हरेक शुक्रबार सूचना प्रकाशित गर्न निर्देशन

lok-sewaकाठमाडौंँ, साउन २० गते ।  लोकसेवा आयोगले सुरक्षा निकाय तथा सङ्गठित संस्थाहरूको पदपूर्तिलाई व्यवस्थित र पूर्वअनुमानयोग्य बनाउन त्यससम्बन्धी सूचना हरेक शुक्रबार राष्ट्रिय दैनिकमा प्रकाशित गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।  
आयोगका सचिव मधुप्रसाद रेग्मीले सङ्गठित संस्थाहरूको पदपूर्ति पूर्वअनुमानयोग्य होस्, सम्बन्धित संस्थाहरूले पनि कुन महिनामा विज्ञापन गर्ने, कुन मितिमा लिखित परीक्षा सञ्चालन गर्ने र नियुक्तिका लागि सिफारिस गर्ने भन्ने पहिला नै थाहा होस् भनेर सो निर्देशन दिएको बताउनुभयो ।  यसबाट सम्बन्धित संस्थालाई पनि समयमै आवश्यक जनशक्ति प्राप्ति हुनेछ ।  त्यस्ता संस्थाहरूले भदौमा विज्ञापन निकाल्नु छ भने साउनमै पद रिक्त भयो भनेर आयोगसँग सहमति माग्नुपर्ने हुन्छ ।  
सचिव रेग्मीले नयाँ व्यवस्थाले उम्मेदवारहरूले कुन महिनामा परीक्षा हुन्छ भनेर तयारी गर्न पनि पहिला नै थाहा हुने, आयोगका काम कारबाहीमा पनि दोहोरोपन नहुने र आम नागरिकले तोकिएको दिनमा सूचना पाउन सक्ने विश्वास व्यक्त गर्नुभयो ।  
दैनिक पत्रिकामा छापिने विज्ञानपनलाई आयोगको वेबसाइड डब्ल्यूडब्ल्यू डट पीएससी डट जीओभी डट एनपीमा समेत राख्ने व्यवस्था आयोगले मिलाएको जानकारी आयोगका उपसचिव नारायणप्रसाद ज्ञवालीले दिनुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना