फस्टाउँदै चिज उत्पादन

राजु शिवा

इलाम, साउन २१ गते ।  दूध उत्पादनमा अग्रणी स्थानमा रहेको इलाम जिल्लामा चिज उद्योग फस्टाउँदै गएका छन् ।  सरकारी र निजी दुबै क्षेत्र चिज उत्पादनमा लागे पनि निजी क्षेत्रको विकास भने प्रभावकारी र धेरै रहेको छ ।  इलामका निजी चिज उद्योगहरू क्षमता, व्यवस्थापन, किसानलाई दिने सेवा–सुविधा सबैमा सरकारी उद्योगभन्दा अगाडि छन् । चिज उद्योगले खपत गर्ने दूधको परिमाण र उत्पादन पनि निजी उद्योगकै बढी रहने गरेको छ ।
इलामका दुई दर्जनभन्दा बढी निजी चिज उद्योगमा अहिले दैनिक १२ हजार लिटरसम्म दूध खपत भइरहेको छ । दुग्ध विकास संस्थानअन्तर्गतका केन्द्रमा भने दैनिक दुई हजार छ सय लिटर हाराहारी दूध प्रशोधन हुन्छ ।
जिल्ला पशुसेवा कार्यालयको तथ्याङ्क अनुसार संस्थानअन्तर्गतका उद्योगले वार्षिक आठ करोड रुपियाँ हाराहारी मूल्यको घ्यू–छुर्पी उत्पादन गर्छ भने निजी उद्योगले १८ करोड रुपियाँ बराबरको कारोबार गर्ने हिमालय चिज उत्पादक सङ्घका अध्यक्ष रिञ्जी शेपाले जानकारी दिनुभयो ।
२०२९ सालमा एसएलसी दिएलगत्तै चिज बनाउने तालिम लिएर दुग्ध विकास संस्थानमा काम गर्नुभएका पुख्र्यौली घर दोलखा भएका रिञ्जी शेर्पाले त्यसपछि इलामको पशुपतिनगरस्थित प्रशान्त डेरीमा चिज मेकरका रूपमा काम गर्नुभयो ।  शेर्पा आफैँले व्यवसाय गर्ने मनसायले २०६७ मा इलामको सुलुबुङस्थित देउराली बजारमा चिज उद्योग खोल्नुभयो । अहिले उहाँको उद्योग इलामका चिज उद्योगमध्ये अग्रपङ्क्तिमा छ ।  
नजिकै रहेको दुग्ध विकास संस्थानको चिज उद्योग वर्षौंदेखि भाडाको काठेघरमा चलिरहेको छ ।  उद्योगमा मुस्किलले साढे तीन सय लिटरसम्म दूध सङ्कलन हुँदा शेर्पाको उद्योगमा एक हजार तीन सय लिटरभन्दा धेरै दूध सङ्कलन भइरहेको छ । किसानले हामीलाई पत्याउनुभएको छ, हामी केही गर्न खोज्नेलाई राज्यले नदेखे पनि हामी आफ्नै बुताले वर्षमा करोडौँ रुपियाँ किसानको हातसम्म पु¥याइरहेका छौँ, रिञ्जीले भन्नुभयो ।   
बजारमा प्रतिलिटर ३५ रुपियाँमा दूध किनबेच हुने भए पनि आफूले प्रतिलिटर ४३ देखि ४९ रुपियाँसम्म दूधको मूल्य दिइरहेको शेर्पाले सुनाउनुभयो । संस्थानअन्तर्गत माइपातलको चिज उद्योगले ३८ रुपियाँ ९१ पैसा दिने गरेको किसान बताउँछन् । संस्थानका लागि चिज बनाउन ३.२ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफको दूध चाहिन्छ । संस्थानको मापदण्डका कारण पनि दूध कम आएको हुनसक्ने माइपातलस्थित उद्योगका प्रमुख मिश्रिलाल चौधरीले बताउनुभयो । chij
पशुपतिनगरमा चिज उद्योग चलाइरहनुभएका तुलुकामी तामाङ जिल्लाकै उत्कृष्ट चिज उद्योगीमा गनिनुहुन्छ । रसुवाबाट आउनुभएका तामाङले २०६६ सालबाट उद्योग चलाइरहनुभएको छ । ‘संस्थानले ‘क्वालिटी टाइट’ गरेर दूध फाल्नुपर्ने अवस्थामा पु¥याउने गरेको मर्का बुझेर आफैँले कारखाना खोल्ने सोच बनाएको उहाँले सुनाउनुभयो ।  तामाङले भन्नुभयो, पहिला संस्थानले दूध नकिन्दा गाईबस्तुलाई नै दूध खुवाउनुपथ्र्यो, अहिले निजी उद्योग बढेपछि किसानले दूध पोख्नुपरेको छैन ।  
राष्ट्रपतिबाट उत्कृष्ट कृषक पुरस्कारसमेत पाइसक्नुभएका तामाङको आफ्नै गाई फार्म पनि छ । उहाँले दैनिक चार सय किसानबाट दूध किनिरहनुभएको छ ।
विराटनगर दुग्ध विकास आयोजनाको पहुँच नभएका ग्रामीण र विकट क्षेत्रमा पनि चिज उद्योगले किसानलाई दुग्ध व्यवसायी बनाउँदैछ । दुई÷तीन माउ गाई पालेर पनि परिवारको गर्जो टार्न चिज उद्योगले सघाएको पशुपतिनगरका किसान कृष्ण सुवेदी बताउनुभयो ।  
पछिल्लो समय निजी क्षेत्रबाट खुलेका चिज उद्योगका कारण रोजगारीको अवसर पनि उत्तिकै सिर्जना भएको छ । सुरुमा दुग्ध विकास संस्थानअन्तर्गत मात्र चिज उत्पादन हुने गरे पनि अहिले उल्लेख्य सङ्ख्यामा निजी उद्योग थपिएका छन् । संस्थानको भन्दा फ्याट र एसएनएफको मात्रा कम भए पनि लिने गरेको र मूल्य पनि धेरै दिने गरेकाले किसानले निजी उद्योगमा नै दूध बिक्री गर्ने क्रम बढेको छ ।
जिल्लाका पशुपतिनगर, सुलुबुङ, राँकेलगायत क्षेत्रमा दैनिक पाँच सयदेखि दुई हजार लिटरसम्म दूध प्रशोधन गर्ने उद्योग छन् । संस्थानअन्तर्गत पशुपतिनगर, माइपातल, नयाँबजार र रक्सेमा चिज उद्योग सञ्चालनमा छन् । निजीस्तरबाट थपिँदै गएका चिज उद्योगले दक्ष जनशक्ति उत्पादनमा पनि सघाएको चिजमेकर सोमबहादुर देउसालीले बताउनुभयो ।  उत्पादनको घाटा–नाफा, बजार सबैलाई मिहिन रूपमा अध्ययन गरी दक्ष र सक्रिय जनशक्तिबाट उत्पादन गर्ने गरेका कारण पनि निजी चिज उद्योगको प्रगतिसामु सरकारी लगानीका उद्योग पछि परेको जानकार बताउँछन् ।  
इलाममा वार्षिक १० करोड रुपियाँभन्दा बढीको चिज उत्पादन हुने गरेको पशुसेवा कार्यालय इलामले जनाएको छ ।  यो आम्दानी बर्सेनि बढ्दो छ ।  इलाममा झण्डै दुई सय मेट्रिक टन हाराहारीमा चिज उत्पादन हुने गरेको छ ।  
जिल्लाका किसानले उन्नत जातका गाई–भैँसी पाल्न थालेपछि उत्पादन बढेस“गै निजी लगानीमा समेत दूधबाट चिज बनाउने उद्योग गाउ“–गाउ“सम्म खुल्न थालेका हुन् ।  इलामको पशुपतिनगरमा मात्र निजी लगानीका आठ चिज उद्योग सञ्चालनमा छन् ।  इलामका झण्डै छ हजार किसानले दैनिक दूध बेचेर घरपरिवार चलाउने गरेका छन् ।  इलामको सुलुबुङस्थित देउराली चिज उद्योगका सञ्चालक रिञ्जी शेर्पा आफूले उत्पादन गरेको चिज, काठमाडौँ, पोखरालगायत तेस्रो मुलुकमा समेत बिकीरहेको बताउनुहुन्छ ।  उहा“ले भन्नुभयो, मेरो उद्योगमा चार–पा“च जनालाई रोजगारी समेत दिएको छु ।  उहा“ले बर्खाको सिजनमा भन्दा अरूबेला उत्पादनको गुणस्तर राम्रो हुने र माग पनि बढ्ने बताउनुभयो ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना