तुल्सीलाल अमात्यलाई सम्झिँदा

gopal shakyaगोपाल शाक्य

 


वामनेता तुल्सीलाल अमात्यको ८१ वर्षको जीवनकालको अधिकांश समय नेपाल राष्ट्र र नेपाली बहुसङ्ख्या जनताका हित लागि सङ्घर्ष र सेवामा नै समर्पित भएको थियो । उहाँको सङ्घर्षशील जीवन, अनुशासन, त्याग, सिर्जनशीलता, अध्ययन हाम्रा लागि प्रेरणाको स्रोत हो । उहाँको विचार, दृष्टिकोण र सैद्धान्तिक अडानले आज पनि हामीलाई मार्गदर्शन गरिरहेको छ ।
निरङ्कुश राणा शासन विरुद्ध प्रजातन्त्र प्राप्तिका लागि, २००७–२०१७ सम्म देशी विदेशी षड्यन्त्रको विरुद्व प्रजातन्त्र सुदृढीकरणका लागि सङ्घर्ष, जनताको गाँस र वासका लागि गरेका सङ्घर्ष महìवपूर्ण रहेका थिए । त्यसपछि २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको गला रेटेपछि राजाको हुकुम शाहीविरुद्व पुनः प्रजातन्त्र प्राप्तिको ३० वर्ष लामो सङ्घर्षमा नेपाल कम्युनिष्ट पार्टीको महासचिव र सयुक्त वाममोर्चाका मानार्थ अध्यक्षको हैिसयतले संयुक्त जनआन्दोलन शुरुवात गर्दै २०४६ फागुन ७ गते कम्युनिष्ट पार्टीको झण्डा लिएर काठमाडाँैको सुन्धाराबाट गिरफ्तारी दिने शान्तिपूर्ण संयुक्त जनआन्दोलनको जन नायक तुल्सीलाल अमात्य नै हुनुहुन्थ्यो ।
निरङ्कुश जहानियाँ राणा शासनविरुद्ध तुल्सीलाल सानो उमेरबाट गरिब दुःखीप्रति दया प्रेमभाव राख्ने तुल्सीलालको चेतनाको विकास आफ्नै कपडा व्यापारी मध्यम वर्गीय परिवार र बौद्ध विहारमा बुद्धका जीवन गाथा, कथाहरू अस्टशील, पञ्चशीलका कुराहरू सुनेर बालक÷ किशोर तुल्सीलालको दिमागमा मानवतावादी चेतना प्रवेश भएको थियो । करिब १२ वर्षको उमेरमा तुल्सीमेहर, रुद्र मुल्मीसँग मिलेर पाटन शङ्खमूलमा बसी गान्धीको विचारहरू प्रचार गर्ने र खादीको लुगा लगाउने गरेका थिए । साधा जीवन र साधा पहिरन रुचाउने तुल्सीलालमा पढ्न–अध्ययन गर्न बढी रुचि थियो । २५ वर्षको उमेरमा त्रिचन्द्र कलेजबाट बी.ए. पास गरी –एम. ए. पढ्न भारतको लखनऊ जानु भएको थियो । लखनऊ विश्वविद्यालयबाट वि.सं. २००१ सालमा उहाँले अर्थशास्त्रमा एम.ए. गर्नु भएको थियो ।
सन् १९४२ मा लखनऊ विश्वविद्यालयको विद्यार्थी रहेको अवस्थामा २८ वर्षको युवा तुल्सीलालले ब्रिटिस साम्रमज्यवाद विरुद्ध भारतीय स्वतन्त्रता सङ्ग्राममा भारत छोडो आन्दोलनमा भाग लिनु भएको थियो । वि.सं. २००४ साउन ३१ गते ब्रिटिस साम्राज्यवादविरुद्ध भारत स्वतन्त्रता भएको समर्थनमा शङ्खमूलबाट मङ्गलबजार हुँदै टङ्गल पुग्दा तुल्सीमेहर र तुल्सीलालले नेतृत्व गरेको जुलुसबाट उहाँहरू लगायत २५ जनालाई गिरफ्तार गरेको थियो र पहिला हनुमान ढोका खोरमा त्यसपछि भद्रगोल जेलमा चलान गरेको थियो । यो तुल्सीलालको प्रथम जेल यात्रा थियो । त्यस बखत उहाँको सर्वस्वहरण राणा सरकारले गरेको थियो ।
तुल्सीलालले २००५ सालमा तत्कालीन श्री ५ महाराजाधिराज त्रिभुवनसँग उनका पुजारी शिव बाजेसँग सम्पर्क गरी नारायणहिटी दरबारको उत्तर पश्चिम भागको पर्खाल चढेर भेटेको र राणा शासन अन्त्य गर्न हतियार उठाएर सङ्घर्ष गर्न तीन लाख सहयोग सरकारबाट हुनुप¥यो भनी कुरा राख्दा राजा त्रिभुवनले वीपी, डिल्लीरमण रेग्मी, सुवर्ण शमशेरलाई मिलाउन आग्रह गरेको र राणाविरुद्ध सङ्घर्षमा सहयोग गर्ने वचन दिएका थिए ।
२००५ सालमा काँग्रेस पार्टीमा रहँदा नै तुलसीलालले नेपालको इतिहासमा प्रथमपल्ट मजदुर किसान सङ्घ रौटहट, बारा, सर्लाही जिल्लाका गाउँगाउँमा गठन गर्नु भएको थियो । मातृकाप्रसाद कोइरालासँग कार्यक्रम र सङ्गठन निर्माण र सञ्चालनमा कुरा नमिलेपछि काँग्रेस पार्टीमा बसेर नेपालको मजदुर किसानको मुक्ति नहुने देखेपछि २००६ सालमा भारतको कलकत्तामा पुग्दा गौरीभक्तले पुष्पलालसँग भेट गराएपछि नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनु भएको थियो । २००६ साल असोजका दिन कलकत्तामा भारतीय कम्युनिष्ट पार्टीका नेता अयोध्याप्रसाद सिंहको उपस्थितिमा पुष्पलाल, मनमोहन, डी.पी. अधिकारी, शैलेन्द्रकुमार उपाध्याय र तुल्सीलाल रहेको नेपाल कम्युनिस्ट पार्टी, केन्द्रीय सङ्गठन कमिटीको गठन गरिएको थियो । त्यसैदिन नेकपाको घोषणा पत्र पनि जारी गरिएको थियो ।
तुल्सीलाल वि.सं. २००६–७ मा काठमाडौँ, भक्तपुर, ललितपुरमा नेकपाको सम्पर्क र सङ्गठन विस्तारमा सक्रियतापूर्वक काम गरेका थिए । जनतामा भित्रभित्रै राणा शासनविरुद्ध जागृति बढ्दै थियो । २००७ कात्तिक २१ श्री ५ त्रिभुवन स–परिवार भारतीय दूतावासभित्र गई भारतको शरणमा गएपछि कात्तिक २२ गते नै नाबालक ज्ञानेन्द्रलाई श्री ५ घोषणा गरी राजगद्दीमा राणाहरूले बसालेका थिए ।
भारतकै दबाब सहयोगमा कात्तिक २६ गते श्री ५ त्रिभुवन गोकर्ण हवाई अड्डाबाट हवाई जहाजमा दिल्ली पुगेका थिए । राजा त्रिभुवनले देश छाडेर राणाविरुद्ध खडा भएको खबर देशभरि सनसनी फैलियो नेपाली काँग्रेसले यही मौकाको उपयोग गरी राजा त्रिभुवनलाई पुनः देश फर्काएर प्रजातन्त्र ल्याउन राणा शासनविरुद्ध शसस्त्र जनक्रान्तिको घोषणा गरेको थियो ।
२००७–२०१७ साल १० वर्षबीच तुल्सीलाल
२००८ देखि २०१२ सम्म नेकपालाई प्रतिबन्ध लागेको थियो त्यसबखत तुल्सीलाल भूमिगत कार्यशैली अपनाएर अनेकिसङ्घ र नेकपाको सङ्गठन–कार्यको विस्तार र सङ्घर्षको नेतृत्व गर्दै हुनुहुथ्यो । २००८ सालमा सम्पन्न नेकपाको प्रथम सम्मेलन भाग लिनुभएको त्यसै वर्ष उहाँ अखिल नेपाल किसान सङ्घको संस्थापक अध्यक्ष चयन हुनुभएको थियो । उहाँको अध्यक्षतामा अनेकिसङ्घले किसानलाई सामन्त जमिन्दार, जाली, फटाह विरुद्ध सङ्घर्षमा देश भरी सङ्गठित गरेको थियो । २००९–११ सालमा रौटहट, बारा र सर्लाहीमा तुल्सीलाल स्वयंले किसान–आन्दोलनको नेतृत्व गर्नुभएको थियो र त्यहाँ तीन लाख किसानले भाग लिएका थिए । २० करोडभन्दा बढीका जाली तम्सुक जलाएका थिए । २०१० सालमा नेकपाको प्रथम महाधिवेशन पाटन शहर लुकसीमा सम्पन्न भएको थियो । मनमोहन महासचिव र तुल्सीलाल पोलिटब्यूरोमा छानिनु भएको थियो ।
२०१४ सालमा नेकपाको दोस्रो महाधिवेशन खुल्लारूपमा काठमाडौँको फोहरा दरबारमा सम्पन्न भएको थियो । डा. केशरजङ्ग रायमाझी महासचिव भएका थिए । पार्टी केन्द्रीय कमिटीमा रायमाझीसमूह नै बलियो थियो त्यसबखत पुष्पलाल र तुल्सीलालले संविधानसभा र गणतन्त्रको प्रस्ताव महाधिवेशनमा राखेका थिए । पुष्पलाल, तुल्सीलाल– देशमा आमूल परिवर्तन र गणतन्त्र चाहन्थे । २०१५ सालको आमचुनावमा पार्टीले भाग लिने निर्णय गरेको थियो । नेकपाले चार सिट जितेको थियो । ललितपुर निर्वाचन क्षेत्रबाट तुल्सीलाल रौटहटबाट शेख फर्मान र हरदयाल महतो पाल्पाबाट कमलराज रेग्मी । राष्ट्रिय सभामा एक जना शम्भुराम श्रेष्ठ थिए । प्रमुख प्रतिपक्षमा गोरखा परिषद् भए पनि नेकपाको प्रस्तुतिले संसद्मा प्रमुख प्रतिपक्षकै भूमिका निर्वाह गरेको देखिन्थ्यो । नेकपा संसदीय दलको नेता तुल्सीलालको तथ्य र तर्क काट्न नसकेर काँग्रेस सरकारले डाल्डा घ्यु आयात रोक्न परेको र गण्डकी नदीको सम्झौता रोक्नु परेको थियो ।
तेस्रो पार्टी महाधिवेशनमा तुल्सीलालले राजनीतिक प्रतिवेदन पेश गरेको थिए । उक्त प्रतिवेदनमा नेपालको त्यसबखतको राजनीतिक शक्ति सन्तुलनको विश्लेषण, नेपालको त्यसबखतको मजदुर किसान, उत्पीडित जाति–जनजाति आमश्रमिक जनताको उत्पीडन अवस्थाको चित्रण, उनीहरूलाई सामन्तवादी, साम्राज्यवादी शोषणबाट मुक्त स्वतन्त्र बनाउन राष्ट्रिय प्रजतन्त्रको कार्यक्रमको बाटो, गैरपूँजीवादी सामाजवादीमूखी बाटो देखाउँदै हुकुमशाही निरङ्कुश प्रक्रियावादी सत्ताविरुद्ध प्रजातान्त्रिक शक्तिबीच एकता जोड दिँदै पूँजीवादी प्रजातान्त्रिक शक्ति राष्ट्रिय प्रजातान्त्रिक शक्ति बीच राजनीतिक मोर्चा बन्न सक्ने अलग–अलग कार्यक्रम लिनेबीच मिलनबिन्दु खोज्न दुई प्रमुख नारा तय गरियो । राजाको हातबाट सम्पूर्ण शक्ति जनताको हातमा हस्तान्तरण गर्नुपर्ने र सार्वभौम शक्ति सम्पन्न संसद्को स्थापना । यी दुई नारा पूरा गर्ने सपना २०१९ मा तुल्सीलाल देखेका थिए । २०६४ साल जेठ १५ गते राजाबाट सम्पूर्ण शक्ति जनतामा हस्तान्तरण गरी संविधानसभाले नेपाललाई एक सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिसकेको छ । पहिलो संविधान सभाले संविधान दिन सकेन । दोस्रो संविधान सभाकोे ठूलो बहुमतले पारित गरी नेपालको संविधान २०७२ पारित गरी असोज ३ गते जारी गरिसकेकोे छ । संविधानसभाबाट रूपान्तरित भएको अहिलेको संसद् सार्वभौम शक्ति सम्पन्न संसद् नै होे । अतः जन नायक कमरेड तुल्सीलालले २०१९ सालमा राखेका राजनीतिक प्रस्तावले आज मूर्तरूप लिएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना