फेरि देखाप¥यो स्वाइन फ्लु

Prakash budhathokiडा. प्रकाश बुढाथोकी
    

    

    

केही दिनयता काठमाडांैँ उपचाररत बिरामीमा कडा खालको  स्वाइन फ्लुको सङ्क्रमण बढेको छ ।  केही उपचाररत रहेको र त्यसमा दुई जनाको ज्यान गइसकेको छ ।  त्यस्तै ललितपुर छम्पी निवासी ५२ वर्षीया नारायणी थापाको २० चैतमा सुमेरु अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको थियो ।  आमा र छोरी बिजेता दुवैमा  स्वाइन फ्लु भए पनि छोरीमा सामान्य खालका भएकाले सामान्य उपचारपछि घर फिर्ता भएकी थिइन् ।
  विगतमा वर्षायाममा फैलने मौसमी रुघाखोकी यस वर्ष फागुनदेखि नै निरन्तर छ ।  ज्वरो आई प्रयोगशाला परीक्षण गर्नेमा २० प्रतिशतमा  स्वाइन फ्लु देखिएको छ ।  त्यसो त हरेक वर्ष जाडो वा गर्मी सकिने बेला तथा मौसम परिवर्तनका बेला सामान्यत कुनै न कुनै सङ्क्रामक रोग फैलने गर्छ ।  गत वर्ष हङकङ फ्लुले सताएको थियो भने यो वर्ष  स्वाइन फ्लु देखा परेको छ ।  पहिलेको  स्वाइन फ्लु क्यालिफोर्नियाबाट आएको थियो भने हालको अमेरिका, युरोप हुँदै भारतमा समेत देखा परेको मिचिगन स्ट्रेन नामक छ जुन कडा र हानिकारक छ ।  नेपाललगायत भारतमा पनि मिचिगन स्ट्रेनको खोप छैन ।
 एच.१ एन.१, एच.१ एन.२, एच.३ एन.१, एच.३ एन.२, प्रजाति भाइरस खासगरी बङगुर–सु“गुरमा फैलिन्छ ।  सर्वप्रथम यो रोग बङगुरमा सन् १९३० मा पहिचान भएको थियो ।  सबैभन्दा पहिले मेक्सिकोको वेराक्रुजको एक सँुगुर फार्ममा देखिएकोले केही स्थानमा सु“गुर ज्वरो पनि भनिन्छ ।  सन् २००९ मा मेक्सिकोमा सु“गुरबाट मानिसमा रोग सरेको प्रमाणित भएपछि यसलाई  स्वाइन फ्लु भन्न थालिएको हो ।
    कहिलेका“ही सुँगुरको लामो समयसम्मको लसपस तथा प्रत्यक्ष सम्पर्कमा आएका मानिसमा यो रोग सर्ने र कतिपयमा आफैँ हराएर जान्छ ।  बङ्गुर र कुखुरामा भएका इन्फ््लुएन्जा मानिसका शरीरमा रहेका इन्फ््लुएन्जासँग मिसिएर मानिसको शरीरमा मिल्ने गरी आफ्नो संरचनामा परिवर्तन गर्न सक्छ र एउटा नितान्त नया“ किसिमको भाइरसको उत्पत्ति हुन सक्छ ।  यदि यसो भएमा यो रोग मानिसबाट मानिसमा सर्न सक्छ र नयाँ महामारी फैैलिन सक्छ भन्ने नै अहिलेको विश्वव्यापी चिन्ता हो ।
सर्ने तरिकाः
स्वाइन फ्लुको विषाणु सामान्य रुघा खोकीको विषाणुझैँ फैलिन्छ ।  रोगीले खोक्दा, हा“च्छिउ गर्दा, रोगीले छु“दा, आमने सामने कुरा गर्दा मुखबाट निस्कने स–साना पानीका कणबाट, सास फेर्दा सर्न सक्छ ।  ढोकाका ह्याण्डील, टिभीको रिमोट कन्ट्रोल, हात राखेर हिँड्ने रेलिङ, बसको गेटमा भएको ह्याण्डील, कम्प्युटरको किबोर्डलगायतमा विषाणु हुनसक्ने तथा सर्ने हुनसक्छ ।  
जोखिम समूह
ए.सी.,कुलरको ठण्डा हावामा बस्ने व्यक्ति
पाँच वर्षभन्दा कम उमेर
६ ५ वर्षभन्दा बढी उमेर
चिकित्सक तथा स्वास्थ्यकर्मी
गर्भवती महिला
    दीर्घकालीन रोगबाट पीडित–मुट तथा रक्तनली, स्वासप्रश्वास, कलेजो, मधुमेह र प्रतिरोधात्मक क्षमता कम भएका क्यान्सर, एच.आई.भी.,अन्य रोगहरू ।
लक्षण
    भाइरस मानिसमा सरेको एकदेखि १० दिनसम्ममा लक्षण विकसित हुन्छ ।  रुघाखोकी लाग्नु यसको मुख्य लक्षण हो ।  रुघाखोकीभन्दा कडा र औषधिले पनि नछुने र लामो समय रहने हुन्छ ।  जिउ दुख्ने, १०४ डिग्री वा बढी ज्वरो आउनु, अल्छी लाग्ने, खान मन नलाग्ने, छाती दुख्ने, घा“टी दुख्ने, टाउको दुख्ने, शरीर काम्ने, थकाइ लाग्ने, रिंगटा लाग्ने, पखाला लाग्ने, वान्ता हुने, सास फेर्न कठिनाइ, केहीमा आ“खा पाक्ने जस्ता लक्षण देखिन्छन् ।  ज्वरोको तापक्रम १०४ डिग्री फरेनहाइट वा बढी, जिउ वा शरीर ज्यादै गल्ने, सास फेर्न गाह्रो हुने, छाती, टाउको तथा घाँटी दुख्ने र झाडावान्ता हुने मात्र यस्ता लक्षण हुन जुन रुघाखोकीमा हुँदैन ।
    केटाकेटीमा चाहि“ ¥याल, सिँगान निस्कने, सास फेर्न अप्ठेरो हुने, छाला, ओठ निलो देखिने, झोल खानेकुरा निल्न कठिन हुने, निर्जलीकरण हुने, बढी निद्रा लाग्नेजस्ता समस्या देखिन्छन् ।  वयस्कमा सास विस्तारै चल्ने, छाती वा पेट दुख्ने तथा अचानक चक्कर आउने हुन्छ ।  
    घरमै बसेर आराम तथा उपचार गराइरहेका बिरामीले आराममै छिटोछिटो सास फेर्न अप्ठयारो भए, छाती दुख्ने, चिडचिडाहट हुने, रक्तचाप एकदम कम हुने, खान मन नलाग्ने, पखाला, मुखबाट रगत, पखाला तथा मानिस वा ओठ, हात, खुट्टा निलो हुन थाले खतरा सम्झेर तुरुन्तै सुविधा सम्पन्न अस्पतालमा लग्नुपर्छ ।  
     भाइरल रोग भएकोले आफैँ पनि विना उपचार १० दिनमा रोग निको हुन सक्छ ।  निगरानी समय वयष्कका लागि पाँच दिन तथा बच्चाका लागि ७ देखि १० दिनसम्म हुनेगर्छ ।
रोकथाम
    रोकथामका लागि उपलब्ध खोप र उपचार औषधि महँगो छ ।  सम्भावित सङ्क्रमीमदेखि २ हात वा १ मिटर परै बस्ने, भीडभाड क्षेत्रमा नजाने, जानै परे मास्क लगाएर मात्र जाने गर्नुपर्छ ।  त्यस्तै हात मिलाउने, चुम्बन तथा अङ्कमाल गर्नको साटो नमस्कार गर्नुपर्छ ।  जथाभावी सिँगान, खकार थुक नफ्याकने, हा“च्छ्यू गर्दा रुमाल, टिस्यु पेपर वा पाखुराले नाक मुख छोप्ने गर्नुपर्छ ।  हात राम्रोस“ग साबुन पानीले धुने, सम्भव नभए दुई हातलाई आपसमा मज्जाले रगड्ने गर्दा पनि बच्न सकिन्छ ।  विना काम नाक, आ“खा, मुख नछुने नै रोगबाट बच्ने आधारभूत उपाय हुन् ।  
 सञ्चो नभएको बेला अनावश्यक भ्रमण नगर्ने, पौष्टिक खाना खाने, प्रशस्त पानी पिउने, स्तनपान गरिरहेका बालकलाई साविकभन्दा बढी दूध चुसाउने, तातो पानीको बाफ लिने, नुन पानीले कुल्ला गर्ने, प्रशस्त आराम, अलग्गै कोठामा बस्ने तथा निद्रा लिनुपर्छ ।  अन्तमा, इन्फ्लुएन्जा ए एच.१ एन.१ फैलिएका बेला यात्रा बन्द गर्नु, शङ्कास्पदलाई सिमानामा रोक्नुभन्दा सरसफाइ नै महìवपूर्ण कुरा हो ।  ग्लोभ, मास्क, गाउन, आ“खाको सुरक्षाजस्ता व्यक्तिगत सुरक्षा, खोकी र हाछ्युका तरिका व्यक्तिगत सरसफाइ विशेषगरी हात धुने तरिका, भीडभाडबाट टाढा, अनावश्यक यात्रा नगर्नेमा ध्यान दिई सर्तकता अपनाउनु राम्रो हुन्छ तर आतङ्कित नै हुनुपर्ने अवस्था छैन किनभने ९९ प्रतिशत स्वाईन फ्लु सङ्क्रमण आफै निको हुन्छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना