निर्वाचन प्रणालीको समीक्षा र दलीय प्रणाली

 dinanath_sharmaदीनानाथ शर्मा

 

नयाँ संविधानको व्यवस्था अनुसार दुई नं प्रदेश बाहेक स्थानीय तहको निर्वाचन सम्पन्न भयो ।  निर्वाचन परिणामबारे साना ठूला सबै दलका समीक्षा बैठकहरू भए ।   नेपाली काँंग्रेसले निर्वाचन हार्नुको मुख्य कारण पार्टीभित्रको अन्तरघात भन्यो ।  एमालेले अझ राम्रो गर्न नसक्नुको पनि अन्तरघात नै भन्ने औँल्यायो ।   माओवादी केन्द्रको बैठकले संगठन अस्तव्यस्त हुनु, जनताबीचको सम्बन्ध टुट्नु, चुनाव खर्चिलो हुनु, व्यवस्थापकीय कमजोरी रहनु, शक्तिको समुचित विन्यास हुन नसक्नु अरुले पिठो बेच्दा मओवादीले बासमती चामल बेच्न नसक्नुको कारण अपेक्षित परिणाम नआएको निष्कर्ष निकाल्यो ।  आन्तरिक अन्तरघातको छानबिन गर्न कमिटी गठन ग¥यो ।  
नेपालका ठूला राजनीतिक दलहरू भित्र गुटबन्दी र अन्तरघातको संस्कृति मौलाउँदै गएको छ ।  दलहरू राष्ट्रिय एजेण्डामा एकठाउँमा हुन नसक्नुका पछि पार्टीभित्रको गुट स्वार्थ र सङ्कीर्णताले महìवपूर्ण भूमिका खेलेको छ ।  नेपालको संक्रमणकालीन राष्ट्रिय राजनीतिले निकास पाउन नसक्नुका पछि पनि यही कारण प्रमुख बन्न पुगेको छ ।  पुँजीवादी राजनीतिक प्रणालीमा विचार सङ्घर्ष हँुदैन् ।  सत्ता सङ्घर्ष यो प्रणालीको मौलिक विशेषता हो ।   सत्ताप्राप्तिका लागि दलहरूभित्र स्वार्थ समूह गठन हुन्छ ।  स्वार्थ समूह सत्तास्वार्थका लागि प्रतिस्पर्धामा उत्रिन्छन् ।  एउटाले अर्कोलाई कमजोर पार्न  सवै प्रकारको प्रयत्न हुन्छ ।   यो अस्वस्थ प्रतिस्पर्धाले पार्टीहरू कमजोर बन्दै गएका छन् ।   पार्टी र नेतृत्वको साख पनि त्यसैकारण घट्दै गएको छ ।
नेकपा (माओवादी केन्द्र)को बैठकको प्रारम्भमा अध्यक्ष  प्रचण्डले कार्यालयको तर्फबाट प्रतिवेदन पेश गर्दै निर्वाचनमा अपेक्षित परिणाम नआउनुको पछि मूलतः संगठनात्मक कमजोरीलाई औल्याउनु भयो ।  लगातारको फुटको मनोविज्ञान पनि पराजयको कारण बन्यो ।  “अहिले पार्टी छैन पार्टीका नाममा गुट मात्रै छन् ।  कि पार्टी विघटन गरौँ कि पार्टी भित्रका गुटलाई विघटन गरेर पार्टी पुनःनिर्माणमा लागौँ भन्ने कुरा मार्मिक ढंगले राख्नुभयो ।  पार्टी भित्रको गुट सङ्कीर्णता र गुट स्वार्थबाट पीडित अन्तरमनको चरम अभिव्यक्ति थियो त्यो ।  स्वार्थ समूहका शक्तिशाली टावर खडाहँुदै गएका छन् ।  तिनीहरू बीच शक्ति सन्तुलन मिलाउन प्रचण्डलाई फत्तेसार परेको प्रष्टै देखिन्छ ।  गुटहरूबीच भागबण्डा गर्नुपर्छ महìवपूर्ण पदमा ।  यो रोग सबै दलमा चर्काे छ ।  महìवपूर्ण नियुक्ति र मन्त्रीमण्डल विस्तारमा यो दबाबले सासै फेर्न नपाउने गरी थिच्छ ।   
विचार सङ्घर्ष गौण
नेकपा (माओवादी केन्द्र) संसदीय राजनीतिमा प्रवेश गरेपछि विचारधारात्मक सङ्घर्ष गौण भयो ।  सत्ताको निकट हुन र सोत, साधन, पद प्रतिष्ठाका लागि दबाब समूहहरू बने ।  तिनै गुट स्वार्थ समूहमा अनुवाद भए ।  नेतृत्वको वरिपरि रमाउनेहरूका बीच पनि हानथाप भयो ।  एकतामा आउनेहरू ख श्रेणी भए ।  संगठन भित्रको यो भाँडभैलो र विकृतिले प्रचण्डलाई सतायो अनि यी पीडा पोखिन थाले बैठकहरूमा ।  गुट संरक्षण नेतृत्वबाट हुन्छ ।  त्यसको दबाब पनि उतैपर्छ ।  सबै दलमा यो रोग सङ्क्रामक हँुदै गएको छ ।  
हिजो युद्धमा विचार सङ्घर्षले प्राथमिकता पाउथ्यो ।  छलफलको स्वतन्त्रता कार्यमा एकतालाई कमसेकम कायम गरिएको थियो ।  पुष्पलालको विचार र रायमाझी प्रवृत्तिबीच चर्को टक्कर थियो ।  लोकतन्त्रवादीसित निकट हुने कि दरवारसित भन्ने विषयमा लामो अन्तरसङ्घर्ष भयो ।  लोकतन्त्र कि राष्ट्रियता भन्दै राष्ट्रियता र लोकतन्त्रलाई दुई विपरीत वित्तामा उभ्याइयो जुन गलत थियो ।  दुवै एक सिक्काका दुई पाटा थिए र हुन् ।  अन्धराष्ट्रवाद वा राष्ट्रिय आत्मसमर्पणवादलाई प्राथमिकता दिएर लोकतन्त्र भुत्ते पार्ने संस्कार अझै कायम छ ।  माओवादी केन्द्रले पछिल्लो चरणमा बाह्रबुँदे सहमति बनाउँदा दुवैलाई एक अर्काका पूरक बनाएको स्मरण हुन्छ ।
जेहोस् नेपालका संसदवादी राजनीतिक पार्टीभित्रको गुट सङ्कीणर्ता र अन्तरघात
(माओवादी केन्द्र) तिर पनि सुकेलुतो झैँ सल्केको छ ।  यो संसदीय लुतो हो ।  त्यसको धेरथोर असर स्थानीयतहको निर्वाचनमा पनि देखियो ।  यो कुनै व्यक्ति विशेषको पाप र अपराधभन्दा पनि वर्तमान राजीतिक प्रणालीकै रोग हो ।  संसारको उन्नत र ठूला पुँजीवादी लोकतान्त्रिक प्रणालीको लामो अभ्यास गरेका देशमा पनि जनमतको नाममा जनतालाई ठग्ने र जनतामाथि अल्पमतको शासनसत्ता लाद्ने काम हुँदै आएको छ ।   
वैचारिक कार्यदिशाको संकट
नेकपा माओवादी केन्द्रभित्र वैचारिक कार्यदिशाको संकट छ ।  विचारमा एकरूपता छैन ।  यसपटकको बैठकमा दुईवटा धारहरू देखा परे ।  प्रथम, यही संसदीय राजनीतिक कार्यदिशालाई सुदृढ र व्यवस्थित गर्दै जाने ।  यसैभित्रबाट जनताका दैनिक समस्याको हल गर्ने कार्यविधि विकास गर्ने  ।  निर्वाचित प्रतिनिधिलाई त्यही दिशामा प्रशिक्षित गर्दै जाने ।  दोस्रो, विद्यमान राजनीतिक प्रणालीलाई अत्यधिक उपयोग गर्दै वैज्ञानिक समाजवादको दिशामा पार्टीलाई अगाडि बढाउने ।  दोस्रो विचार झिनो र कमजोर छ ।  सिंगो पार्टीपङ्क्ति कार्यदिशाबारे अलमलमा छ ।  अहिले यही प्रणाली अन्तर्गतको प्रतिस्पर्धाले प्राथमिकता पाएको छ ।  निर्वाचनलाई रणनीतिक रूपमा ग्रहण गर्ने विचार प्रबल छ ।  यो दक्षिणपन्थी विचलनको संकेत हो ।  पार्टीभित्र विचारसङ्घर्ष भुत्ते हुँदै जानुको कारण पनि यही हो ।  
वर्तमान कार्यदिशाले पार्टीभित्र दुईवटा वर्ग जन्माउँदै छ ।  एउटा हुनेखाने र अर्को हुँदा खाने ।  मन्त्री, सभासद्, लाभको पदमा नियुक्ति पाएका व्यक्ति, स्रोत साधन र पँहुचवाला व्यक्तिको आर्थिक अवस्था, जीवनशैली र हैसियत माथि हुन्छ ।  स्थानीय तहको निर्वाचनपछि तल्लो तहका निर्वाचित प्रतिनिधिको हातमा पनि पर्याप्त सोत साधान हात पर्दैछ ।  अहिलेसम्म माथि केन्द्रीय स्तरका नेता र तलका कार्यकर्ताबीच दूरी बढ्दै गएको थियो ।  अब तल गाउँ र वडासम्मै पदमा हुने र नहुनबीच, स्रोत साधनमा पहुँच हुने र नहुनेबीच चर्को अन्तरविरोध पैदा हुने खतरा छ ।  त्यसलाई व्यवस्था गर्ने विषय गम्भीर चुनौतीको विषय हो ।  ठीकसित हल भएन भने पार्टी नराम्रोसँग संसदीय दलदलमा फस्नेछ ।  
हिजो सँगसँगै काँधमा बन्दुक बोकेर छातीमा गोली थापेको एउटा साथी माथि धुरी चढ्छ ।  अर्कोले सडकमा बाटाखर्च हात थाप्नु पर्दैछ ।  हुने र नहुनेबीच अन्तरविरोध चर्को हुन्छ ।  समयमै सावधान भइएन भने गम्भीर संकट पैदा हुन्छ ।  संसदीय पुँजीवादी दलदलमा छिरिसकेपछि त्यसबाट बाहिर निस्केको उदाहरण अन्यत्र कतै भेटिएको देखिँदैन ।  हामीले उदाहरण बनेर देखाउने अवसर छ ।
गणतन्त्र, सङ्घीयता, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता सबै पुँजीवादी फ्रेमवर्क भित्रका प्रगतिशील उपलब्धि अवश्य हुन् ।  यही संरचनाभित्रका प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीले यो प्रणालीलाई सुदृढ गर्न सहयोग पु¥याउनेछ ।  तर समाजवादी अर्थतन्त्र समतामूलक समाज र सुशासन सम्भव छैन ।  समाजमा विद्यमान अन्तरविरोधलाई हल गर्न पनि सम्भव छैन ।  पुँजीवादी विषवृक्षमा समाजवाद फल्दैन ।  सुन्तलामा जुनार कलमी होला चिलाउनेको बोटमा कागती फल्दैन ।  सयौँलाई मलजल गर्दै जाने सोच भावी क्रान्तिप्रतिको अविश्वास हो ।  दक्षिणपन्थी विचलन हो ।  यो प्रणालीले पनि वर्ग अन्तरविरोध पैदा गर्छ ।  वर्ग सङ्घर्षलाई अनिवार्य गराउँछ भन्ने कुरा बिर्सनु भएन ।  
उपलब्धिको रक्षा
नेपाली जनताको ७० वर्षको अनवरत सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा त्यत्तिकै चुनौतीपूर्ण छ ।  गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक सबै एजेण्डाको वाहक शक्ति, नेकपा (माओवादी केन्द्र) भएकोले रक्षाको चुनौती पनि उसकै हुन आउँछ ।  तर पछिल्लो चरणमा आन्दोलनका बाहक शक्ति कमजोर हुँदै गएका छन् ।  परम्परागत झोले विकासे नारा र अन्धराष्ट्रवाद र राष्ट्रिय आत्मसर्मपणवादले परिवर्तनका एजेण्डालाई ओझेलमा पार्दैछ ।  त्यो दिशामा नेपाली जनतालाई सचेत पार्दै उपलब्धिको रक्षा अनिवार्य छ ।  
विद्यमान राजनीतिक प्रणालीको रक्षा, विकास र प्रयोगबाट मात्रै जनताको समग्र मुक्ति सम्भव छैन ।  संविधानले समाजवादी लोकतन्त्र स्वीकार गरेको छ ।  वैज्ञानिक समाजवादी कार्यदिशाको विकासको माग गर्छ नयाँ युगले ।  नयाँ संविधानको कार्यान्वयन पछि पनि वर्गको विलोपीकरण सम्भव छैन ।  वर्ग रहेसम्म वर्ग अन्तर विरोध रहिरहने वैज्ञानिक मान्यताबाट विचलित हुन मिल्दैन ।  औधोगिक पुँजीको विकासले देशको अर्थतन्त्र उभो लाग्ला ? संसारमा समृद्ध पुँजीवादी राष्ट्रहरू पनि एकपछि अर्को संकट भोग्दै छन् ।  थोत्रो संसदीय प्रणालीलाई टालटुल गरेर काम चलाउन प्रयत्न हुँदैछ ।  आन्तरिक राष्ट्रिय संकट टार्न कमजोर छिमेकी वा अर्को देशमाथि युद्ध थोपर्दै आएको कथित ठूलो लोकतन्त्रले ।  हाम्रो देश पनि विश्वव्यापी फेनोमेनाबाट अछुत छैन ।  त्यसैले हामीले वर्तमानलाई मात्रै होइन भविष्यलाई देख्न सक्नुपर्छ ।  
कालो बादलमा चाँदीको घेरा
नेपाली समाजको गुणात्मक परिवर्तनका लागि रगत बगाउँदै आएको पार्टीभित्र अझै क्रान्तिकारी ऊर्जा, उत्साह मरेको छैन भन्ने कुरा बैठकमा देखियो ।  केन्द्रीय कार्यालयको बैठकमा तल जिल्लाबाट आएका नयाँ पुस्ताका अगुवा कार्यकर्ताले प्रस्तुत गरेका विचार र अनुभव महìवपूर्ण छन् ।  पुरानो साइनो सम्बन्धलाई भत्काएर आगामी दिनको नेतृत्व गर्न सक्ने सक्षम पार्टी र त्यसको नेतृत्व निर्माण चुनौतीपूर्ण छ  ।  पार्टी पुर्ननिर्माण आजको महìवपूर्ण प्रश्न हो ।  पार्टी पुननिर्माणको सङ्कलपगत एकता कायम गरेर बैठक समापन भएको छ ।  गुट विसर्जन गर्ने प्रतिबद्धता यो बैठकको सफलता हो ।  व्यवहार भने हेर्न बाँकी छ ।  
विचारको विकास र नयाँ कार्यदिशाको खोजी
नेपालको सबै राजनीतिक दलहरू वर्तमानको भूलभुलैयामा मात्रै रमाएका छन् ।  आगामी युगको सफल प्रतिनिधित्व गर्नका लागि नयाँ विचार सहितको कार्यदिशा अनिवार्य छ ।  सचेत अग्रगामी सोच र यथास्थितिवादी पश्चगामी षडयन्त्रबीच चर्को अन्तरविरोध छ ।   उज्यालो भविष्यका लागि मार्गदर्शन बारे बहस गर्ने बेला भएको छ ।  नेपालका सबै राजनीतिक पार्टीभित्र अहिले देखापरेको वैचारिक विचलन र गुट सङ्कीर्णताले उनीहरूको अनिश्चित भविष्यलाई संकेत गर्छ ।  स्थानीय तहको निर्वाचनमा देखापरेका अस्वस्थ परिदृश्यहरूले दलहरूको भविष्यलाई संकेत गर्छ ।  दलहरूले आत्मसमीक्षा गर्ने समय भइसकेको छ  ।  



थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना