गोरखापत्रको पहिलो अङ्क राष्ट्रिय अभिलेखालयमा

gopa by shekhar1

काठमाडौँ, साउन १८ गते ।  चैत सुदी १४ रोज २ का दिन ३ बजे टुँडिखेलमा चिठ्ठाको काम भयाको हुनाले चिठ्ठा राख्ने साहू महाजन दुनिञा भाइभारदार चिठ्ठाको टिकट लिने जति सबै जम्मा थिये श्री ५ महाराजधिराज श्री ३ महाराजको हावाखान टुँडिखेलमा सवारी भयाको हुनाले चिठ्ठा नजर्मै सवारी भयो, गुलमाल भयेन भन्ने चिठ्ठासम्बन्धी छापिएको समाचारलाई अभिलेखालयका
अधिकारीले रुचिपूर्वक अध्ययन गरे ।
गोरखापत्रको पहिलो अङ्कको पृष्ठ चारमा रहेको यो समाचार मङ्गलबार राष्ट्रिय अभिलेखालयमा रुचिले पढियो ।  गोरखापत्रको दुर्लभ पहिलो अङ्क संरक्षणार्थ नेपाल सरकार राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरणसँगै अवलोकनकर्ताले यस्ता समाचार पढ्न पाउने भएका छन् ।  गोरखापत्र संस्थानका नायब महाप्रबन्धक गोपालप्रसाद भट्टराईले मङ्गलबार गोरखापत्रको यो अङ्क पुरातìव विभागका महानिर्देशक भेषनारायण दाहाललाई हस्तान्तरण गर्नुभयो ।  महानिर्देशक दाहालले विभागलाई प्राप्त गोरखापत्र संरक्षणार्थ राष्ट्रिय अभिलेखालय प्रमुख सौभाग्य प्रधानाङ्गलाई हस्तान्तरण गर्नुभयो ।  
महानिर्देशक दाहालले राष्ट्रिय अभिलेखालयमा विभिन्न दुर्लभ पुराताìिवक अभिलेख रहे पनि गोरखापत्रको पहिलो अङ्क पनि प्राप्त भएकोमा संस्थानप्रति आभार व्यक्त गर्नुभयो ।  गोरखापत्र संस्थान सञ्चालक समितिका अध्यक्ष गोविन्द पोखरेलका अनुसार गोरखापत्रको पहिलो अङ्कको स्वामित्व गोरखापत्र संस्थानमा रहने गरी संरक्षणका लागि राष्ट्रिय अभिलेखालयमा राख्ने निर्णय गोरखापत्र सञ्चालक समितिले गरे अनुरूप पहिलो अङ्क अभिलेखालयलाई हस्तान्तरण गरिएको हो ।
हस्तान्तरणपत्रमा संस्थानका नायब महाप्रबन्धक भट्टराई, महानिर्देशक दाहाल, अभिलेखालय प्रमुख प्रधानाङ्ग, संस्थान प्रशासन विभाग प्रमुख सोमबहादुर घले, समाचारदाता सरोजकुमार आचार्य, फोटो पत्रकार शेखर चौलागार्इं, पुरातìव अधिकृत निरन राजवंशीलगायतले हस्ताक्षर गर्नुभएको छ ।  गोरखापत्रको पहिलो अङ्क संवत् १९५८ साल वैशाख २४ गते प्रकाशित भएको थियो ।  गोरखापत्रको पहिलो अङ्कका साथै नेपाल संवत् १९५९ चैत सुदी १४ सोमबारको ४९औँ अङ्क र नेपाल संवत् १९५९ वैशाख वदी ५ सोमबारको ५०औँ अङ्क पनि पहिलो अङ्कका साथमा हस्तान्तरण गरिएको छ ।
दक्षिण एसियामा अहिले प्रकाशित भइरहेका दैनिक पत्रिकाहरूमध्ये छवटाले मात्र एक सय वर्ष पूरा गरेका छन् ।  त्यसमध्ये गोरखापत्र पनि एक हो ।  अन्य पाँचवटा दैनिक पत्रिका भारतबाट प्रकाशित हुन्छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना