बाँकेका क्रसर उद्योगद्धारा गैरकानुनी रुपमा ढुंगा, गिट्टी र बालुवा बिक्रि

सिराज खान

नेपालगञ्ज, साउन ११ गते । जिल्ला समन्वय समिति बाँकेले जिल्लाभरीमा नदीजन्य पदार्थ ढुंगा, गिट्टी र बालुवा उत्खनन्मा रोक लगाएपनि जिल्लाका अधिकांश क्रसर उद्योगले उत्खनन् गरिरहेको र खुला रुपमा ढुंगा, गिट्टी, बालुवा बिक्रि समेत गरिरहेको पाईएको छ । जिल्ला समन्वय समिति बाँकेले नदीजन्य पदार्थको उत्खनन्मा लगाएको प्रतिवन्धलाई बेवास्ता गर्दै क्रसर उद्योग र केही बिक्रेताहरुले मनपरी तरिकाले ढुंगा, गिट्टी र बालुवा उत्खनन् तथा बिक्रि समेत गरिरहेको पाईएको जिल्ला समन्वय समिति बाँकेले जनाएको छ ।
सो जानकारी आएपछि कार्यालयका ईन्जिनियर तेजराज खड्कालाई कोहलपुरदेखि कचनापुरसम्म अनुगमन गर्न पठाउँदा ढुंगा, गिट्टी र बालुवा ओसार पसार गरिरहेका दिपक क्रसर उद्योगका दुई वटा ट्रक नियन्त्रणमा लिईएको थियो ।
जिल्ला समन्वय समितिले ढुंगा, गिट्टी र बालुवा उत्खनन्मा प्रतिवन्ध लगाएपनि क्रसर उद्योगले नदीबाट उत्खनन् गरिरहेको स्थानीयले जनाएको जिल्ला समन्वय समिति बाँकका संयोजक हरी प्याकुरेलले बताउनु भयो ।
जिल्ला भरीमा नदीजन्य पदार्थको उत्खनन्मा रोक लगाईसकेपछि क्रसर उद्योग र ढुंगा, गिट्टी, बालुवा बिक्रि गर्दै आएका ब्यक्ति तथा अन्य संस्थाले आफुसंग भएको स्टकलाई जिल्ला समन्वय समितिबाट प्रमाणित गराएर मात्र बिक्रि गर्नु पर्ने जिल्ला समन्वय समितिले जनाएको छ । krasar
तर, जिल्लाका अधिकांश क्रसर उद्योग र बिक्रि गर्ने ब्यक्तिले स्टक प्रमाणित नगराएरै मनपरी तरिकाले बिक्रि गर्दै आएको पाईएको जिल्ला समन्वय समिति बाँकेका सामाजिक विकास अधिकृत मिन बहादुर मल्लले बताउनु भयो ।
जिल्लामा करिब एक दर्जन क्रसर उद्योग रहेका छन् । ती मध्ये दिपक क्रसर उद्योग बाँके निकुञ्ज क्षेत्र भित्र संचालन भैरहेको छ ।
यसैगरी कचनापुरमा स्थापना गरिएको सिक्टा सिंचाई आयोजनाको क्रसर उद्योगले नदीजन्य पदार्थको उत्खनन् गर्ने अनुमति समेत असारमसान्तमा सकिएपनि सो उद्योगले पनि मुगुवा लगायतका खोलाबाट ढुंगा, गिट्टी र बालुवा निरन्तर उत्खनन् गरिरहेको स्थानीयले जनाएका छन् ।
यसरी गैरकानुनी रुपमा ढुंगा, गिट्टी र बालुवा उत्खनन् गर्ने तथा स्टक प्रमाणित नगराएर बिक्रि गर्ने कार्य भैरहेको सूचनापछि जिल्ला समन्वय समितिले प्रहरी, प्रशासन लगायत सबै सुरक्षा निकायलाई सो रोक्न पत्र समेत काटेको छ ।
बा“केका प्रहरी प्रमुख टेकप्रसाद राईले नदीजन्य पदार्थको चोरी तस्करी नियन्त्रणका लागि जिल्ला समन्वय समितिबाट लिखित पत्र आएको जानकारी दिंदै मातहतका प्रहरी चौकीलाई चोरी तस्करी नियन्त्रण गर्न निर्देशन दिइसकेको बताउनु भयो ।
गत आर्थिक वर्षका लागि नदीजन्य पदार्थ उत्खनन गर्न नेपालगञ्जका शिवम टे«डर्सका त्रिभुवनलाल यादवलाई १० करोडमा ठेक्का दिइएको थियो ।
निश्चित तोकिएको नदी खोलाबाट करिब ११ लाख क्युफिट ढुंगा, साढे २४ लाख बालुवा र मोरङ, गिट्टी गरी ५२ लाख ३२ हजार क्युफिट झिक्न मिल्ने ठेक्का सम्झौता थियो । ठेकेदारले उक्त परिणामको नदीजन्य पदार्थ झिकिसकेपछि उत्खननमा रोक लगाएको जिल्ला समन्वय समिति बाँकेले जनाएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना