चुनावको राजनीतिक र प्राविधिक समीक्षा

 rajendra kiratiराजेन्द्र किराती             


 

दुई चरण गरेर स्थानीय तहको ऐतिहासिक निर्वाचन सम्पन्न भइसकेको छ ।  दुई नम्बर प्रदेशमा असोज २ गते तेस्रो चरणको निर्वाचन हुँदैछ ।  समग्रमा चुनाव राम्र्रै तवरमा सम्पन्न भयो ।  वर्षायामको बीचमा भए पनि मतदाताको उल्लेख्यरूपमा सहभागिता देखियो ।  यो सुखद र सकारात्मक पक्ष हो ।  यसले नयाँ संविधानको संस्थागत कार्यान्वयनसँगै जनताका अधिकारलाई गाउँगाउँमा स्थापित गरेको छ ।  अर्थात् यसले लामो राजनीतिक सङ्क्रमणलाई तोड्दै नितान्त नयाँ वैधानिक प्रक्रिया आरम्भ गरेको छ ।  इतिहासमा यसको सर्वाधिक महìव रहनेछ ।  यस अतिरिक्त सरकार चुनाव गर्न तयार छैन भनेर विपक्षीले नियत, नाजायज र प्रतिशोधको रूपमा फैल्याइएको प्रचारबाजीको प्रपञ्चलाई व्यवहारतः गलत सावित गरिदिएको छ ।  
लोकतन्त्रको आदर्श नै वालिग मताधिकारको आधारमा गरिने आवधिक निर्वाचन हो ।  वास्तवमा निर्वाचन भनेकै राजनीतिक हारजितको फैसला गर्ने न्यायालय हो ।  यसमा विजय र पराजयलाई स्वाभाविक रूपमा लिइन्छ ।  प्राविधिक र भावनात्मकरूपमा तरङ्ग सिर्जना गरे पनि राजनीतिकरूपमा यसलाई सहज र सामन्य मान्नै पर्दछ ।  चुन्ने र चुनिने दुवै अधिकार उपयोग गर्ने परिपाटीलाई कुनै पनि कोणबाट नकारात्मक भन्न सकिन्न ।  शास्त्रीयरूपमा चुनाव माथि खोट लगाउने ठाउँ छैन ।  तर पछिल्लो समय चुनावी प्रक्रिया असाध्यै विकृत बन्दै गएको छ ।  यसले लोकतन्त्रको आदर्श र मर्ममाथि नै गम्भीर प्रश्न उब्जाएको छ ।  विचार, सिद्धान्त, राजनीति र एजेण्डा सही र गलतभन्दा पनि प्राविधिक र भावनात्मक पक्ष निर्णायक हुँदै गएको छ ।  यसैको प्राविधिक अभिव्यक्ति चुनावी परिणाममा देखिएको छ ।  समग्रतामा राजनीतिक जित भए पनि प्राविधिक रूपमा माओवादी केन्द्रले पराजय भोग्नु परेको छ ।  
 सैद्धान्तिक कारण ः
माओवादी आन्दोलनको उठान वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय अन्तरविरोध, अन्याय र विभेदको अन्त्यको राजनीतिक उद्देश्यमा थियो ।  यस्तो सङ्गठित राजनीतिक आन्दोलन सिद्धान्त र विचारकै सेरोफेरोमा विकास गरिएको वैज्ञानिक कार्यदिशामा मात्र सम्भव हुन्छ ।  राजनीतिक कार्यदिशा गलत हुँदा सफलता टाढाको विषय बन्छ ।  साँचो कम्युनिष्ट पार्टीले अपनाउने कार्यदिशा सिद्धान्त र विज्ञानमा आधारित हुन्छ ।  यो आदिदेखि अन्त्यसम्मको पूर्ण प्रक्रियाको सेटमा हुन्छ ।  सङ्घर्षको प्रक्रियाको पूर्णतामा गुणात्मक परिणाम र सफलता अन्तरनिहीत हुन्छ ।  तब समानता र सामाजिक न्यायसहितको मुक्त समाज निर्माण गर्न सकिन्छ ।  तर क्रान्तिको प्रक्रियाको पूर्णता विना जनताले मुक्ति र न्यायको प्रत्यक्ष अनुभूति गर्न सक्दैन ।  वास्तवमा माओवादी आन्दोलन पूर्ण भइसकेको छैन ।  यसको पूर्णताका लागि आगामी कार्यदिशा बारे विहङ्गम बहस जरुरी देखिन्छ ।
अर्कोतिर सङ्घर्षद्वारा स्थापित परिवर्तनकारी राजनीतिक एजेण्डाको सुरक्षा सङ्घर्षले मात्रै गर्न सक्छ ।  यो सार्वभौम नियम हो ।  सङ्घर्षको प्रक्रिया हावी हुँदा स्थापित एजेण्डा रक्षात्मक हुँदा कमजोर मात्र होइन मूल सडक छाडेर दायाँबायाँ झाडीतिर रुमल्लिन पुग्छ ।  अर्थात्, आन्दोलन कम्जोर हुँदा अरू प्रतिक्रियावादी र यथास्थितिवादी हावी हुनपुग्छ ।  गणतन्त्र, सङ्घीयता, समावेशी, समानुपातिक र धर्म निरपेक्षताजस्ता माओवादी आन्दोलनले स्थापित गरेको अग्रगामी राजनीतिक एजेण्डा आन्दोलनको रक्षात्मक अवस्थासँगै कमजोर भएको छ ।  वर्गीय, जातीय, क्षेत्रीय तथा लिङ्गीय अन्तरविरोधका मुद्दा रक्षात्मक भएको छ ।  न्यायपूर्ण मानवसमाज स्थापना गर्ने राजनीतिक सैद्धान्तिक कार्यदिशा बीच बाटोमै अलपत्र परेको छ ।  परिवर्तन र मूल्यको राजनीति सस्तो लोकप्रियतामा आधारित भावनात्मक र प्राविधिक राजनीतिद्वारा निर्देशित भइरहेको छ ।  यो गम्भीर दुर्भाग्य र विडम्बनाको विषय हो ।  यसकारण पनि माओवादी पराजित हुनपुग्यो ।  
प्राविधिक कारण ः
चुनावको शास्त्रीय परिभाषामा कसैको मतभेद छैन ।  यसको सैद्धान्तिक व्याख्यामा कही खोट छैन ।  अर्थात् चुनावी परिभाषा राम्रो छ ।  तर व्यवहारतः चुनाव असाध्यै विकृत भइसकेको छ ।  यसमा विचार, सिद्धान्त, एजेण्डा, मूल्यमान्यता र आदर्शको कुनै स्थान हुँदैन ।  बरु उल्टै प्राविधिक एवं भावनात्मक पक्ष निर्णायक हुन्छ ।  साम, दाम, दण्ड, भेद, चोचोमोचो मिलान, लपनछपन, हाउभाउ र रवाफ निर्णायक हुन्छ ।  सस्तो लोकप्रियतालाई एकमात्र चुनावी रणनीति बनाइन्छ, जसले मतदाताको भावनासँग खेल्ने काम  भइरहेका छन् ।  यता पैसा सबैभन्दा आकर्षक पक्ष भएको छ ।  स्थानीय चुनावको खर्च अनुपात हेर्दा आगामी चुनावी खर्चको ग्राफ सोंच्नै नसक्ने गरी बढ्ने देखिन्छ ।  चुनाव चरम व्यवसायिक बन्दैछ, जसले चुनावी पकड दलाल पूँजीपति वर्गमा केन्द्रित गर्दैछ ।  यसले राष्ट्रिय राजनीति व्यावसायिक मात्र नभई दक्षिणपन्थी वा सङ्कीर्ण राष्ट्रवाद हुँदै चरम उपभोक्तावादतर्फ जाँदै गरेको सङ्केत गरिरहेको छ ।  उपभोक्तावादी सांस्कृतिक परिवेशमा सैद्धान्तिक मूल्यको राजनीति हुँदैन ।  यसले सिङ्गो राजनीति सस्तो लोकप्रियतामा आधारित व्यवहारवादमा फसाइदिन्छ ।  
यता खोक्रो र भ्रामक गुलियो विकासे नाराको पछि लाग्ने जमात पनि ठूलै छ ।  यस्तो उधारो झोले र कागजे विकासे नारा बाँड्ने सिलसिला नयाँ होइन ।  यता सामाजिक सुरक्षा भत्ताको भ्रम र अन्योलले पनि चुनावी परिणाममा प्रभाव पारेको छ तर सत्य के हो भने, यो कुनै दल विशेषको कोषबाट वितरण गरिँदैन ।  यो राज्यको आम नीति बनिसकेको छ ।  तर साधारण जनताले यस्तो भावनात्मक ब्ल्याकमेलिङलाई बुझ्न सकेनन् जसले भ्रम फैलाउनेलाई फाइदा पुगेको छ ।  यता भोट हाले जागीर खुवाउने प्रतिबद्धता पनि सामान्य रह्यो ।  मत हाल्नेको भविष्य सुनिश्चित गरे पनि नहाल्ने सत्तरी अस्सी प्रतिशत नागरिकको विषयमा अनभिज्ञ रहेको यथार्थ बुझ्न सकेनन् ।  जनताको न्यून चेतनाबाट फाइदा लिनेका लागि चुनाव ऐतिहासिक अवसर भएको छ ।  यस अतिरिक्त दिवा र सन्ध्या भोज भत्तेर, भावनात्मक नारा, माहोल, भ्रम र प्रचार वा विज्ञापनको प्रभाव पनि चुनावमा रामै्र प¥यो ।  सैद्धान्तिक एजेण्डामा माओवादी हावी भए पनि प्राविधिक र व्यावहारिक पक्षमा ऊ निकै कमजोर रह्यो ।  यसकारण ऊ पराजित भयो ।
आन्तरिक कारण ः
 माओवादी स्कूल अफ थट र विकृत लोकतान्त्रिक चुनावमा  आकाश–धरती अन्तर छ ।  माओवादी राजनीति विज्ञानमा आधारित थियो ।  उपभोक्तावादी समाजमा चुनाव कलामा आधारित हुन्छ ।  विज्ञान र कला परिपूरक भए पनि यसको द्वन्द्वात्मक समायोजन असाध्यै कठिन हुन्छ ।  विज्ञान प्रधान राजनीतिले मात्र यसलाई समायोजन गर्न सक्छ ।  हाल भइरहेको चुनावमा विज्ञानको प्रधानता छैन ।  माओवादी मान्यतामा विज्ञान विनाको कला आफैँमा पूर्ण हुँदैन ।  अन्य पुरातन संसदवादी दलको जन्मजात चरित्र नै कलाको लपनछपन उपयोग हो ।  कलात्मकताको जोड्कोणमा नै सफलता निर्भर हुन्छ ।  माओवादीले चुनावमा कलात्मकता देखाउन सकेन ।  यसमा उसको सीमा र कमजोरी अवश्य नै रहेको छ ।  किनकि सारभूतरूपमै उसको सैद्धान्तिक स्कूलिङ नितान्त फरक थियो  ।  
यता क्रान्तिको समग्र प्रक्रिया अवरुद्ध भएसँगै साङ्गठानिक संरचना पनि कमजोर हुनपुग्यो ।  भएको सङ्गठनमा पनि जनवादी केन्द्रीयताको साङ्गठानिक सिद्धान्तको व्यावहारिक प्रयोग असाध्यै कम छ ।  चुस्त सङ्गठन तथा कमिटि प्रणाली न्यून रहेको छ ।  संस्थागत र सामूहिक चिन्तन प्रणाली असाध्यै कमजोर भएको छ ।  सफलता, सम्भावना, चुनौती र समस्यामा संस्थागत  एवं सामूहिक दायित्व लिने संस्कृति छैन ।  आलोचनात्मक र सर्जनात्मक ओलोचनाको संस्कृति छैन ।  गाउँमुखी र जनमुखी नभएर सहरबजार, नेता, गुट, सत्ता र शक्ति केन्द्रमुखी बन्नेक्रम बढ्दो छ । घात, अन्तरघात र अविश्वास बढ्दो छ अनि जनशैली र जनदिशा खस्कदो छ ।  कार्यकर्ता त्याग, बलिदान र समर्पणभन्दा भौतिक लाभहानि र निहीत स्वार्थमा रुम्मलिएको छ ।  यता पहुँच नहुनेका लागि समानुपातिक निर्वाचन प्रणालीको अवधारणा माओवादीले नै स्थापित गरेको हो ।  तर यो प्रणाली विरुद्ध षडयन्त्र शुरु भइसकेको छ ।  यस्तो प्रणालीले पैसा वा स्रोतसाधन हुनेहरूमा राजनीति सीमित हुँदैछ ।  दलाली र ठेक्कापट्टा गर्ने मात्र हावी हुँदैछ ।  यसकारण पनि माओवादीको चुनावी रणनीति रक्षात्मक हुनपुग्यो ।
 बाह्य कारण ः
नेपालको राष्ट्रिय राजनीतिमा सनातनी नवऔपनिवेशिक हस्तक्षेप कायम छ ।   राष्ट्रिय राजनीतिमा दक्षिणको कर्मचारीतन्त्र र खुफीया एजेन्सी मार्फत पश्चिमा हाबी छ ।  पश्चिमाहरूले आफू देखा नपरी  साम्राज्यवादी अभीष्ट पूरा गर्दैछ ।  आफ्नो सबैभन्दा विश्वासिलो दल वा पात्रको सुरक्षित अवतरणका लागि  दोस्रो वा तेस्रोलाई एक्स्पोज गरेर बदनाम गर्दै रणनीतिक स्वार्थ सिद्ध गर्नु उसको नवऔपनिवेशिक विशेषता हो ।  अझ गहिराइबाट विश्लेषण गर्दा चीन घेराउ गर्ने मूल रणनीतिअन्तर्गत अमेरिकाले आवरणमा भए पनि स्वयं चीनसँगै सदाशयता राख्ने भनिएका दल र नेता  मार्फत चीन विरोधी रणनीति अपनाइरहेको दाबी गरिदैछ ।  कतिपय घटनाक्रमले यसलाई पुष्टि गरिरहेको छ ।  
लोकतान्त्रिक चुनाव उपभोक्तावादी दलदलमा फसिसकेको छ ।    उपभोक्तावादी चुनावमा सिद्धान्त, आदर्श, मूल्य मान्यताको राजनीति हुँदैन ।  राजनीतिक एजेण्डाको आधारमा मत खस्दैन ।  सही र गलत अनि अग्रगामी र पश्चगामीलाई एउटै फुर्लुङमा राखिन्छ ।  यसमा प्राविधिक, भावनात्मक र टिपनटापन पक्षमा आम आकर्षण हुन्छ ।  भ्रम, माहोल, हल्लाखल्लार प्रचारवाजी निर्णायक हुन्छ ।  अर्थात् सिद्धान्तभन्दा व्यवहारवाद हाबी हुन्छ ।  बाह्य चलखेल हाबी हुन्छ ।  यस्ता प्राविधिक पक्षहरू माओवादीको आधारभूत राजनीतिक लाइन र  स्कूलअफ थट होइन्  ।  संसदीय चुनावमा विज्ञानभन्दा कला हाबी हुन्छ ।  यसमा सिद्धान्त र एजेण्डाको महìव हुँदैन ।  सिद्धान्तप्रधान पद्धति संस्थागत  नहुनु नै माओवादी पराजयको मुलभूत सैद्धान्तिक कारण हो ।  साम, दाम, दण्ड र भेदको नीतिलाई कलात्मक ढङ्गले अपनाउन नसक्नु नै हारको प्राविधिक कारण हो  किनकी माओवादी आन्दोलनको समग्र प्रक्रिया, उद्देश्य र गन्तव्य विज्ञानमा आधारित थियो ।  


थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना