नेपाल–अमेरिका सम्बन्ध

Purushottam marhatthaडा. पुरुषोत्तम मरहठ्ठा

 

आवश्यकताको सिद्धान्तले बनेको थियो नेपाल अमेरिका सम्बन्ध ।  प्रजातन्त्रको विश्वव्यापी विकासमा लागेको अमेरिकालाई नेपालमा साम्यवादको प्रभाव पर्ला भनेर शिक्षा, स्वास्थ र कृषिको निरन्तर विकासमा अमेरिकी सहयोग केन्द्रित थियो ।  यो नै त्यस्तो क्षेत्र थियो जहाँबाट साम्यवादले प्रवेश पाउने प्रबल सम्भावना थियो ।  भारतबाट अङ्ग्रेजहरू पलायन हुने निश्चित भएपछि राणाहरूले अमेरिकाको भूमिका खोजेका थिए ।  दौत्य सम्बन्ध त्यसैको कडी थियो ।  फ्रान्ससँग पनि नेपालले यसै वर्षमा सम्बन्ध राखेको थियो ।  केशरशमशेर अमेरिका जानु त्यस समय सत्ता जोगाउनु नै मुख्य स्वार्थ रहेको थियो ।  अर्को स्वार्थ भनेको नेपाललाई अमेरिकाजस्तो शक्तिशाली मुलुकबाट मान्यता प्राप्त गर्नु रहेको थियो ।  त्यस समय यो गौरको विषय थियो ।  प्रथम विश्वयुद्धमा पृथकताको नीति अपनाएको अमेरिका जस्तो देशलाई पनि जर्मनीको पनडुब्बी युद्धको कारण युद्धबाट उदासिन रहन मुस्कील प¥यो ।  अमेरिकी राष्ट्रपति विल्सनले त्यसै समयमा अमेरिका जर्मनी जनतासँग लडिरहेको हैन त्यहाँको अत्याचारी शासकका विरुद्ध लडिरहेको हो भन्दै लोकतान्त्रिक शासनलाई अमेरिकाले प्रथम विश्वयुद्ध लगत्तै तटस्थताको नीति त्यागेर युद्धमा प्रवेश गर्नु नै विश्व लोकतन्त्रका लागि सुरक्षित र सुदृढ छ भन्ने सन्देश दिनु थियो ।  वील्सनको १४ सूत्रीय अवधारणा साना राष्ट्रहरूको पक्षमा थियो ।  कतिपय साना राष्ट्रहरूलाई स्वतन्त्रता दिलाउनुको साथै सर्भियालाई समुद्र तटसम्मको बाटो दिलाएको थियो ।  शायद नेपालले यही आशमा सम्बन्ध विकास गर्न खोजेको हुनुपर्दछ ।  दोस्रो विश्वयुद्धपछि नेपालले आफ्नो सार्वभौमिकता कायम राख्न र अमेरिकाजस्तो शक्तिशाली राष्ट्रबाट मान्यता पाएर सार्वभौमसत्तालाई अक्षुण्ण कायम राख्न केशरशम्शेर एक हदमा सफल थिए ।  कतिले राणा शासनको सत्ता टिकाउनैका लागि यो सम्बन्ध राखिएको थियो भने पनि नेपालले विश्व रंगमन्चमा प्रवेश गर्न सफल भएको यो एक अनुपम उदाहरण थियो ।  व्यक्तिगत लाभ हानिभन्दा राष्ट्रियता र राष्ट्रवादमा राणाहरूले नेपालले सुगौलीमा गुमाएको नयाँमुलुक समेत दिलाउन सफल भएकोले  नेपाल अमेरिकी सम्बन्धलाई पनि कुन अर्थमा हेर्ने ।  एकातिर यस सम्बन्धपछि देशले  सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रूपमा मान्यता पाएको छ ।  अर्कोतिर एउटा प्रजातान्त्रिक देशले नेपाल कम्युनिष्ट खेमामा जाला भनेर शिक्षा, स्वास्थ र कृषि जस्ता क्षेत्रमा आफ्नो सहयोग विस्तार गरेर “लाल’’ लहरबाट मुलुकलाई विगत ७० वर्ष देखि जोगाउन नसके पनि प्रभाव कम गराउन सफल भएको छ ।  
कुनै पनि स्वतन्त्र मुलुकलाई सम्बन्धको विस्तारले गौरबान्वित तुल्याएको हुन्छ ।  यो सम्बन्धले नेपाललाई पश्चिमी संसारसँग चियाउने एउटा खापो खोलेको थियो ।  त्यस समयको सांग्रिला नेपाललाई विस्तारै बफर स्टेटबाट बलियो नेशन र स्टेट बनाउन जोड दियो ।  ७० वर्ष अघि २५ अप्रिल १९४७ अर्थात् वैशाख १२, २००४ सालमा  नेपाल र अमेरिकाको दौत्य सम्बन्ध कायम भएको अवस्थाभन्दा अहिले नेपाल द्वीपक्षीय सैन्य अभ्यास सम्मको स्थितिमा आइसकेको छ ।  दोस्रो विश्वयुद्धको अन्तपछि बेलायती शक्ति ¥हासोन्मुख अवस्थामा रहेको थियो ।  अमेरिका उदाउँदो शक्ति बन्दै थियो ।  प्रथम विश्व युद्धमा जर्मनलाई पराजित गरेर विश्वमा लोकतन्त्रलाई सुरक्षित र सुदृढ बनाउने गरी अगाडि बढेको अवस्थामा अमेरिकी राष्ट्रपति वील्सनको १४ सूत्रले संसारका सबै साना ठूला राष्ट्रका भौगोलिक अखण्डता तथा स्वतन्त्रताको सुरक्षाको लागि एउटा अन्तरराष्ट्रिय संस्थाको स्थापना गर्ने परिकल्पना पनि साकार भै संयुक्त राष्ट्रसंघले विश्वका तनावग्रस्त राष्ट्रहरूमा शान्ति अभिवृद्धि गर्न सफलता प्राप्त मिल्दै गएको छ ।  त्यस समय बेलायत भारतबाट जाने तयारीमा थियो ।  नेपालको लागि भरपर्दो मित्र आवश्यक भएकोले विकल्पमा अमेरिकी सम्बन्ध जरुरी थियो ।  पश्चिमी देशसँग सम्पर्क विस्तारका लागि अस्ताउन लागेको उपनिवेशको विकल्पमा राणाहरूले अमेरिकासँग सम्बन्ध विस्तार गरी घनिष्ठता बढाएका थिए ।  तर भारतीय नीति निर्माणमा रहेका केहीलाई यो मन परेको थिएन ।  मन नपरे पनि नेपालको सार्वभौमसत्तालाई कानुनी (डीजूरे) मान्यता प्राप्त गर्न अमेरिकासँगको सम्बन्धले कोसेढुंगाको काम ग¥यो ।  दोस्रो विश्वयुद्धपछि साना राष्ट्रहरूको सार्वभौमसत्तामाथि छिमेकीहरूबाट बरोबर हुने गुप्त सम्झौताले जुन अप्ठेरो बनाएको थियो यसमा अमेरिकी नीति नै शान्ति सम्झौता सार्वजनिक र खुल्ला रूपमा गर्नुपर्ने बाध्यताले गर्दा नेपाललाई ठूलो राहत मिल्न पुग्यो ।   सुरुमा नेपाल अमेरिकी सम्बन्ध दक्षिण एशियाली क्षेत्रमा बेलायतको बहिर्गमनसँगै पावर भ्याकुमको प्रतिस्थापनमा आएको जस्तो देखिए पनि भौगोलिक रणनीति अन्तर्गत नै यो सम्बन्ध विकास र विस्तार भएको थियो ।   अमेरिकाले नेपालसँगको कूटनीतिक सम्बन्धमा विशेषत प्रजातन्त्रको निर्यात नै प्रमुख थियो ।  अमेरिकालाई सबैभन्दा प्यारो कुनै पनि मुलुकको स्वतन्त्रता र लोकतन्त्र भएकोले अत्याचारी शासन सत्ताको विरुद्धमा अमेरिकी सहयोग प्रतिबन्धित थियो ।  
नेपाल र अमेरिका मात्र होइन यो वर्ष रुस र भारत पनि दुई देशबीच कूटनीतिक सम्बन्ध सुरुवात भएको  ७० वर्ष पूरा भएको  छ ।  भरपर्दो मित्र भएकै कारण पुटिन र मोदीबीच अनेकौंँ प्याकेजमा दुई देशबीच सहयोग र सम्बन्धको आदान प्रदान चलिरहेको छ ।  भारत स्वतन्त्र हुनुअघिको सम्बन्धलाई उनीहरू आगामी दशकमा कसरी विकास र विस्तार गर्न सकिन्छ भन्ने मान्यतामा अडिग छन् ।  आणविक ऊर्जा र सुरक्षामा भारतले भरपर्दो सहयोगीका रूपमा रुसलाई पाएको छ ।  राष्ट्र राष्ट्र्बीचको सम्बन्धमा कोही कसैको लामो समय सत्रु हुन नसक्ने र मित्र पनि नहुने तर राष्ट्रले आफ्नो स्थायी हितलाई भने कुनै अवस्थामा पनि छोड्न नसक्नाकै कारण संकटमा मद्दत गर्ने रुसलाई भारतले स्थायी मित्रको रूपमा लिएको छ ।  अझै यो सम्बन्ध दशकौँ चलिरहन्छ ।
यसै वर्ष अष्ट्रेलिया र आयरल्याण्डले पनि ७० वर्षको कूटनीतिक यात्रा तय गरेका छन् ।  यसैगरी, फीलिपिन्स र अष्ट्र्ेलियाबीच ७० वर्षको कूटनीतिक सम्बन्धमा यी दुई देशले प्रजातन्त्रप्रतिको प्रतिबद्धता, विधिको शासन, क्षेत्रीय सुरक्षा र सम्पन्नता रोजीखोजी गरेकोे देखिन्छ ।  ३ लाखभन्दा ज्यादा फिलीपीनोहरू अष्ट्र्ेलियामा आप्रवासी भएर बसोबास गर्दै आएका छन् ।  थाइ सरकार र भारतले पनि ७० वर्ष पुगेको उपलक्ष्यमा विशेष कार्यक्रम गर्दै मनाएका छन्  ।  लगभग २ शताब्दी लामो थाइ–अमेरिका सम्बन्ध जस्तै हाम्रो सम्बन्ध बेलायतसँग त्यति नै लामो रहेको छ ।   बेलायत शक्ति केन्द्रबाट विस्तारै दक्षिण एशियाली क्षेत्रमा ओझेल लाग्न थालेपछि नेपालले अमेरिकासँगको सम्बन्ध विस्तारमा जोड दिएको देखिन्छ ।  तर यो सम्बन्ध बेलायतको विकल्पमा भने थिएन ।  
अमेरिकाको लागि नेपाल सामरिक दृष्टिले महìव भएरै त होला कम्युनिष्टको प्रभाव तत्काल पर्ने क्षेत्रमा उसले आफ्नो सहयोग जारिराखेको पाइन्छ ।  अमेरिकी सहयोग जहाँजहाँ केन्द्रित छ त्यहाँ प्रजातन्त्रभन्दा कम्युनिष्टको प्रभाव बढ्दै जानुमा अहिले भने आश्चर्यको विषय बन्न पुगेको छ ? नेपालले आफ्नो देशको भौगोलिक वातावरण अनुकूल अमेरिकासँग दीर्घकालीन सहयोगको विस्तार गर्न  खोज्दैछ ।  उसँग विकसित उच्च प्रविधिहरू नेपाल भित्र्याउन लागिरहेको देखिन्छ ।  सन् २०१७ लाई नेपाल अमेरिकी सम्बन्धको ७० वर्ष पुगेको अवसरमा अमेरिकाले नेपाललाई ब्रोड स्ट्र्याटजीक पार्टनर उल्लेख हुनुले निश्चय नै यसमा केही रहस्य लुकेको छ ।  डायस्पोरामा थुप्रै नेपालीको बसोबास छ ।  नेपालको राजनीतिक स्थिरता र आर्थिक समृद्धिमा अमेरिकी सहयोग केन्द्रित बन्न पुगेको छ ।  अमेरिकाले नेपालबाट विश्व शान्तिमा सकारात्मक योगदानको पहलकदमीको आश गरेको छ ।  नेपालको ब्राण्ड बनेको शान्ति सेनाले विश्वमै उल्लेखनीय र उदाहरणीय काम गरेकोले दक्षिण एशियाको शान्ति र सुरक्षामा नेपालको भूमिका कम महìवपूर्ण देखिन्न ।  अमेरिकाले नेपालीबाट सिक्ने एउटै कुरा हो अत्यधिक कठिन र कठोर अवस्थामा नेपालीहरू मिठो मुस्कानका साथ हाँसिरहेका हुन्छन् ।  नेपालमा अमेरिकीदूतहरू शान्तिको बेलामा मात्र होइन विपद्को बेलामा पनि आउँछन् जान्छन् तर अमेरिकीले नेपालको शिक्षा, स्वास्थ र कृषि क्षेत्रमा पु¥याएको योगदानलाई नेपालीले मुक्तकण्ठले प्रशंसा गर्न पुगेका छन् ।  भूकम्पको बेलामा अमेरिकी सैनिकले ज्यान नै गुमाए तर पनि नेपालको विपद् व्यवस्थापनमा सहयोग जारी नै राखे ।  नेपाली सेना र अमेरिकी सेनाले पनि संयुक्त रूपमा सैन्य अभ्यास निरन्तर गर्दै गएका छन् ।  यस्तो अभ्यास विशेष गरी मानव अधिकार, युद्ध नियम, ट्याक्टीकल कम्ब्याट केसल्टी केयर, सैन्य निर्णय निर्माण प्रक्रिया हाइ एण्ड लो एंगल रेस्क्यू, मिलिटरी क्राइसिस एक्सन प्लानिङ आदि छन् ।  यसले नेपाली सेनाको दक्षता अभिवृद्धिमा मद्दत पु¥याउन सहयोग पुग्ने देखिएको छ ।  
सात दशक अघि जुन समय अमेरिकाले मित्रताको हात अगाडि बढाएको थियो नेपालले रुस र चीन जस्ता देशलाई शिक्षा, स्वास्थ र कृषिबाट लामो समय अलग नै राख्यो ।  एक्सपोर्टिङ डेमोक्रेसीको लागि अमेरिकाले नेपालमा प्रजातन्त्रको स्थिरता र स्थायित्वका लागि यसका अवयवलाई भरमग्दुर सहयोग पु¥याउँदै आएको छ ।  अमेरिकाबाट प्रकाशित “अन डेमोक्रेसी“ नेपालका विद्वान प्रा. ऋषिकेश उपाध्यायले नेपालीमा प्रजातन्त्रका बारेमा रूपान्तरण गर्नुभएको छ ।  यसैगरी, बजार अर्थतन्त्र, स्वतन्त्र विश्व, तेस्रो लहर आदि नेपाली पाठकलाई लक्ष्य गरेर प्रकाशित भएका छन् ।  अमेरिकामा जन्मिएका फादर लुडविग स्टीलरले सेन्टजेभियर्स स्कुलमा पढाउँदा पढाउँदै “पृथ्वीनारायण शाह ईन द लाइट अफ दिव्य उपदेश“, “द राइज अफ द हाउस अफ गोखार्“ “इन्टिग्रेटेड रुरल डेभलोपमेण्ट प्रोजेक्टस इन नेपाल“, “नेपाल ग्रोथ अफ ए नेशन“ जस्ता महìवपूर्ण पुस्तक लेखेर नेपाली पाठकमाझ यी अमेरिकी विद्वान लोकप्रिय बनेका छन् ।  
त्यसैगरी, डेमोक्रेटिक इन्नोभेशन्स ईन नेपाल ए केश स्टडी अफ पोलिटिकल एकल्चरेशनका विषयमा भुवनलाल जोशीसँगै लियो ई रोजको कम ठूलो योगदान छैन ।  वास्तवमा रोज पनि क्यालिफोर्नियास्थित बर्कले विश्वविद्यालयका प्राध्यापक थिए ।  यिनी नेपालका ज्ञाता थिए ।  अझै पनि कुनै नेपालीले उनलाई नपढी नेपालको विषयमा जानकारी पाउन नै सक्दैन ।  अमेरिकामा जन्मिएका रोजले नेपालका बारेमा धेरै विषयवस्तु प्रकाश पारेका छन् ।  भुवनलाल जोशी र लियो ई.रोजद्वारा लेखिएको “डेमोक्र्याटिक इन्नोभेसन्स इन नेपाल” (ए केश स्टडी अफ पोलिटिकल एकल्चरेसन) प्रथम संस्करण सन् १९६६ मा युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट प्रकाशित भएको थियो ।  प्रजातन्त्र र राजतन्त्रबीच शक्ति र संस्कारको द्वन्द्वलाई केन्द्रविन्दुमा राखेर लेखिएको यो पुस्तक आजको नेपाली राजनीतिको प्रमुख चरित्र र प्रवृत्ति बुझ्न अमेरिकी बिहानको कृति नेपाली पाठकका लागि रेफरेन्स बन्न पुगेको छ ।  नेपालको राजनीति र इतिहास लेखिएको यो पुस्तक अझैसम्म स्रोत पुस्तकको रूपमा नेपाली विद्वानहरूका माझ नेपालको एक कालखण्ड बुझ्नलाई यसको अध्ययन गर्ने गरिन्छ ।  यसैगरी लियो रोजको स्ट्राटजी फर सर्भाइभल अध्ययन नगरी नेपाललाई बुझ्न सकिन्न ।   नेपालको घरेलु राजनीति अध्ययन गर्नेले अमेरिकी विद्वानलाई पढ्नैपर्ने बाध्यता गराएको छ ।   यस अध्ययनको आधारभूत उद्देश्य नेपाली राजनीतिको वर्णन र व्याख्या आधुनिक वैज्ञानिक पद्धतिको आधारमा गरिएको छ ।  
त्यसैगरी, ६० को दशकपछि नेपालको शिक्षा विकासमा आएका अमेरिकी स्वयंसेवक संस्थाको पनि उत्तिकै ठूलो योगदान रहेको छ ।  यिनीहरूको स्वयं सेवा कार्यक्रमले विद्यार्थीहरू गणित र विज्ञानमा निकै अगाडि देखिए ।  अमेरिकी सहयोगकै परिणाम तराईमा मलेरिया उन्मूलन हुनपुग्यो ।  स्वास्थ्यको क्षेत्रमा नेपालले फड्को मा¥यो ।  यसै अवधिमा तराईलाई मलेरिया उन्मूलन गरेर मानव बसोबास योग्य बनाइयो ।  अर्कोतिर, बजार अर्थतन्त्र र बहुराष्ट्रिय निगममा विश्वास गर्ने पुँजीवादी अर्थतन्त्रको धरोहर मानिएको अमेरिकी कम्पनीहरू नेपाल प्रवेश गरे ।
प्रजातन्त्र प्राप्तिपछि नेपाल केवल एउटा व्यवस्थाबाट अर्कोमा परिवर्तन मात्र भयो ।  व्यक्ति उही तर मुलुकभित्र पद्धतिमा कुनै परिवर्तन हुन सकेन ।  विचार र अभिव्यक्तिको स्वतन्त्रतामा चेतनशील जमात हातको गुमाएर पोल्टामा खोज्न थाल्दैछन् ।  पद्धतिमा चलेको अमेरिकाले प्रजातन्त्र र विधिको शासनमा जोड दिएकै कारण हालै निर्मित संविधानले नेपालमा अहिले त्यही पद्धतिको विकास गर्न खोजेको छ ।  दलीय राजनीति व्यक्ति केन्द्रित भयो भने शक्ति केन्द्र बढ्दै जान्छ ।  यसले गर्दा मुलुकमा लोकतन्त्र धरापमा परी नयाँ नयाँ तानाशाहहरू उदय हुन्छन् ।  त्यसैले प्रजातन्त्रलाई पद्धतिमा डो¥याउन सकियो भने देशको भविष्य सुनिश्चित देखिन्छ ।  राम्रो संविधान र निर्वाचित जनप्रतिनिधि भएर पनि जनताले खबरदारी नगर्ने हो भने प्रजातन्त्र कसरी गुम्छ भन्ने कुरा ०१५ सालको संविधान राम्रो भएर पनि टिकाउन सकिएन ।  ०४७ सालको संविधानलाई पनि उत्कृष्टभन्दा भन्दै आन्दोलनको राप र तापबाट सिध्याइयो ।  त्यसैले यो संविधानलाई जोगाउन सकिएन भने भविष्यको पुस्ताले सराप्छ ।  त्यसैले अहिलेको परिवेशमा दुई सय वर्ष नाघेको अमेरिकी संविधान बनेको देशबाट नेपालीले केही सिक्ने कि ? अमेरिकीहरू नेपालको प्रजातन्त्रलाई जोगाउने आधार जनतालाई शिक्षित बनाउनु हो ।  शिक्षा विकासको लागि उसको ध्यान प्रजातन्त्रको संस्थागत विकाससँग जोडिएको छ ।  चेतनशील र शिक्षित व्यक्तिले मात्र प्रजातन्त्र जोगाउन सक्छन् भन्ने उसको मान्यता बनेको छ ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना