‘संविधान कार्यान्वयन सरकारको प्रमुख दायित्त्व’

निर्मलकुमार आचार्य

काठमाडौँ, साउन १५ गते ।  प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनको विषयलाई सरकारको प्रमुख दायिŒव बताउनुभएको छ ।  प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार साँझ विभिन्न राष्ट्रिय सञ्चार माध्यमका प्रधानसम्पादकसँग अन्तक्र्रिया गर्नुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्क्रमणकालको अस्थिर वातावरणबाट मुलुकलाई मुक्त तुल्याउन संविधान कार्यान्वयनको अपरिहार्यता दर्शाउनु भएको हो ।  
संवैधानिक व्यवस्थाअनुरूप  आउँदो माघ ७ गतेभित्र बाँकी सबै निर्वाचन पूरा गरेरै छाड्ने अठोट प्रधानमन्त्री देउवाले व्यक्त गर्नुभएको छ ।  संविधान संशोधनको प्रक्रिया अघि बढाउने, नबढाउनेबारे छलफल गरी निष्कर्षमा पुग्न आफू सकारात्मक रहेको जानकारी दिँदै संशोधन पारित भए वा नभए पनि राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल निर्वाचनमा सहभागी हुने विश्वास समेत उहाँको छ । sher-bahadur-deuba
प्रान्त तथा सङ्घ (केन्द्र)को निर्वाचन एकै पटक गर्नसकिने सम्बन्धमा उहाँले त्यसो गरिंदा रकम, समय र जनशक्ति समेत कम लाग्ने हुँदा सबैको सहमति जुटाउने काम भैरहेको धारणा व्यक्त गर्नुभएको छ ।  यसप्रति निर्वाचन आयोग सकारात्मक रहेको र निर्वाचन क्षेत्र निर्धारण आयोगका काम, कारबाही समेत अघि बढेकाले उहाँले समयमै निर्वाचन हुनेमा शङ्का नगर्न समेत आग्रह गर्नुभएको छ ।   
सुशासन र भूकम्पपछिको पुनःनिर्माणका काममा तीव्रता दिइने दृढतासाथ प्रधानमन्त्री देउवाले राष्ट्रिय गौरवका आयोजनाका कामलाई प्राथमिकतामा राखेर अघि बढाइने जानकारी दिँदै यसका लागि छिट्टै स्थलगत भ्रमणमा जाने धारणा समेत व्यक्त गर्नुभएको छ ।  
‘दोक्लम’ क्षेत्रलाई लिएर भारत र चीनबीच बढ्दो तनावका सम्बन्धमा प्रधानमन्त्री देउवाले दुई देशबीच सम्बन्ध सुध्रँदै जाने विश्वास प्रकट गर्दै नेपालले भारत तथा चीनसँग राम्रो सम्बन्ध विकास गर्न चाहेको बताउनुभएको छ ।  आसन्न भारत भ्रमणबारे राखिएको जिज्ञासामा उहाँको भनाइ रह्यो– यसले आपसी सम्बन्ध विस्तारमा कोसेढुङ्गाको काम गर्नेछ ।  महाकाली, अरुण जस्ता जलविद्युत् परियोजना लगायतका विषयमा ठोस कार्य हुने समेत उहाँले विश्वास दिलाउनुभयो ।  
भारतसँग बढ्दो व्यापार घाटाप्रति चिन्ता जनाउँदै उहाँले हरेक देशसँग व्यापार घाटा रहेको थप स्थिति औँल्याई जलविद्युत्का माध्यमबाट आर्थिक विकासका बाटामा लाग्नुको विकल्प नरहेको वस्तुस्थिति उहाँले दर्शाउनुभयो ।  सडकको दुरवस्था र विकास, निर्माण कार्यमा भैरहेको ढिलासुस्तीलाई असहनीय भएको बताउँदै उहाँले अब यस्ता प्रवृत्तिविरुद्ध सक्रिय हुने दृढता दर्शाउनुभएको छ ।  उहाँले  विकास, निर्माणका काममा रहेका प्रक्रियागत झमेला तथा अन्तर मन्त्रालयगत समन्वयको अभावजस्ता परिपाटी अन्त्य गरिने आश्वासन समेत दिनुभयो ।
चिकित्सा क्षेत्रमा रहेका कमी, कमजोरीविरुद्ध ११ औंँपटक आमरण अनशनमा बस्नुभएका प्राडा गोविन्द केसीको मागका सम्बन्धमा उहाँले वार्ता भइरहेको र यो समस्या चाँडै सल्टिने विश्वास दिलाउनुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना