प्रविधिको पर्खाइमा छुर्पी व्यवसायी


राजन रावत

सिमकोट, साउन १४ गते ।  हुम्लाको सदरमुुकाम सिमकोटबाट ५२ कोष टाढा उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका वडा नम्बर ६ का स्थानीयप्रति घरधुुरी पाँच महिना पाँच हजार मिटर अग्लो खर्कमा चौरी र झुुमा मात्र पाल्दैनन्, दुुर्खा (छुुर्पी) पनि बनाउने गर्छन् ।  जसलाई जमाना अनुसारको प्रविधि नभएर हातैले बनाउँदा गुणस्तरीय कच्चा पदार्थ भएर पनि त्यो स्तरको उत्पादन हुन नसकेको व्यवसायी बताउँछन् । chhurpi
यसको मूल्यप्रति केजीको एक हजार रुपियाँ पर्ने गर्दछ र वार्षिक रूपमा प्रतिघर ५० देखि ६० केजी उत्पादन हुुँदै आएको छ ।  २१७ घरधुरी रहेको सो वडामा प्रतिघर १५ चौरी र झुमा हुने गरेको चौरी हेरालुु छाम्ज्योत तामाङले बताउनुुभयो ।  
चौरी र झुुमाको महीबाट निर्माण हुने निक्कै स्वादिष्ट र स्वास्थ्यका लागि उपयोगी छुुर्पीको व्यावसायिक उत्पादन गर्ने सोच बनाएको उहाँले बताउनुुभयो ।  के गर्ने प्रविधि छैन हातैले सामान्य किसिमले बनाउनुुपर्छ ।  यसमा काम गर्ने निकायहरूले प्रविधि सहयोग गरे खर्कमा खेर जाने महीबाट छुुर्पी उत्पादनलाई व्यावसायिक बनाउन सकिने उहाँले सम्भावना रहेको बताउनुभयो ।  यसमा पशुु विकासका क्षेत्रमा काम गर्ने निकाय धेरै भएको जानकारी आएको छ तर हामी अति विकटका व्यवसायी उत्पादनमा गुणस्तरीयता ल्याउने इच्छा र चाहाना भए पनि गर्न सकिरहेका छैनौ तामाङले दुखेसो पोख्नुुभयो ।  वर्षायाममा धेरै मही उत्पादन हुने र र यसबाट छुुर्पी पनि राम्रै उत्पादन गर्नसकिने भए पनि सुुकाउने नयाँ प्रविधिको अभावले धेरै कुहिएर जाने बताइएको  छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना