नदी किनारमा होटल थपिँदैै

वसन्त पराजुली

भरतपुर, साउन १८ गते ।  देशकै दोस्रो पर्यटकीय क्षेत्र बन्ने जमर्को गरिरहेको चितवन र यस आसपासका नदी किनारका क्षेत्रमा लगानीकर्ता आकर्षित भएका छन् ।  
नारायणी, राप्तीजस्ता ठूला नदी रहेको चितवन र यस आसपासका क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी होटल तथा रिसोर्ट खोल्ने क्रम बढ्दो छ ।  
अहिले राप्ती नदी किनारमा ४३ वटा र नारायणी नदी किनारमा १४ वटा पर्यटकीय होटल सञ्चालनमा छन्, पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीले भन्नुभयो, नदी किनारमा अझै पनि होटल खुल्ने क्रम जारी छ ।  नारायणी नदी किनारमा मात्रै अहिले थप छवटा होटल निर्माणका क्रममा छन् ।  
नारायणी नदी किनारमा गैँडाकोटतर्फ काठमाडाँैबाहिरकै सुविधा सम्पन्न ठूलो सेमिनार हल बनाएर  द नारायणी रिसोर्टले यसै वर्षदेखि सेवा सुरु गरेको छ ।  नारायणी नदी किनारलाई नै लक्षित गरेर यो रिसोर्टले अहिले २५ वटा कोठासहित सेवा सुरु गरेको हो ।  यसले आवश्यकता अनुसार कोठा थप्ने तयारी गरेको रिसोर्टका प्रबन्ध निर्देशक युवराज घिमिरले बताउनुभयो ।  
नारायणी नदीको मनोरम दृश्यसँगै नदीमा जलयात्रा गराएर पर्यटकलाई आकर्षित गर्ने हाम्रो योजना हो, प्रबन्ध निर्देशक घिमिरेले भन्नुभयो ।  नदी तटको मजा लिँदै विश्वमै दुर्लभ भइसकेका घडियाल गोहीसहितका जलचरका कारण पनि  नदी किनारका होटल बढी उपयोगी बनेका छन् । chitwan
अहिले विशेषतः नदी किनारमा राप्तीतर्पm सौराहा, पटिहानी, जगतपुर र मेघौलीमा धेरै होटल खुलेका छन् ।  नारायणीतर्फ चितवनमा भन्दा नवलपरासीतर्फ बढी होटल छन् ।  गैँडाकोट, पिठौली, अमलटारीलगायतका नारायणी नदी किनारमा बढी होटल भेटिन्छन् ।  चितवनतर्फ मेघौलीमा पनि नारायणी नदी किनारमा होटल छन् ।  मङ्गलपुर, गुञ्जानगरलगायत चितवनतर्फ र सिख्रौलीलगायतका नवलपरासीतर्फका क्षेत्रमा अहिले नारायणी नदी किनारमा होटल खोल्ने तयारी भइरहेको छ ।  
काठमाडाँै र पोखरापछि चितवन अहिले देशकै तेस्रो पर्यटकीय गन्तव्य हो ।  यहाँ वन र वन्यजन्तुमा आधारित स्वदेशी तथा विदेशी पर्यटक रमाउँछन् ।  चितवन राष्ट्रिय निकुञ्ज स्थापना हुनुअघि नै २०२७ सालदेखि नै यहाँ पर्यटकका लागि होटल खुल्न थालेको हो ।  
टाइगर टप्स होटलले मेघौलीमा निकुञ्ज स्थापना हुनुपूर्व  नै आफ्नो सेवा सञ्चालनमा ल्याएको थियो तर अहिले यो होटल सञ्चालनमा  छैन ।  यो होटल पनि त्यो बेला रिउँ खोलाको किनारमै स्थापना गरिएको थियो ।  भारतलगायतका ३० देशभन्दा बढीमा रहेको  ताज होटलले आफ्नो  जङ्गल सफारीका लागि गएको वर्षदेखि मेघौलीमा  सञ्चालनमा ल्याइएको ‘मेघौली सेराई’ नामको होटल पनि राप्ती नदीकै किनारमा छ ।  यो होटल सिजी गु्रपको लगानी र ताज गु्रपको व्यवस्थापनमा
सञ्चालनमा ल्याइएको हो ।   
नदी किनारमा रहेका होटलबाट  गोही, माछाजस्ता जलचर मात्रै हैन चराचुरुङ्गी सजिलै देख्न पाइन्छ, नदी किनारका होटलको आर्कषणबारे चर्चा गर्दै महासचिव सुवेदीले थप्नुभयो, नारायणी र राप्ती चितवन राष्ट्रिय निकुञ्ज हँुदै बगेका हुनाले पनि यसका किनारमा रहेका अधिकांश होटलबाट निकुञ्जका जनावरसमेत सहजै अवलोकन गर्न  सक्छन् ।   
निकुञ्ज नजिक र वनजङ्गल भएकै कारण पनि नदी किनारका होटल बढी आकर्षित भएका हुन् ।  ९२८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको  निकुञ्ज हात्तीमा चडेर बाघ, गँैडा हेर्न पाइने विश्वका कमै
निकुञ्जमध्येमा एक हो ।  
निकुञ्ज  स्थापना भएयता २८ लाख ७७ हजार पर्यटकले निकुञ्ज अवलोकन गरिसकेका र उनीहरूबाट दुई अर्ब १३ करोड  ७५ लाख ३२ हजार रुपियाँँ राजस्व सङ्कलन भएको निकुञ्जको तथ्याङ्क छ ।  क्षेत्रीय होटल सङ्घ नेपालका अध्यक्ष सुमन घिमिरेले नारायणी र राप्ती नदी चितवन राष्ट्रिय निकुञ्जकै पर्यायवाची बनेकाले पनि यसको आर्कषण बढी प्रभावकारी बनेको तर्क गर्नुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना