गोलभेँडाले भाउ नपाएकोमा चिन्तित

 tomatooकाभ्रे, साउन २० गते ।  गोलभेडाको भाउ घटेपछि काभे्रका कृषक चिन्तित भएका छन् ।  अघिल्लो वर्ष सिजनमा एक क्रेटको एक हजार पाँच सयदेखि दुई हजार दुई सय रुपियाँसम्म लिएका कृषकले यस वर्ष मुस्किलले सात सयदेखि एक हजार रुपियाँसम्म लिँदै आएको गुनासो गरेका छन् ।
गोडभेडाको खेती विस्तार भएसँगै भाउमा गिरावट आएको कृषकको भनाइ छ ।  पनौती–८ का कृषक राधाकृष्ण श्रेष्ठले गोलभेडाको भाउ ह्वातै घट्दा किसानलाई मर्का परेको बताउनुभयो ।  ‘अघिल्लो वर्ष एक क्रेटको एक हजार आठ सय रुपियाँसम्ममा बेचेको थिए तर यस वर्ष त मुस्किलले ७५० देखि आठ सय रुपियाँसम्ममा पनि लैजान व्यापारी आलटाल गर्छन्’–सातवटा प्लास्टिक घरमा गोलभेडा खेती गर्दै आउनुभएका श्रेष्ठले गुनासो गर्नुभयो ।  
खोपासीमा व्यावसायिक रूपमा ३० वटा प्लास्टिक घरमा गोलभेडा खेती गर्दै आउनुभएकी शान्ता न्यौपानेले अघिल्लो वर्ष भाउ राम्रो पाएका कारण प्लास्टिक घर बढाएको भए पनि भाउ घटे्काले लगानी मात्र उठ्ने बताउनुभयो ।  ‘पाँच रोपनी खेत भाडामा लिएर सुरु गरेको थिए, लगानी मात्र उठाउने भयो’–अघिल्लो वर्ष खेतबाटै प्रतिक्रेट दुई हजार रुपियाँका दरले गोलभेडा बेच्नुभएकी न्यौपानेले भन्नुभयो ।  
जिल्लामा युवाले प्लास्टिक घरभित्र गोलभेडा खेती गर्न थालेको र अन्य जिल्लामा समेत विस्तार भएपछि कृषकले भाउ राम्रो नपाएको कृषि कार्यालयको भनाइ छ ।  ‘तरकारी खेतीमा युवाको आकर्षण बढ्दै गइरेहको छ, प्रतिस्प्रधाको बजार हँुदा भाउमा तलमाथि पर्न गएको हो’–जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत थर्कबहादुर जिसीले भन्नुभयो ।  
अघिल्लो वर्ष काभे्रको गोलभेडा काठमाडौँबाहेक सिधै भैरहवा, पोखरा, वीरगञ्ज, बुटवललगायतका शहरमा पुगेको भए पनि यस वर्ष मुग्लिन–नारायणगढ सडकमा यातायातका साधन राम्रोसँग नचलेका कारण गोलभेडाको व्यापार घटेको कृषकको ठम्याई छ ।
पाँचखाल, पनौती, नाला, भकुण्डे, बनेपा, महादेवस्थालगायतका स्थानमा धेरै गोलभेडा खेती हुने गरेको छ ।    

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना