खेतमै पुगेर पढेपछि ...

टीकाबहादुर बस्नेत

दाङ, साउन १२ गते ।  स्कुलकै पोसाकका विद्यार्थी हिलो खेतमा पसेपछि घोराही–१४ झिगौराका स्थानीय एकछिन अलमलिए ।  विद्यालयको ‘पाइलट प्रोजेक्ट’अन्तर्गत शान्ति निकेतन विद्यालय घोराहीका विद्यार्थी बुधबार रोपाइँ गर्न खेतमा पसेका थिए ।  विद्यालयको ‘पाइलट प्रोजेक्ट’ अनुसार रोपाइँमा पुगेका कक्षा ८ का विद्यार्थीले जानी नजानी धान रोपेका थिए ।  
रोपाइँमा सहभागी अधिकांश विद्यार्थीले पहिलोपल्ट  रोपाइँमा सहभागी भएको र नौलो अनुभूति भएको जानकारी दिएका थिए ।  धान खेतीबारे किताबमा पढेका थियौँ ।  आज खेतमै पसेर रोपाइँ ग¥यौँ, यसबाट धान खेती कसरी हुँदोरहेछ भन्ने सिक्न पाएका छौँ, विद्यार्थी आश्ना राईले भन्नुभयो ।  
भारतको चण्डिगढमा जन्मिएर यसै साल मात्र दाङ आएको बताउँदै राईले खेती किसानी, धान खेतीका बारेमा प्रत्यक्ष जानकारी नभएको समयमा स्कुलको ‘पाइलट प्रोजेक्ट’ले आफूलाई धेरै जान्न मद्दत पु¥याएको बताउनुभयो ।  dang sikai
आश्ना जस्तै कक्षा ८ की अर्की विद्यार्थी प्रतिभा पोख्रेल पनि पहिलोपल्ट रोपाइँमा सहभागी हुनुभयो ।  धेरै पहिलेदेखि रोपाइँमा सहभागी हुने रहर हुँदाहुँदै पनि उक्त अवसर नपाएको बताउँदै प्रतिभाले भन्नुभयो, धान खेतीबारे जानकारी हुँदाहुँदै पनि रोपाइँ नै गर्ने रहर पहिलेदेखि नै थियो तर अवसर जुटेको थिएन ।  पहिलेदेखिको रहर आज पूरा भएको छ ।  धेरै जान्ने मौका पाइएको छ ।
प्रतिभा र आश्ना मात्रै होइन विद्यार्थी आस्विन मन्सुरीले पनि पहिलोपल्ट रोपाइँमा सहभागी हुनुभयो ।  कृषि प्रधान देशका बासिन्दा हुँदाहुँदै पनि कृषि प्रणालीबारे नजिकबाट जान्ने मौका नपाएको दुःख लागेर आउँथ्यो ।  आज रोपाइँमा सहभागी भएर थोरै जान्ने मौका पाएका छौँ ।  धान गोड्न र काट्नका लागि निम्ता दिनुभएको छ ।  धान गोड्दा र काट्दा धेरै जानिने छ भन्ने लागेको छ, धान रोप्दै गरेकी आस्विनले भन्नुभयो, यो अवसर जुटाइ दिएकोमा विद्यालयप्रति आभारी छौँ ।  आश्ना, आस्विन र प्रतिभा त उदाहरण मात्रै हुनुहुन्छ ।  रोपाइँमा पुगेका अधिकांश विद्यार्थीले पहिलोपल्ट रोपाइँमा सहभागी भएको भन्दै धान खेती र कृषि प्रणालीका बारेमा धेरै कुरा जान्न पाएको प्रतिक्रिया दिएका थिए ।  
३५–४० जना विद्यार्थीका साथमा रोपाइँमा सहभागी हुन पुग्नुभएका विद्यालयका एमडी सुनील गौतमले भन्नुभयो, आजको रोपाइँ कार्यक्रमबाट विद्यार्थीले धेरै सिक्न पाएका छन् ।  किताबी ज्ञानभन्दा व्यावहारिक ज्ञान प्रभावकारी हुन्छ भन्ने कुरा विद्यार्थीले प्रमाणित गरिदिएका छन् ।
यसै शैक्षिक शत्रदेखि नयाँ व्यवस्थापन र नयाँ सोचका साथ विद्यालय सञ्चालन गर्दै आएको भन्दै विद्यालयका प्रिन्सिपल खगेश्वर पौडेलले परम्परागत शिक्षा प्रणालीभन्दा माथि उठेर आफूहरूले शिक्षण गरिरहेको बताउनुभयो ।  शिक्षासँगै संस्कार जोडेर सिकाइ सञ्चालन गरेको बताउँदै प्रिन्सिपल पौडेलले भन्नुभयो, परम्परागत शिक्षण विधिभन्दा माथि उठेर हामीले सिकाइ प्रक्रियालाई अगाडि बढाएका छौँ ।  हामीले शिक्षासँगै संस्कार जोडेका छौँ ।  हरेक अवसरमा विद्यार्थीलाई व्यावहारिक ज्ञान जोड्दै आएका छौँ ।
प्रिन्सिपल पौडेलले थप्नुभयो, बुद्ध पूर्णिमामा विद्यार्थीलाई गुम्बामा लगेर बुद्ध दर्शनका बारेमा जानकारी गराएका थियौँ ।  मातृऔँसीमा वृद्धाश्रममा लगेर विद्यार्थीलाई वृद्धवृद्धासँग अन्तत्र्रिmया गराएका थियौँ ।  मुस्लिमको महान् पर्व बकर इदमा धर्म गुरुलाई विद्यालयमा बोलाएर विद्यार्थीसँग अन्तक्र्रिया गराएका थियौँ ।  यसरी वर्षभरि नै हरेक अवसरमा हामीले विद्यार्थीलाई नयाँ–नयाँ विषयको जानकारी गराउने सोच बनाएका छौँ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना