अपार सम्भावना बोकेको कृषि क्षेत्र

dhun bdr bcढुनबहादुर बुढाथोकी


उद्योगधन्दा कलकारखाना आर्थिक समृद्धि ढोका खोल्ने चाबी मानिन्छ तर उद्योगधन्दा सञ्चालन गर्नु त्यति सजिलो छैन ।  पुँजी, प्रविधि, ज्ञान, उद्यमशीलता विना उद्योगधन्दा असम्भव कुरा हो ।  सामान्यता मझौला खालको सिमेन्ट वा कपडा कारखाना निर्माण गर्न एक÷डेड अर्ब रुपियाँ आवश्यक पर्छ ।  स्थापना गर्न ३–४ वर्षको समयावधि दरोकार पर्छ ।  लगानी उठाउन १५–२० वर्ष कुर्नैपर्छ ।  मझौला खालको जलविद्युत् आयोजना निर्माण ५–६ वर्षको समयावधि चाहिन्छ ।  उत्पादन लागतप्रति मेगावाट सरदर १६ करोड रुपियाँ पर्न जान्छ ।  लगानी उठाउन २०–२५ वर्ष नकुरी धरै पाइँदैन ।  
परन्तु, कृषि यस्तो क्षेत्र हो, जुन थोरैभन्दा थोरै पुँजीमा सुरुवात गर्न सकिन्छ ।  अर्थात् प्रकृतिअनुसार २–४ हजारको बिउ पुँजीबाट सुरु गर्न सकिन्छ ।   प्रकृतिअनुसार कृषिमा प्रतिफल तीन महिना देखि पाँच वर्षमा सहजै प्रतिफल प्राप्त गर्न सकिन्छ ।  खासै ज्ञान, सीप र प्रविधिको आवश्यक पर्दैन ।  कृषि क्षेत्रद्वार समृद्धि ल्याउन सकिने अनेकन उपक्षेत्र छन् ।  फलफूल, तरकारी, जडीबुटी, पशुपालन, मौरीपालन, कुखुरापालन, मत्स्यपालन उच्च सम्भावनायुक्त क्षेत्र हुन् ।   
मनाङ, मुस्ताङको हावापानी ट्राउटको लागि अति उत्तम मानिन्छ ।  अन्य हिमाली जिल्लामा ट्राउट अनुकूल हावापानीको अभाव छैन ।  केवल २५० रुपियाँ बराबरको दानाद्वारा एक केजी ट्राउट उत्पादनका गर्न सकिन्छ ।  जबकि एक केजी ट्राउट एक हजार रुपियाँमा सहजै बिक्री हुन्छ ।  ट्राउटद्वारा स्थानीय स्तरमा रोजगारी सृजना वा माछाको आयात प्रतिस्थापना मात्र गर्न सकिँदैन बरु कृषि पर्यटन प्रवद्र्धनमा समेत टेवा मिल्छ ।  
हाइब्रिड बिउको प्रयोगबाट ३० प्रतिशतसम्म उत्पादन वृद्धि गर्न सकिने अनुसन्धानले देखाएको छ ।  परन्तु हाइब्रिड बिउमा नेपाल परनिर्भर जस्तै छ ।  जबकि गोलभेडाको एक केजी हाइब्रिड बिउबाट ८० हजार रुपियाँसम्म आर्जन हुन्छ ।  अन्य कृषि उपजको हाइब्रिड बिउ उत्पादन गर्नु कुै असम्भव कुरा होइन ।  मूल्य रामै्र प्राप्त हुन्छ ।
नेपाल अलैची उत्पादनमा हुने विश्वमै पहिलो हो ।  जुन प्रतिमन ८० हजारदेखि एक लाखसम्म बिक्री गर्न कठिन छैन ।  मसला तथा औषधिको रूपमा प्रयोग हुने अलैची पूर्वी पहाडका ३६ जिल्लामा उत्पादन भइरहेको छ ।  अरब तथा युरोपमा तेल, मिठाइ, केक पेस्टी बनाउन, चिया तथा कफीमा प्रयोग हुने अलैची आफैँमा खोल्साको सुन पनि हो ।  जुन नेपालको ताप्लेजुङ, इलाम, पाँचथरमा उत्पादन भइरहेको छ ।  जुन नेपालबाहेक भुटान, श्रीलङ्का, मलेसिया, भारतमा मात्र उत्पादन हुन्छ ।  
कफीबाट तीन वर्षमै प्रतिफल प्राप्त गर्न सकिन्छ ।  छोडाएको कफी (पार्चमेन्ट) दाना प्रतिकेजी साढे चार सयमा बिक्री हुन्छ ।  एउटै बोटले वर्षमा ७५ केजी पाकेको दाना (चेरी) उत्पादन दिन सक्छ ।  एउटा बोटबाट ८० वर्षसम्म उत्पादन प्राप्त गर्न सकिन्छ ।  कफी खेतीबाट दाउरा, घाँस र भूक्षय रोक्न समेत टेवा मिल्छ ।  किसानलाई प्रोत्साहित गर्न निःशुल्क कफीको बिरुवा वितरण गर्ने गरिएको छ ।  नेपालमा उत्पादित कफीको माग अन्तर्राष्ट्रिय बजारमा उच्च छ ।  मूल्य पनि राम्रै प्राप्त भइरहेको छ ।  गुल्मी कफीको राजधानी नै हो ।  गुल्मीको जस्तो हावापानी र भू–वनावट पाउनु नेपालमा कुनै गाह्रो कुरा होइन ।  
मसिनो अल्लोे प्रतिकेजी ७०० रुपियाँमा बिक्री हुन्छ ।  बाग्लुङ, संखुवासभा, प्युठानलगायतका जिल्लामा अल्लो रामै्र उत्पादन हुन्छ ।  अल्लोद्वारा स्थानीय रूपमा खेर गइरहेका कच्चा पदार्थको सदुपयोग मात्र हँुदैन, निर्यात गरी वैदेशिक मुद्रा आर्जन गर्न मात्र सकिन्न कपडा आयात प्रतिस्थापनमा टेवा मिल्छ ।  सिस्नुको धुलो प्रतिकेजी ५०० रुपियाँमा बिक्री गर्न कुनै पापड पेल्नुपर्दैन ।  सिस्नु टिप्न एक दिन खर्चिए पुग्छ ।  एक केजी सिस्नुको धुलो तयार पार्न तीन दिन खर्चिए पुग्छ ।  सिस्नु खोल्सा–खोल्सी, सिम, बारीको आँठोमा सहजै प्राप्त गर्न सकिन्छ ।  उब्जाउ भूमि नै चाहिन्छ भन्ने केही छैन, सिस्नुको लागि ।  
बाँस वा चोयाँको कार्य गर्दा मासिक १५–२० हजार रुपियाँ आर्जन गर्न कुनै कठिन पर्दैन ।  निर्यात सम्भावना बोकेका बाँसबाट निर्माण गर्न सकिने हजारौँ कलात्मक वस्तु छन् ।  खोल्सा, बारीको डिल वा सीमान्त भूमिमा बाँसको झाङ सहजै फैलाउन सकिन्छ ।  बाँसको लागि मलजल, बारबन्देज त्यति खाँचो पर्दैन ।  एभोक्याडो प्रतिकेजी एक एक हजार रुपियाँसम्ममा बिक्री हुन्छ ।   कोलोस्ट्रल फ्री उक्त फलका लागि राजधानीको हावापानी सुयोग्य छ ।  जापानमा अति रुचाइने एभोक्याडो बारीको अाँठो वा करेसाबारीमा सहजै उत्पादन गर्न सकिन्छ ।  
समुद्री सतहदेखि २५० मिटर उचाइमा उत्पादन हुने स्टेमिया चिनीभन्दा ३०० गुना गुलियो कृषि वस्तु हो ।  यस हिसाबले सिङ्गो तराई स्टेमियाको सम्भावना छ ।  स्टेमिया चिनीको बढ्दो मागलाई भरथेग गर्ने गतिलो विकल्प हुन सक्छ ।  लोक्ता निर्मित हाते कागज प्रतिकेजी एक हजारमा रुपियाँमा बिक्री हुन्छ ।  लोक्ताबाट हजारौँ कलात्मक वस्तु निर्माण गर्न सकिन्छ ।  दोलखा, तेह्रथुम, संखुवासभाका जङ्गलमा लोक्ता सहजै सङ्कलन गर्न सकिन्छ ।  जापानी ऐन छाप्न प्रयोग भइरहेको लोक्ताको प्रवद्र्धनबाट स्थानीय कच्चा पर्दाथको सदुपयोग मात्र हँुदैन, कागजको बढ्दो आयात भरथेग गर्न सघाउ पुग्छ ।  
चिराइतो सरदर प्रतिमन ३५ हजार रुपियाँ सम्ममा, जटामसीको तेल सरदर प्रतिकेजी २० हजार रुपियाँमा, सुगन्धवालको तेल सरदर प्रतिकेजी ३२ हजार रुपियाँमा बोझोको तेल सरदर प्रति लिटर ४५ हजार रुपियाँमा, टिमुरको तेल सरदर प्रतिकेजी तीन हजार पाँच सय रुपियाँमा अन्तर्राष्ट्रिय बजारमा बेच्न कुनै पहाड फोर्नुपर्दैन ।  यार्सागुम्बा त झन् सर्वाधिक महँगो जडीबुटी हो ।  कर्णाली क्षेत्र यसै पनि जडीबुटीको खानी मानिन्छ ।  हाम्रा जङ्गलमा जडामसी, सुगन्धवाल लगायतका सात हजार प्रकारका जडीबुटी छन् ।  जुन बर्सेनि खेर गइरहेका छन् ।  
पशुपालनका लागि नेपाल सबै दृष्टिबाट उपयुक्त छ ।   पशुपलान गर्र्दा दूध, दही, घिउ, मासु, ऊन, छाला, हड्डी प्राप्त हुन्छ ।  दूधबाट मूल्य अभिवृद्धि हुने हजारौँ परिकार छन् ।  गाईको गोबर तथा गहँुतबाट जैविक मल बनाउन सकिन्छ ।  गडौला मलको लागि गोबर वा गहुत स्रोत वस्तु हो ।  गाईको सिङग, खुर वा छाला प्रशोधन गरी निर्माण गर्न सकिने अनेकौँ वस्तु छन् ।  डेरिफर्म, कृषि सहकारी, शितभण्डार सञ्चालन गर्दा एउटा व्यावसायीले सरदर  ५–७ जना दक्ष, अदक्ष जनशक्तिलाई रोजगारी प्रदान गर्न सक्छ ।  गँुइठा वा गोबर अगेनामा आगो बाल्न वा गोबर ग्यास उत्पादनमा प्रयोग हुन्छ ।  गोबर ग्यासद्वारा  एलपी ग्यासको आयात थोरबहुत कटौती गर्न सकिन्छ ।  काठे चौपायाको अलावा उन्नत खालको चौपाया पाल्दा एक पटकमा १५–२० माना दूध प्राप्त गर्न कुनै मुस्किल पदैन ।  प्रतिलिटर ३० का दरले मात्र बिक्री गर्दा दैनिक ९–१२ सय र मासिक २७–३६ हजार आर्जन गर्न सकिन्छ ।  उक्त रकम भनेको एक÷डेड लाख लगानी गरेर अरबमा जाने रकम जति हो ।  होलस्टेन जातको गाईबाट दैनिक ४० लिटरसम्म दूध प्राप्त गर्न सकिन्छ ।     
तथापि, प्रारम्भिक चरणमा बाटो देखाइदिने, वित्तीय सुविधा उपलब्ध गराइदिने, बजार प्रबन्ध गरिदिने दायित्व राज्यको हो ।  कृषि विकास मन्त्रालय, कृषि विभाग, कृषि अनुसन्धान परिषद् लगायतका अड्डा यस क्षेत्रमा संलग्न छन् ।  कृषि क्षेत्रको उत्थानका लागि कृषि विकास मन्त्रालयको अलवा, सिँचाइ मन्त्रालय,, भूमिसुधार तथा व्यवस्था मन्त्रालय, सिँचाइ मन्त्रालय र पशुपक्षी विकास मन्त्रालय खडा भएका छन् ।  ०७३।०७४ मा कृषि विकास मन्त्रालयका लागि २७.४३ अर्ब, भूमिसुधार मन्त्रालयका लागि ५.८१ अर्ब,  सिँचाइ मन्त्रालयका लागि २४.४६ अर्ब र पशुपक्षी विकास मन्त्रालयका लागि ८.४६ अर्ब गरी कुल ६६.१६ अर्ब वियियोजन भएको छ ।  जुन चालु आ.व. मा विनयोजित १० खर्ब ४८ अर्बको ६.६१ प्रतिशत हो ।  यतिबिघ्न सम्भवनाका बीच कृषि क्षेत्र किन उठन सकिरहेको छैन ?  किन युवातप्का कृषि क्षेत्रबाट विमुख छन् ? किन कृषि क्षेत्रको लगानी बालुवा हालेको पानी भइरहेको छ ? बुझी नसक्नु छ !

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना