इञ्जिनियरिङ पेसाको सुरक्षा र व्यावसायिकता

hari bdr thapa_1हरिबहादुर थापा

 

अपवादबाहेक समाजमा इञ्जिनियर हुनुको महŒव र गरिमा अझै उच्च स्थानमा रहेको छ ।  यस पेसाप्रतिको आमधारणा कस्तो बनाउने भन्ने पहिलो र निर्णायक भूमिका यो पेसा अपनाउने इञ्जिनियर स्वयम्को हो ।  विगतमा इञ्जिनियरहरूले विश्व निर्माण र सामाजिक विकासमा पु¥याएको ठोस योगदानका कारण नै इञ्जिनियरप्रति समाजको सकारात्मक विश्वास आर्जन भएको हो ।  यो पेसाप्रति समाजको अपेक्षा र विश्वास अत्यधिक रहेको छ ।  अपेक्षा अनुरूप प्रतिफल नआउँदा गुनासो हुनु स्वाभाविक हो तर पेसाप्रतिको इमानदारी र व्यावसायिक दक्षता माथि न्याय गर्न नसक्दा आउने गुनासोले भने समग्रमा यो पेसाप्रति नै वितृष्णा, व्यावसायिकतामा ह्रास र यस पेसाप्रतिको समाजको आमधारणा नै नकारात्मक हुन पुग्छ ।  केही समय अगाडिसम्म हाम्रो मुलुकको चुनौती भनेको सङ्ख्यात्मक रूपमा प्राविधिक तथा इञ्जिनियरहरूको उत्पादन गर्नु थियो भने अबको चुनौती भनेको उत्पादन भएका प्राविधिक तथा इञ्जिनियरहरूको सदुपयोग तथा तिनको व्यावसायिक दक्षता वृद्धि गर्नुरहेको छ ।  
नेपालको परिवेशमा व्यवस्थित तथा आधुनिक इञ्जिनियरिङ अभ्यास शुरु भएको एक शताब्दीको हाराहारीमै छ ।  नेपालमै यससम्बन्धी अध्ययन र उच्च अध्ययन शुरु भएको त त्योभन्दा धेरै पछि मात्र हो तर सन् १९९० मा मुलुकमा आएको राजनीतिक परिवर्तन पछिको सरकारले ल्याएको आर्थिक उदारीकरणको नीतिअनुसार इञ्जिनियरिङ शिक्षामा समेत व्यापकता सहित सकारात्मक परिवर्तन हुन आएको छ ।  अहिले मुलुकभरमा करिब ४० वटा इञ्जिनियरिङ पढाई हुने क्याम्पस रहेको अनुमान छ ।  मध्यम र सोभन्दा तलका प्राविधिक उत्पादन हुने संस्था पनि यथेष्ठ रहेका छन् ।  हरेक वर्ष मुलुकभित्रबाट तीन हजार र मुलुक बाहिरबाट समेत त्यत्तिकै सङ्ख्यामा इञ्जिनियर उत्पादन भइरहेको बताइन्छ ।  
नेपाल  र विदेशमा कार्यरत इञ्जिनियरका आमसमस्या रहेका छन् ।  ती समस्या नितान्त व्यक्तिगतभन्दा पनि समग्र इञ्जिनियरिङ पेसाको सुरक्षा, व्यावसायिक दक्षता विकास र मुलुकको आम आवश्यकता एवम् समुन्नतिसँग जोडिएका छन् ।  विदेशमा कार्यरत रहेका, मुलुकभित्रै निजी क्षेत्रमा कार्यरत रहेका, निजामती एवम् संस्थान र सुरक्षा निकायमा कार्यरत इञ्जिनियरका भिन्दै परिवेश, भिन्दै प्रकारका समस्या र भिन्दै समाधानका बाटा रहेका छन् ।  जबसम्म ती समस्याको जरा पहिल्याएर समाधान गर्न सकिँदैन, तबसम्म मुुलुकको समृद्धिसम्म पुग्ने यात्रा तय गर्न सकिँदैन तर ती समस्या निजी स्वार्थ वा इञ्जिनियरका व्यक्तिगत समस्या समाधानका आँखाले हेरियो भने इञ्जिनियरिङ पेसाको सुरक्षा, व्यावसायिक दक्षता विकासलाई सम्बोधन गर्न सकिँदैन पनि ।  
यो युग विज्ञान, प्रविधि, सूचना र सञ्चारको युग हो ।  अर्थात्, इञ्जिनियरको युग हो भन्दा अत्युक्ति नहोला ।  अब कुनै पनि मुलुकको विकास, निर्माण र समुन्नतिमा यी कुरालाई निषेध गरिनु वा प्राथमिकतामा नराख्नु भनेको मुलुकको गतिलाई उल्टो दिशातिर घुमाउनु हो तर गहिरिएर सोच्यौँ भने यी क्षेत्रको प्राथमिकता तथा प्रर्वद्धनमा राज्य मात्र होइन सबै क्षेत्र उदासिन नै रहेको छ ।  एक जना नागरिक एउटा इञ्जिनियरका रूपमा उत्पादन हुन के कस्तो कठिन यात्रा र मिहिनेत गर्नुपर्छ होला भन्ने विषयलाई एकपटक गम्भीर भएर सोचियो भने जो कोहीलाई पनि अनुभूत हुन्छ ।  अब विचार गरौँ, त्यसरी आएको उक्त इञ्जिनियरलाई समाज, राज्य र सम्बद्ध निकायले कसरी लिएको हुन्छ भनेर ।  एक जना इञ्जिनियर उत्पादन गर्न स्वयम् ऊ, परिवार र राज्यबाट भएको बौद्धिक, आर्थिक र भौतिक लगानीलाई मुलुकमा उपयोग गर्न नसक्दा यसको सबैभन्दा ठूलो क्षति त राज्यलाई भएको छ मुुुलुकको समृद्ध भविष्यलाई भएको छ ।  
२० वर्षपछि स्थानीय तहको निर्वाचन भएर छ वटा प्रदेशमा नगरपालिका र गाउँपालिका समेत गठन भइसकेका छन् ।  अधिकांश नवनिर्वाचित पदाधिकारीले आफ्ना नगरपालिकामा मेट्रो, मोनोरेल चलाउने, स्मार्ट सिटी बनाउने सपना देखेका छन् ।  यसले आमनागरिकमा एक किसिमको उत्साह र अपेक्षाको लहर पैदा गरेको छ ।   विडम्बना के भयो भने राजधानीका जनतालाई पानी ख्वाउने भनिएको मेलम्ची बीसौँ वर्षसम्म पनि सम्पन्न गर्न सकेनौँ ।  पश्चिमबाट सूर्योदय हुन्छ भनेर २०५३ सालमा नेपाल भारतबीच सम्झौता भएको छ हजार चार सय ८० मेगावाट क्षमताको पञ्चेश्वरको अवस्था सबैलाई थाहा नै छ ।  राजधानी नजिकै रहेको एक हजार दुई सय मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणमा समेत छिमेकीको भर पर्ने अवस्थाबीच गुज्रेका छौँ ।  महाविनाशकारी भूकम्पको पीडा खेपेको दुई वर्ष नाघिसक्दा पनि १० प्रतिशत पीडितका घर बन्न सकेका छैनन् ।  भूकम्पका बेला हामीले धेरै महŒवाकाङ्क्षी सपना बाँड्यौँ ।  अब बन्ने संरचना भूकम्प प्रतिरोधी बनाउन नीतिगत, प्राविधिक तथा आम व्यवहारमा परिवर्तन ल्याउने भनेर भन्यौँ तर सकेनौँ ।  भूकम्प पीडित क्षेत्रमा प्राविधिक खटाउन, टिकाउन र प्रोत्साहन गर्न समेत ठूलो कसरत गर्नुपर्यो ।  संयोग नै मान्नु पर्ला पुनःनिर्माण प्राधिकरणमा नियुक्त भएका सबै प्रमुख कार्यकारी अधिकृत इञ्जिनियर नै हुनुहुन्छ तर उहाँहरूको नियुक्तिमा प्राविधिक हुनुको औचित्यभन्दा राजनीतिक पहुँच र प्रभाव हाबी भइदियो ।  साथै पुनःनिर्माणजस्तो नितान्त प्राविधिक र व्यवस्थापकीय संरचना समेत नीतिगत र प्रशासनिक कार्यक्षेत्र भएको सङ्गठन जस्तो प्राविधिक पछिल्लो प्राथमिकतामा पर्ने गरी विन्यास हुन गयो ।  नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन प्रयोग हुने नेपाली प्राविधिकबाटै व्यवस्थापन भएको भनि गर्व गरिने भेरी बबई बहुउद्देश्यीय आयोजना (सिँचाइ तथा ४८ मेगावाट जलविद्युत् उत्पादन) का हस्ती अहिले कहाँ कुन अवस्थामा छन् वा राज्यले तिनलाई कसरी प्रोत्साहन वा उपयोग गरिरहेको छ भन्ने आम चासो र गहन खोजीको विषय हो ।  
स्मार्ट सिटीको सपना देख्ने जनप्रतिनिधि, रेल र हवाईजहाजका सपना बाँडने, भूकम्प प्रतिरोधी मुलुकको मार्गचित्र प्रस्तुत गर्ने योजनाकार, राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गरी दुई अङ्कमा आर्थिक वृद्धिको अपेक्षा गर्ने, निजामती सेवामा आमुल र ऐतिहासिक परिवर्तन गरेर वाहीवाही पाएका मन्त्रीहरू कसैले पनि आफ्ना कार्ययोजनामा आवश्यक पर्ने स्रोत, साधन र जनशक्तिको बारेमा सारभूत रूपमा एक वाक्य उच्चारण गरेको देखिँदैन ।  चाहे स्मार्ट सिटी होस्, चाहे रेल र अरू भौतिक पूर्वाधारका क्षेत्र होउन, लगानी वा ऋण त विदेशीले देलान् वा राज्यले कतैबाट व्यवस्थापन गर्ला अनि पछि उपभोक्ता जनताबाटै विभिन्न तरिकाबाट असुल उपर होला ।  यसका लागि राजनीतिक इच्छाशक्ति भयो भने तत्कालै निर्णय गरी व्यवस्थापन गर्न सकिएला तर तत्कालै आवश्यक पर्ने विभिन्न तहका विज्ञ, विशेषज्ञ, प्राविधिक, सहयोगी, कामदारहरू कहाँबाट व्यवस्थापन गर्ने हो, यसबारे कसैलाई चासो वा सरोकार भएको अनि संवेदनशील भएको पाइँ्दैन ।  जनशक्ति उत्पादन र तिनको क्षमता विकास भन्ने कुरा रातारात वा एक÷दुई वर्षमा हुने विषय होइन ।  जनशक्ति व्यवस्थापन कसैको रुचि वा प्राथमिकतामा रहेको पाइँदैन ।  अहिले मुलुकमा उत्पादन भएका अब्बल इञ्जिनियर यहाँ अवसर, प्राथमिकता र सुरक्षित भविष्यको अभावमा विदेशी मुलुकमा पलायन भइरहेका छन् ।  नेपालबाट गएका प्राविधिक तथा इञ्जिनियरले विकसित मुलुकमा ठूलो जिम्मेवारी र ख्यातीका साथ काम गरिरहेका छन् ।  विश्वका विभिन्न मुलुकका ख्यातीप्राप्त विश्वविद्यालयमा नेपाली विद्यार्थीहरूले उत्कृटता हासिल गरिरहेका छन् ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना