसरी करिब ६८ वर्षको अन्तरालमा नेपाली कम्युनिष्ट आन्दोलनले पूरै विभाजन अन्तर सङ्घर्ष, दुई लाइन सङ्घर्ष, जनआन्दोलन, सशस्त्र युद्ध गर्दै विशाल अनुभव बटुल्न सफल भएको छ ।  यस ऐतिहासिक प्रक्रियाहरू पार गर्दै अगाडि बढ्ने क्रममा आज दक्षिणपन्थी संशोधनवादी, नवसंशोधनवादी, धारा एकातिर र अर्कोतिर क्रान्तिकारी धारा गरी दुई विपरीत धारामा नेपाली कम्युनिष्ट आन्दोलन विभक्त हुन पुगेको छ ।  क्रान्तिकारी धारा आत्मगत धरातलका आधारमा ज्यादै कमजोर हुन पुगेको छ भने संसदवाद र संसदीय व्यवस्थामा पतन हुन पुगेको दक्षिणपन्थी संशोधनवादी, नवसंशोधन वादी धारा बलियो देखिन पुगेको छ ।  यिनै फुट, विभाजनकै कारण नेपाली कम्युनिष्ट आन्दोलन कम्जोर भएकै कारण नेपाली कम्युनिष्टको करिब ७० प्रतिशत नेपाली भूमिको धरातल ओगटेको भए पनि प्रतिक्रियावादी सत्तामा हावी भइरहने मौका पाइराखेका छन् ।  
यी माथि उल्लेखित कारणले गर्दा नेपाली कम्युनिष्टको जनताका बीचमा अति ठूलो प्रभाव रहँदारहँदै पनि नेतृत्व तहबाट नेपाली क्रान्तिलाई गम्भीर प्रकारको धोका दिने र नेपाली जनताप्रति बेइमानी गर्दै आएका कारण नेपाली क्रान्ति दूरदराजको वस्तु बन्न पुगेछ ।  
जनआन्दोलनको कार्यदिशा अङ्गीकार गर्दै आएका कम्युनिष्ट र सशस्त्र जनयुद्धको कार्यदिशा अङ्गीकार गर्दै आएका कम्युनिष्ट दुवैले दक्षिणीपन्थी बाटो तय गरेर दक्षिणपन्थी सशोधनवाद, नवसंशोधनवादमा पतन हुँदै संसदीय व्यवस्थामा उम्कनै नसक्ने गरी चुर्लुम्म डुब्न पुगे पछि सरकारमा दर्ता भएका कम्युनिष्टले क्रान्तिको नेतृत्व गर्न नसक्ने भएकै कारण कमरेड पुष्पलालका महान् नेपाली नयाँ जनवादी क्रान्तिका सुन्दर सपनाहरू पूरा हुन सकिरहेका छैनन् ।  यही कुरा नै साँचो हो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना