पुनर्जीवनको आशामा नयाँ प्रविधि

ram p gautamरामप्रसाद गौतम

 

मानिसको लागि जीवन प्यारो हुन्छ ।  कोही आत्महत्या गर्नका लागि हातमा रसी लिएर हिँडेको रहेछ भने पनि सडकमा गाडीदेखि तर्कीतर्की हिँड्छ ।  घर खेत बेचेर भए पनि बाँचिन्छ भने उपचारका लागि जुट्छ ।  जीवन सबैलाई प्यारो छ ।  हाल वैज्ञानिक विभिन्न रोगको उपचारका लागि औषधि तथा एन्टिबयोटिक पत्ता लगाउन प्रयासरत छन् ।  प्रत्येक व्यक्तिलाई आफ्नो जीवन अमूल्य र मृत्यु भयावह हुन्छ  ।  मृत्युको भयावहता यस्तो हुन्छ यसको महसुस यो स्तम्भकारले पनि त्यतिबेला गरेको थियो जब इसिजी प्रतिवेदनमा मुटुका भल्वमा प्वाल परेको र इको गर्दा लेफ्ट भेन्ट्रीकल डिस्फसन लेखिएको थियो ।  पछि औषधिले गर्दा सबै प्रतिवेदन नर्मल भएका थिए ।  तर्सथ लाग्छ चिकित्सा विज्ञानले मृत्युबाट जीवनलाई फर्काउने गर्छ ।  
हाल वैज्ञानिकले एड्सजस्तो रोगको सीधैँ औषधि पत्ता लगाई नसकेको भए पनि त्यसको भाइरसलाई विभिन्न तरिकाले नियन्त्रण गरिसकेका छन् तर क्यान्सरको पूर्ण उपचार  अहिलेसम्म असम्भव नै छ ।  यहाँ क्यान्सर भन्नाले यसको तेस्रो र चौथो चरणमा पुगिसकेको अवस्थालाई भन्न खोजिएको हो ।  कुनै अङ्गको क्यान्सर त्यो अङ्ग पूरै काटेर फालेको अवस्थामा पनि बचाउन सकिन्छ तर सामान्य अवस्थामा क्यान्सरको प्रत्यक्ष औषधि हालसम्म पत्ता लागिसकेको छैन ।  
रोगको औषधि पत्ता लगाउने काम जैविक विज्ञानअन्तर्गत माइक्रोवायोलोजी अध्ययनबाट गरिन्छ ।  तर रोग पत्ता लगाउनका लागि डाइनोसिसका लागि विभिन्न मेसिन औजार र प्रविधि भौतिक, रासायनिक र जैविक विज्ञान अन्तर्गतको प्रयासबाट  गरिन्छ ।  क्रायोप्रिजर्वेशन  एउटा यस्तो प्रविधि हो यसमा मानिसका कोशीकालाई उसको मृत्युपछि पनि जीवित राख्न सकिन्छ ।  निकै थोरै तापक्रममा मृतकलाई राख्न सक्ने  हो भने मानिस मरे पनि यसका कोशिका जीवित रहन सक्छन् ।  जब काशिका जीवित रहन्छ र रगत तथा शरीरको  मांशपेशीलाई क्यामिकल्सको सहयोगले क्लटिङबाट बचाइयो भनेपछि कुनै समयमा मरेको मानिसलाई जीवित गराउन सकिन्छ भन्ने वैज्ञानिकले आशा राखेका छन् ।  यहि कोशिका चिस्याउने उच्चस्तरीय विधिलाई क्रायोप्रिजर्वेशन  भनिन्छ ।
अहिलेसम्म प्रयोगशालामा यो प्रविधिले मानिस बचाएको छैन तर सिद्धान्ततः यो सम्भव छ भन्ने मान्यता वैज्ञानिक पुगेका छन् ।  यो ज्यादै महँगो प्रविधि भएकोले आम मानिसले यसको प्रयोग गर्न नसक्ने हुँदा विश्व स्वास्थ्य सङ्गठनले कुनै प्रकारको परीक्षण गरेर आधिकारिकता प्रदान गरेको पनि छैन ।  त्यसो भने यो कस्तो प्रविधि हो ? यसको प्रचलन र प्रयोगमा कस कसले ल्यायो भन्ने बारेमा आम जिज्ञासा हुन सक्छ ।   
यसरी त प्रकृति र विज्ञानको लडाइँ लामो समयबाट भइरहेको छ ।  प्रकृतिलाई कुनै ठाउँमा विज्ञानले चुनौती दिइरहेको छ ।  कुनै प्रकृतिले गर्ने काम विज्ञानले गर्न सक्दैन र कहिलेकाहीँ विज्ञानले गर्ने काम प्रकृतिले गर्न सक्दैन ।  प्रकृतिको सबै काम विज्ञानले गर्न सक्दैन त्यो सर्र्वविदितै छ ।  विज्ञान र प्रकृतिको सबैभन्दा ठूलो लडाइँ जीवन र मृत्युको भयावह लडाइँसंँग छ ।  प्रकृतिले एक न एक दिन सबैलाई मार्छ र विज्ञानले लामो समयदेखि अजम्बरी हुने उपाय खोजी रहेको छ सम्भव भएको छैन ।    
सायद हुँदैन पनि किनकि कोशिका मर्दै गएर बुढेसकालमा सबै शिथिल भएर, सबै अङ्गहरू कमजोर भएपछि मानिस मर्छ ।  त्यसमा खासै चिन्ता मान्नुपर्ने कुरा भएन तर कहिलेकाहीँ विभिन्न खतरनाक रोगको प्रतिरोध गर्न नसकेको कारणले मानिस अल्पायुमै तथा बच्चा उमेरमा नै मर्न बाध्य हुन्छन् ।  यद्यपि अहिले चिकित्सा विज्ञानले अति संवेदनशील रोगलाई पनि निको पार्ने औषधि पत्ता लगाइसकेको छ ।  क्रायोप्रिजर्वेशन यसैसँंग सम्बन्धित एक प्रविधि हो जसले अन्य शरीरको अङ्ग ठीक भएको तर निको नहुने रोगको कारण मर्न बाध्य मानिसका कोशिकालाई बचाउने प्रयास गर्छ ।   
यो प्रविधि हो ।  सफल वा असफल अहिलेसम्म प्रमाणित भएको छैन ।  यसको प्रयोग हालै बेलायतमा गरिएको छ ।  बेलायतमा एक  १४ वर्षकी किशारीलाई क्यान्सर भयो ।  यो रोग अहिलेको औषधि र हालको प्रविधिबाट निको नहुने भएपछि उनी अदालत गइन् र उनको मृत्युपछि उनको शरीरलाई क्रायोमिक्स प्रविधिअनुसार डिप फ्रिजमा राख्ने अनुमति पाउँ भनी अदालतमा अनुरोध गरिन र अदालतले उनको माग स्वीकार गरेको छ ।
ती किशोरीको माग के थियोभने, म निको नहुने क्यान्सर रोगले मर्दैछु, मेरो मृत्युपछि लाशलाई अरूलाई जस्तो कब्रमा नगाडियोस् ।  मलाई क्रायोप्रिजर्वेशन प्रविधिअनुसार फ्रिजमा राखियोस् किनकि, क्यान्सरको अहिले औषधि छैन तर हजारौँ वर्षपछि यसको औषधि बन्न सक्छ र म फेरी बाँच्न सक्छु ।  यो मागलाई न्यायाधीशले स्वीकार गरेको खबर अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्  ।  
 यसरी मानिस कम उमेरमा मरेको अवस्थामा मृत्युको २ देखि १५ मिनटभित्र लाशलाई माइनस १३० डिग्री सेन्टीग्रेडको तापमा राखिन्छ र शरीरमा  रगत जम्न नदिन क्यामिकल्सको प्रयोग गरिन्छ ।  त्यसै गरी मांशपेशी सुक्न नदिनका लागि पनि क्यामिकल्सकै प्रयोग गरिन्छ ।  त्यसपछि मृत शरीरलाई  लिक्वीड नाइट्रोजनको ट्याङ्करमा राखिन्छ त्यसको तापक्रम माइनस १९६ डिग्री सेन्टीग्रेड हुन्छ ।  यसरी मानिस मरेको हुन्छ तर अन्य कोशिका र रगतको अवस्था स्थिर हुन्छ ।  
पछि कुनै समयमा हाल उपचार हुन असम्भव मानिएको रोगको उपचार पत्ता लागेमा त्यो शरीरमा पठाइन्छ र मानिसले फेरी पुनर्जीवन पाउन सक्छ भन्ने मान्यतामा यो प्रविधि विकसित भएको छ ।  एक पटक पत्रपत्रिकामा आएको खबरअनुसार चीनमा कुनै समय हिँउमा पुरिएको मानिसलाई १८ वर्षपछि झिक्दा ऊ जिउदै थियो भन्ने खबर छापिएको थियो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना